Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

वार्सा भ्रमणमा लेस्टर पराजित

वार्सा, (खेलाडी)- माहिर इम्रेलीले पहिलो हाफमा गरेको एकमात्र गोलमा पोलिस महारथी लेगिया वार्साले बिहीबार राति लेस्टर सिटीमाथि १-० को जित हासिल गरेको छ । 

घरेलु मैदानमा वार्सालाई जित दिलाउन इम्रेलीले मध्यान्तर हुन १४ मिनेट बाँकी रहँदा जोसुईको पासमा गोल गरेका थिए । 

युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगितामा वार्साको यो लगातार दोस्रो जित हो । समूह ‘सी’को पहिलो खेलमा दुई साताअघि रुसी प्रतिद्वन्द्वी स्पार्टक मस्कोमाथि १-० को अवे जित हासिल गरेको वार्सा दुई खेलको समाप्तीमा ६ अंकका साथ शीर्ष स्थानमा छ । 

बिहीबारै इटालियन टोली नेपोलीमाथि ३-२ को जित हासिल गरेको स्पार्टक मस्को चार अंकका साथ दोस्रो स्थानमा छ । समान एक अंकमा सीमित नेपोली र लेस्टर पुछारका दुई स्थानमा थन्किएका छन् ।

यसैगरी बिहीबारै समूह ‘डी’अन्तर्गत भएका खेलमा ग्रिसको ओलम्पियाकोसले टर्कीको फेनेरबाचेलाई ३-० को नतिजामा हराउँदा जर्मन बुन्डेसलिगाको टोली इन्ट्रयाक्ट फ्रयांकफर्टले बेल्जियमको रोयल एन्टवर्प एफसीलाई १-० ले हरायो । 

ओलम्पियाकोसको प्रतियोगितामा यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा दुई साताअघि एन्टवर्पलाई २-१ ले हराएको ओलम्पियाकोस ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ । यसैगरी अघिल्लो खेलमा फेनेरबाचेसँग १-१ को बराबरी नतिजा निकालेको इन्ट्रयाक्ट चार अंकका साथ दोस्रो स्थानमा छ । फेनेरबाचे एक अंकका साथ तेस्रो तथा अंकको खाता खोल्न नसकेको एन्टवर्प पुछारमा छन् ।  

प्रतिक्रिया दिनुहोस

\