Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

जोकोभिच युएस ओपनको अन्तिम आठमा

न्युयोर्क, (खेलाडी)- विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिच युएस ओपनको क्वार्टरफाइनल प्रवेश गरेका छन् । 

मंगलबार बिहान भएको खेलमा जोकोभिचले जेन्सन ब्रुक्सवेलाई पराजित गर्र्र्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । पहिलो सेट ६-१ ले गुमाएका जोकोभिचले त्यसपछि लगातार तीन सेट ६-३, ६-२, ६-२ को जितका साथ माटियो बारेन्टेनीसँगको अन्तिम आठ भेट पक्का गरेका हुन् ।

जोकोभिच एकै वर्ष सबै चार ग्रान्ड स्लामको उपाधि जित्ने लक्ष्यमा छन् । यसअघि उनले अस्ट्रेलियन ओपन, विम्बल्डन र फेन्च ओपन जितिसकेका छन् । उनी सन् १९६९ मा रड लाभरले एके वर्ष सबै ग्रान्ड स्लामको उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छन् । 

सन् २०१६ मा पनि जोकोभिच वर्षको ४ वटै ग्रान्ड स्लाममा क्लिन स्विपको संघारमा पुगेका थिए तर उनी विम्बल्डनमा निराश भएपछि लाभको कीर्तिमान बराबरी गर्ने अवसरबाट चुकेका थिए ।

प्रतिक्रिया दिनुहोस

\