Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

चौथो टेस्टमा भारतको जित

लन्डन, (खेलाडी)- भारतका बलरसामु निरही भएसँगै घरेलु टोली इङ्ल्यान्डले चौथो टेस्टमा १ सय ५७ रनको पराजय भोगेको छ ।

भारतले प्रस्तुत गरेको ३ सय ८९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको इङ्ल्यान्ड सोमबार पाँचौं तथा अन्तिम दिन २ सय १० रनमा अलआउट भएको थियो । विना विकेट क्षती ७७ रनबाट दिनको खेल सुरु गरेको इङ्ल्यान्डले थप १ सय ३३ रन जोड्दा सबै विकेट गुमायो । 

इङल्यान्डलाई सानो स्कोरमा सिमित गर्ने क्रममा भारतका उमेश यादवले ३ तथा जसप्रित बुमरा, सार्दुल ठाकुर र रविन्द्र जडेजाले समान २ विकेट लिएका थिए ।

पाँचौ दिनको खेल सुरु हुँदा अविजित ३१ रनमा खेलिरहेका रोरी बर्नसले अर्थशतक पूरा गरेसँगै ठाकुरको बलमा विकेटकिपर ऋषभ् पन्तबाबाट क्याच भएका थिए । त्यसपछि ब्याटिङका लागि आएका डेविड मालन पनि मात्र ५ रन जोड्दै पवेलियन फर्किए । त्यस्तै अर्का ओपनर हासिन हामिद पनि ६३ रनमा पवेलियन फर्किए । उनलाई जडेजाले बोल्ड गरेका थिए । कप्तान जो रुटले पनि मात्र ३६ रन जोडे । त्यस्तै क्रिस ओक्सले १८ तथा क्रायग ओभरटन र ओल्ली रोविन्सनले समन १० रन जोडे ।

पहिलो इनिङमा १ सय ९१ रनमा अलआउट भएको भारतले दोस्रो इनिङमा ओपनर रोहित शर्माको शतकमा ४ सय ६६ रन जोडेको थियो । इङ्ल्यान्डले पहिलो इनिङमा २ सय ९० रनको योगफल तयार पारेको थियो ।

यससँगै भारतले पाँच टेस्टको शृंखलामा २-१ को अग्रता लिएको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो । तेस्रो टेस्टमा जितका साथ इङल्यान्ड शृखलामा फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस

\