इन्द्रमान तुलाधर

फुर्सदिला भए इन्द्रमान

बिहान १० बज्न लाग्दा सधैं झस्किन्छन्, इन्द्रमान तुलाधर । १३ वर्षयता अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) र महासचिवको भूमिका निभाएका इन्द्रमानको बानी अझै छुटेको छैन ।

नेपाली फुटबलको सर्वोच्च निकायको असार ६ गते सम्पन्न चुनावले पंकजविक्रम नेम्वाङको नयाँ नेतृत्वको चयन गर्यो । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको पक्षमा खुलेका इन्द्रमान त्यो प्यानलले जिते अहिले पनि ‘अफिस आवर’मा एन्फा धाइरहेका हुन्थे ।

‘अहिले पनि १० बज्न लागेपछि झसङ्ग हुन्छु,’ मुस्कुराउँदै उनी सुनाउँछन्, ‘अब ड्युटीका लागि एन्फा जाने बेला भयो जस्तो लाग्छ, कपडामा आइरन लगाएको छ कि छैन, जुत्ता पोलिस गरेको छ कि छैन भन्ने दिमागमा आइहाल्छ ।’

तर, तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङको खेमा चुनावमा हाबी भयो । त्यसैले उनलाई महासचिवको जिम्मेवारीबाट टाढा बनायो ।

‘अहिले पनि १० बज्न लागेपछि झसङ्ग हुन्छु,’ मुस्कुराउँदै उनी सुनाउँछन्, ‘अब ड्युटीका लागि एन्फा जाने बेला भयो जस्तो लाग्छ, कपडामा आइरन लगाएको छ कि छैन, जुत्ता पोलिस गरेको छ कि छैन भन्ने दिमागमा आइहाल्छ ।’

२०६६ सालमा पहिलो पटक सिइओ भएका उनले पुनः २०७० मा भएको चुनावपछि पनि सिइओमै निरन्तरता पाएका थिए । सन् २०७५ सालको चुनावबाट सिइओ पद खारेज भएसँगै त्यो जिम्मेवारी महासचिवलाई नै हस्तान्तरण भएको थियो । निवर्तमान सिइओको भूमिका त्यसयता उनले महासचिवको रूपमा निर्वाह गर्दै थिए ।

‘०६६ सालदेखि दुई पटक सिइओ र एक कार्यकाल महासचिव भएर काम गरें, करिब १३ वर्षसम्म प्रायः एउटै दैनिकी भयो,’ उनी सुनाउँछन्, ‘त्यसबीचमा दुई पटक मूलधारको राजनीतिका लागि राजीनामा दिएर बाहिर पनि बसें । तर, त्यो केही महिनाका लागि मात्रै थियो ।’

०६२/०६३ सालतिर केही ‘ए’ डिभिजन लिगका क्लबहरूले तत्कालीन एन्फा नेतृत्वविरुद्ध आफ्नो अधिकारलाई लिएर आन्दोलन गरे । सुरुआतमा तत्कालीन काठमाडौं क्लबका अध्यक्ष सन्जीव मिश्रले त्यसको नेतृत्व गरेका थिए । तर, केही समयपछि मिश्रले आन्दोलन छाडेसँगै त्यो टिमको नेतृत्व इन्द्रमानको काँधमा आयो ।

‘एसएलसी भइरहेको एकदिन फुटबल म्याच परेको थियो, खेल सुरु हुनु एक घण्टाअघि पुग्नुपर्ने भएकाले ८० अंकको मात्रै उत्तर लेखेर म परीक्षा हलबाट निस्केको थिएँ।’

नेपाल फुटबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) दुवै मर्ज भएपछि आन्दोलनको नेतृत्व गरेका उनी तत्कालीन सिइओमा नियुक्त भएका थिए ।

२०४६ सालमा एसएलसी दिएका उनी मुस्कुराउँदै रमाइलो घटना सुनाउँछन् ।

‘एसएलसी भइरहेको एकदिन फुटबल म्याच परेको थियो, खेल सुरु हुनु एक घण्टाअघि पुग्नुपर्ने भएकाले ८० अंकको मात्रै उत्तर लेखेर म परीक्षा हलबाट निस्केको थिएँ,’ एन्फाका पूर्वमहासचिव तुलाधर भन्छन्, ‘त्यसै कारणले पछि रिजल्ट आउँदा मेरो ५ अंकले फस्ट डिभिजन नै आएन ।’

बाल्यकालदेखि नै फुटबलमा मरिमेट्ने उनलाई परिस्थितिले फुटबलको ‘नेता’ बनाएको थियो । ‘एन्फामा क्लबको कुरा कसैले सुन्दैन थिए । क्लबकै मान्छे एन्फामा पुगे पनि उनीहरूले आवाज उठाउँदैन थिए । त्यसपछि मैले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर विरोधमा लागेको थिएँ,’ सुनाउँछन्, ‘मेरो आफ्नो इच्छा क्लबहरूको पनि फुटबलको नीति निर्माणमा भूमिका हुनुपर्छ भन्ने थियो ।’

त्यतिबेला उनको माग पूरा भयो । अहिले ए, बी र सी डिभिजन लिगका क्लबहरू नीति निर्माण गर्ने स्थानमा पुगेका छन् । तर, जुन हिसाबले नेपाली फुटबल चलेको छ त्यसमा उनलाई सन्तुष्टि छैन ।

‘म संकटा क्लबको अध्यक्ष हुँ, मैले गत चैतदेखि खेलाडीलाई तलब दिन सकेको छैन,’ उनी भन्छन्, ‘टिम, कोच, एकेडेमी, महिला क्लब नहुँदा पनि ए डिभिजनको क्लब छ । यस्ता क्लबहरू भएर नेपाली फुटबल माथि जान्छ भनेर कल्पना नै गर्न सकिँदैन ।’

