लिभरपुल र सिटीको बराबरी

लन्डन, (खेलाडी)-  दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ ।

प्रिमियर लिगमा आइतबार भएको खेलमा लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २-२ को बराबरी खेलेको हो ।

५९औं मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि फिल फोडिनले सिटीलाई खेलमा फर्काएका थिए ।

७६औं मिनेटमा मोहम्मद सलाहाले बललाई जाली चुमाउँदै लिभरपुलाई पुनः अग्रता दिलाएका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा केभिन डि ब्रुयनाको गोलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग हारको संकट टारेको थियो ।

लिभरपुल सात खेलमा १५ अंकका बटुल्दै दोेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको चेल्सीको भन्दा एक अंक कम हो ।

१४ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा समान १४ अंकका साथ म्यानचेस्टर युनाइटेड, एभर्टन र ब्राइटन क्रमशः चौथौ, पाँचौ र छैटौं स्थानमा छ ।