Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

इन्टर दोस्रो स्थानमा

मिलान,(खेलाडी)- सासौलोलाई २-१ ले पराजित गर्दै इन्टर मिलान इटालियन सिरी 'ए' को दोस्रो स्थानमा उक्लिएको छ ।

२२औं मिनेटमा डोमेनिको बेरार्डीले पेनाल्टीको सदुपयोग गर्दा सासौलोले अग्रता लियो । ५८औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई खेलमा फर्काएका थिए । खेल सकिन १२ मिनेट बाँकी रहँदा मार्टिनेजले पेनाल्टीमा गरेको गोल इन्टरलाई स्पष्ट तीन अंक पक्का गर्न पर्याप्त बन्यो ।

इन्टर सात खेलमा  १७ अंकका जोड्दै दोस्रो स्थानमा छ । एक खेल कम खेलेको नपोली १८ अंकका साथ शीर्ष स्थानमा छ । एसी मिलान १६ अंक बटुल्दै तेस्रो स्थानमा छ भने समान १२ अंक जोडेको एएस रोमा र फियोरेन्टिना क्रमशः चौथो र पाँचौ स्थानमा छ ।

शनिबार भएको अर्को खेल मा युभेन्टसले टोरिनोलाई १-० ले हरायो । ८६ औं मिनेटमा म्यानुअल लोकाटेल्लीले युभेन्टसका लागि गोल गरे ।

युभेन्टस सात खेलमा  ११ अंक जोड्दै सातौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस

\