Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

पहिलो जितको खोजीमा भारत


काठमाडौं, (खेलाडी)- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत भारतले बिहीबार श्रीलंकाको सामना गर्दा पहिलो जितको खोजीमा हुनेछ ।

सोमबार भएको खेलमा अग्रता जोगाउन नसक्दा भारत १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको थियो ।

एक खेलमा एक अंक जोडेको भारत तेस्रो स्थानमा छ । यता पहिलो दुई खेल गुमाएको श्रीलंका अन्तिम स्थानमा छ । दुई खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ भने समान खेलमा चार अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेल खेलेको माल्दिभ्सले पनि अंक खाता खोलेको छैन । 

भारतका प्रशिक्षक इगोर स्टिमाचले श्रीलंका विरुद्ध जितको लक्ष्यमा रहेको बताएका छन् । 

‘हामीले सोचेकोभन्दा दुई अंकले पछाडि छौ । जित्नको लागि जे पनि गर्छाै, श्रीलंका पनि राम्रो टिम हो तर हामी जितका लागि योग्य छौ,’उनले भने । 

यस्तै प्रशिक्षक स्टिमाचले श्रीलंका विरुद्धको खेल निकै कठिन भएको बताउँदै मैदानमा आफुहरुले पनि हार नमान्ने बताए । 

‘श्रीलंकाले दुई खेलमा राम्रो प्रदर्शन गरेको थियो । उनीहरुले जति सक्छन् गर्छन् जित्न कठिन छ तर जित्नका लागि खेल्छौ,’उनले भने । 

 


 

प्रतिक्रिया दिनुहोस

\