तीन वर्षअघि हृदयघातको सिकार भएका तुलाधरलाई त्यसपछि नयाँ जीवन पाएको अनुभूति हुन्छ । ‘त्यो अट्याकपछि मलाई नयाँ जीवन पाए जस्तो लाग्यो,’ उनी सुनाउँछन् ।

यो संरचनाबाट नेपाली फुटबल विकासको नाममा जति भाषण गरे पनि यथार्थमा रूपान्तरण गर्न नसकिने उनको तर्क छ ।  ‘क्लब भनेपछि ‘परफेक्ट’ क्लब हुनुपर्यो र एन्फामा तिनै क्लबको मात्रै अधिकार हुनुपर्छ,’ उनले भने ।

उनले लिगका क्लबहरूको अधिकारका लागि करिब ०६२–६३ सालतिर लगातार दुई वर्ष आन्दोलन गरेका थिए ।

तीन वर्षअघि हृदयघातको सिकार भएका तुलाधरलाई त्यसपछि नयाँ जीवन पाएको अनुभूति हुन्छ । ‘त्यो अट्याकपछि मलाई नयाँ जीवन पाए जस्तो लाग्यो,’ उनी सुनाउँछन्, ‘अस्पतालमै हुँदा पनि दोस्रो पटक अट्याक भएको थियो, त्यसपछि जिन्दगी भनेको यस्तै रहेछ, किन कसैलाई चिढाउनु भन्ने लाग्यो ।’

मृत्युलाई नजिकबाट नियालेका उनी भन्छन्, ‘त्यसपछि मैले सकेसम्म कोही मान्छेलाई पनि नचिढाउने, रुखो नबोल्ने र प्रतिक्रिया जनाउन छाडेको छु ।’

स्कुलस्तरमै हुँदादेखि फुटबल खेल्न थालेका तुलाधर औसत खेलाडीमात्र थिए । संकटा क्लबको यु-१२ टिमबाट रानीपोखरी कर्नर टिम (आरसिटी)ले आयोजना गर्ने उमेर समूहको प्रतियोगिता खेलेका उनी च्याम्पियन बनेका थिए । उनले खेलाडी जीवन संकटामै बिताए ।

नेपाली फुटबलमा ‘सालिन छवि’ बनाएका तुलाधरलाई कुनै बेला आर्मी बनेर देशको सेवा गर्ने झोंक चलेको थियो । ‘आर्मी बन्न खुबै रहर लाग्ने मलाई.. त्यही भएर आर्मीबाट दुई वर्ष फुटबल खेलें । त्यतिबेला म जुनियर अफिसर बनेको थिएँ,’ उनी मुस्कुराउँदै भन्छन्, ‘२१ वर्षसम्म सेकेन्ड लेफ्टिनेन्टका लागि आवदेन दिन पाइन्थ्यो र मैले फारम पनि भरेको थिएँ । तर, आर्मीमा दुई वर्ष बिताउँदा त्यहाँको बसाइ पनि खासै मनपरेन ।’

‘०५४-५५ सालसम्म फुटबल खेलें, त्यसपछि बिएल पढें, त्यसपछि एमबिए गरेर पढाउन थालेको थिएँ,’ उनले भने, ‘त्यतिबेलादेखि फुटबल राजनीतिमा लागेको थिएँ । एन्फा महासचिव नहुँदा त नियमित ड्युटी थिएन, जाँदै आउँदै हुन्थ्यो ।’

दुई वर्षको आर्मी जीवन त्यागेर वकिल बन्न होमिएका उनले पढाइपछि वकालतको लाइसेन्ससमेत लिन भ्याए । ‘लाइसेन्स लिएपछि दुई वटा मुद्दा लडें,’ उनले विगत सुनाए, ‘त्यसपछि मलाई यो पनि मेरो वशको विषय हो जस्तो लागेन, छाडिदिएँ ।’

आर्मी र वकिलपछि क्याम्पस पढाउन थालेका तुलाधरले निरन्तर ८ वर्ष अध्यापन गराए । ‘०५४-५५ सालसम्म फुटबल खेलें, त्यसपछि बिएल पढें, त्यसपछि एमबिए गरेर पढाउन थालेको थिएँ,’ उनले भने, ‘त्यतिबेलादेखि फुटबल राजनीतिमा लागेको थिएँ । एन्फा महासचिव नहुँदा त नियमित ड्युटी थिएन, जाँदै आउँदै हुन्थ्यो ।’

महासविच बने पनि गणेश थापा अध्यक्ष हुँदा आफूले धेरै समय खर्चिनु नपरेको उनी बताउँछन् । ‘गणेश दाइ अध्यक्ष हुँदा मैले धेरै दिमाग लगाउनु पर्दैनथ्यो, कसैले विवेक पुर्याएर काम गर्न पनि पाउँदैन थियो...। उहाँले गर भने गर्ने नत्र नगर्ने । आफ्नो विवेक प्रयोग गरेर काम गरेको भनेको पछिल्लो चार वर्ष नै हो,’ उनी भन्छन् ।

चुनावमा शेर्पा प्यानल जितेको भए महासचिवमा तुलाधर नै निरन्तर हुने सर्त थियो । त्यसैले उनी शेर्पा प्यानलतर्फ खुलेका थिए ।

लामो समय फुटबलमै बिताएका उनी एकाएक नेतृत्वबाट बाहिरिनुपर्दा कामविहीन जस्तै महसुस गर्दैछन् ।

‘बानी नै लागिसकेको थियो, पूरा समय एन्फामै व्यस्त हुन्थें,’ त्यो चटक्कै छुट्यो, ‘एक हिसाबले कामविहीन भएजस्तो पो लाग्छ ।’