Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

नेपोलीलाई पछ्याउदै मिलान

मिलान, (खेलाडी)-  एट्लान्टालाई ३-२ ले हराउदै एसी मिलानले इटालियन सिरी 'ए 'मा शीर्ष टोली नेपोलीसँगको अंकदुरी घटाएको छ ।

पहिलो मिनेटमा डाभिडे कलाबरियाले गरेको गोलमा मिलानले अग्रता लिएको थियो ।४३औं मिनेटमा सान्ड्रो टोनोली र ७८ औं मिनेटमा राफेल लियोले गोल गर्दै मिलानको अग्रता ३-०  पु¥याएका थिए । 

८६औं मिेटमा ड्वान जापाटाले पेनाल्टीको सुदुपषेग गर्दा एट्लान्टाले गोलअन्तर घटाएको थियो । इन्जुरी समयमा मारियो पालासिचले गोल गरेपनि त्यो एट्लान्टालाई हार टार्न पर्याप्त भएन ।

मिलान १९ अंक जोड्दै सिरी 'ए को दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा दुई अंक कम हो ।

नेपोलीले  सिरी ए मा आफ्नो अपराजित यात्रा सातौ खेल सम्म कायम राख्ने क्रममा फियोरेन्टिनालाई २-१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

\