Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

डेनमार्कको सतप्रतिसत नतिजा, स्कटल्यान्डलाई गम्भीर धक्का

कोपनहेगन, (खेलाडी)- डेनमार्कसँग गए राति पराजित भएपछि स्कटल्यान्डको कतार विश्वकप २०२२ को छनोट यात्रामा गम्भीर धक्का लागेको छ ।

विश्वकपको युरोपेली छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा डेनमार्कले स्कटल्यान्डमाथि २-० को जित हासिल गर्दै शीर्ष स्थानमाथिको पकड कायम राखेको थियो । 

समूह ‘एफ’मा ४ खेल सकिँदासम्म शतप्रतिशत नतिजा हासिल गर्न सफल डेनमार्क १२ अंकका साथ शीर्ष स्थानमा छ भने इजरायल र अस्ट्रिया समान ७ अंकका साथ क्रमश : दोस्रो र तेस्रो स्थानमा छन् । यता शीर्ष टोली डेनमार्क भन्दा ७ अंकले पछि परेको स्टकल्यान्ड ५ अंकका साथ चौथो स्थानमा छ । फारो आइल्यान्ड र मोल्डोभा समान १ अंकका साथ क्रमश : पाँचौं र छैटौं स्थानमा छन् ।

खेलको चौधौं मिनेटमा ड्यानियल वासले गरेको गोलमा डेनमार्कले अग्रता लिएको थियो । त्यसको एक मिनेटपछि जोचिम माहेलाले डेनमार्कको अग्रता दोब्बर पारेका थिए ।

समूहका अन्य खेलमा अस्ट्रियाले मोल्डोभालाई २-० ले हराउदा फारो आइल्यान्ड र इजरायलले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस

\