अनुशा मल्ल

बास्केटबलकी अनमोल अनुशा

लोकप्रियताको कसीमा जाँच्दा नेपालमा थोरैमात्र यस्ता खेल छन्, जहाँ पुरुषको तुलनामा महिला विधा पनि कम छैन । बरू बढी नै होला ।

भलिबल र बास्केटबलमा मज्जासँग भन्न सकिन्छ, यहाँ कोर्टमा महिलाको प्रतिस्पर्धा पुरुषभन्दा पछाडि छैन । तर मिहिनेत गर्ने बेला कुनै विभेद नभए पनि अवसर पाउनेमा भने महिला भनेर छुट्याउने चलन अझै नेपाली खेलकुदमा पूर्ण रूपमा हटिसकेको छैन ।

‘विशेष गरी यहीं चाहिँ भन्दिनँ । विभेदका घटना टन्नै छन् । तर, मुख्य रूपमा चाहिँ पुरुष र महिलाको खेलमा पुरस्कार राशिदेखि ट्रफीको साइजमा समेत फरक पारेकामा चित्त बुझ्दैन,’ बास्केटबल स्टार अनुशा दुःख पोख्छिन् ।

यस्ता विभेदले दुई साताअघि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न लामा टेण्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगितामा सर्वोत्कृष्ट घोषित अनुशा मल्लको मन दुखाउँछ । अझ भनौं पुरुषभन्दा राम्रो गर्ने इख पलाउँछ । महिला र पुरुषलाई समान व्यवहार गरिएको लामा टेण्डी शेर्पा बास्केटबलमा सर्वोत्कृष्ट खेलाडी पुरस्कार पाउनुको पछाडि त्यही इखको भूमिका महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।

‘विशेष गरी यहीं चाहिँ भन्दिनँ । विभेदका घटना टन्नै छन् । तर, मुख्य रूपमा चाहिँ पुरुष र महिलाको खेलमा पुरस्कार राशिदेखि ट्रफीको साइजमा समेत फरक पारेकामा चित्त बुझ्दैन,’ बास्केटबल स्टार अनुशा दुःख पोख्छिन् ।

यो प्रतियोगिताले महिला र पुरुषलाई विभेद गरेन । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ अनुशाले प्रतिनिधित्व गरेको टिम नेपाल पुलिस क्लब च्याम्पियन भयो । दुवै टोलीले समान ५० हजार रुपैयाँ पाएका थिए ।

यसै प्रतियोगितामा पुलिसलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलवापत अनुशा ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भएकी थिइन् । पूरा टिमको सहयोगमा आफूले व्यक्तिगततर्फ अवार्ड जितेको अनुशाको भनाइ छ ।

‘बास्केटबल समूहमा खेलिने खेल हो, म एक्लैले खेलेर हुँदैन । सबैको मिहिनेत उत्तिकै चाहिन्छ । टिमकै कारण म ‘मोस्ट भ्यालुएबल प्लेअर’ बन्न सफल भएँ,’ उनले सुनाइन्, ‘राम्रो प्रदर्शनमा टोलीलाई उपाधि जिताउन पाउँदा एकदमै खुसी हुन्छु । मैले राम्रो गर्नुपर्छ भन्ने लाग्छ । सबै खेलाडी सहयोगी छन् । त्यसैले सबैप्रति कृतज्ञ पनि छु ।’

अनुशाले राष्ट्रिय टोलीबाट चीनको हायाङमा सन् २०१२ मा भएको तेस्रो एसियन बिच गेम्समा थाइल्यान्डविरुद्ध खेलेर डेब्यु गरेकी थिइन् । त्यसअघि क्लबबाट मात्र खेलेकी अनुशालाई राष्ट्रको जिम्मेवारीले कतै उत्साह र कतै डर पैदा गरेको थियो ।

लामो समयदेखि प्रतियोगिता खेल्न नपाएका बास्केटबल खेलाडीहरूका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रह्यो । पूर्वअध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा गरिएको प्रतियोगिता खेल्दा ‘एक्साइटेड’ सँगै भावुक महसुस भएको अनुशा बताउँछिन् ।

अनुशाले राष्ट्रिय टोलीबाट चीनको हायाङमा सन् २०१२ मा भएको तेस्रो एसियन बिच गेम्समा थाइल्यान्डविरुद्ध खेलेर डेब्यु गरेकी थिइन् । त्यसअघि क्लबबाट मात्र खेलेकी अनुशालाई राष्ट्रको जिम्मेवारीले कतै उत्साह र कतै डर पैदा गरेको थियो ।

‘एकदमै उत्सुकतासँगै डर पनि थियो । मन कामेको जस्तो महसुस गरें । एकदमै गर्व पनि लागेको थियो,’ अनुशा दशकअघिको क्षण स्मरण गर्छिन्, ‘नेपालको नाम आफ्नो छातीमा राखेर खेल्दाको क्षण बयान पनि गर्न सक्दिनँ । एक्साइटेड अनि नर्भस दुवै थिएँ ।’

