Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

लिभरपुल समर्थकलाई कारबाही गर्न सिटीको माग

लन्डन, (खेलाडी)- इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार एनफिल्डमा सम्पन्न लिभरपुलविरुद्धको खेल दौरान घरेलु समर्थकले आफ्ना कर्मचारीलाई थुकेको भन्दै म्यानचेस्ट सिटीले कारबाहीको माग गरेको छ ।

दुई पटक पछि परेको सिटीले लिभरपुलाई २-२ को बराबरीमा रोकेको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलपछि मात्रै आफुले घटनाबारे जानकारी पाएको बताएका ।

‘मैले लिभरपुलका समर्थकले हाम्रा कर्मचारीमाथि गरेको र्दुव्यवहारको घटना प्रत्यक्ष नदेखेपनि उनीहरुले मलाई यसबारे जानकारी गराएका थिए, ग्वार्डिओलाले भने, आश छ लिभरपुलले ती समर्थकलाई कारबाही गर्नेछ ।

 लिभरपुलले पनि उक्त घटनाबारे छानविन सुरु भैसकेको जनाएको छ ।

लिगमा सात खेलबाट १५ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंक जोडेको सिटी तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

\