नेपालको प्रतिनिधित्व गर्दा प्रायः दबाबको महसुस गर्ने बताउने अनुशाले प्रतियोगिताका क्रममा आफैंले आफूलाई सक्छु र गर्नुपर्छ भनेर सान्त्वना दिने गरेको सुनाउँछिन् ।  

१० वर्षको उमेरदेखि बास्केटबल खेल्न सुरु गरेकी अनुशाले कराते र बक्सिङ पनि खेलिन् । तर, अलिशा मल्ल (उनकी दिदी) बास्केटबल खेल्थिन् । उनकै पाइला पछ्याउँदै अनुशाले बास्केटबलमा करियर सुरु गरिन् । बास्केटबलसँग अनुशाको छुट्टै लगाव बढ्यो ।

परिवारबाट पनि उत्तिकै साथ पाएकी अनुशालाई बास्केटबलमा लागेर कुनै पछुतो छैन । उनी एकदमै खुसी र सन्तुष्ट छिन् ।

प्रतियोगिता नहुँदा पनि आफूलाई फिट राख्न अनुशाले विश्वभर कोभिड–१९ का कारण लकडाउन हुँदा पनि प्रशिक्षण गर्न छोडिनन् ।

‘प्रतियोगिता आउने–नआउने भन्दा पनि म आफ्नो वर्कआउट दैनिक गरिरहेको हुन्छु । प्रतियोगिता आउन दुई–तीन महिना बाँकी हुँदा मात्र प्रशिक्षण गर्ने गर्दिनँ,’ उनले सुनाइन्, ‘प्रतियोगिताका लागि आफूलाई सधैं तयारी अवस्थामा नै राखिरहेको हुन्छु । लकडाउनका बेला पनि फिजिकल्ली वर्कआउट गरें ।’

एक दशकदेखि नेपालको प्रतिनिधित्व गर्दै आएकी अनुशा विगतको तुलनामा अहिले बास्केटबलमा धेरै परिवर्तन भएको बताउँछिन् ।

‘पहिला सुविधा राम्रो थिएन तर अहिले खेलाडीलाई कोचिङ लेभलदेखि स्कुलमा पार्टटाइम जबका राम्रा अवसर छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको म्याच एक्सपोजर पनि पहिलाको तुलनामा राम्रो भएको छ,’ रोजबड स्कुलमा प्रशिक्षण गराइरहेकी अनुशा भन्छिन्, ‘विभागमा राम्रो सुविधा छ । त्यसले खेलाडीलाई धेरै सहयोग गर्छ ।’

‘खेलसँगै पढाइलाई समय दिन गाह्रो हुन्छ । तर, त्यसलाई ‘ट्याकल’ गर्न सकिन्छ जस्तो लाग्छ । मलाई खेल्नु थियो र पढ्नु पनि । त्यसैले ब्यालेन्स गरेर आफूलाई ‘पुस’ गरेर लगें, नसक्ने केही हुँदैन रहेछ,’ अनुशाले भनिन् ।

अलिशा (दिदी) र अनुशा नेपाल पुलिस क्लबबाट व्यावसायिक बास्केटबल खेल्ने गर्छन् । अलिशा पुलिसकी कप्तान हुन् ।

पछिल्लो चार वर्षदेखि रोजबड स्कुलमा प्रशिक्षकमा रहेकी २६ वर्षीया अनुशाले खेल सँगै पढाइ अगाडि बढाएकी छन् । उनले ह्वाइट हाउस कलेजबाट स्नातक उतीर्ण गरिसकेकी छन् ।

‘खेलसँगै पढाइलाई समय दिन गाह्रो हुन्छ । तर, त्यसलाई ‘ट्याकल’ गर्न सकिन्छ जस्तो लाग्छ । मलाई खेल्नु थियो र पढ्नु पनि । त्यसैले ब्यालेन्स गरेर आफूलाई ‘पुस’ गरेर लगें, नसक्ने केही हुँदैन रहेछ,’ अनुशाले भनिन् ।

‘बल ह्यान्डिलिङ’ मा पोख्त अनुशालाई सबैले ‘ड्रिब्लिङ क्वीन’ को उपनाम दिन्छन् ।

अनुशासम्मिलित राष्ट्रिय महिला बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सलाई हराउँदै रजत पदक जितेको थियो । त्यतिबेला उनको बल खेलाउने कलाले धेरैलाई कायल बनाएको थियो ।

लगातार पहिलो, दोस्रो र तेस्रो क्वाटरमा अग्रता लिएको नेपाल चौथो क्वाटरमा भने कमजोर देखिएको थियो । जसमा अनुशाकै उत्कृष्ट प्रदर्शनमा नेपालले रजत पदक घरमै राखेको थियो ।  

नेपालले चौथो क्वाटरमा १८ स्कोर गरेकामा अनुशाले मात्रै १० स्कोर गरेकी थिइन् । 

‘१३ औं सागको हामी रजत पदक विजेता हौं । हामीले जहिल्यै साबित गरेका छौं । अझ अन्तर्राष्ट्रिय एक्सपोजर भएको भए धेरै अनुभव हुन्थ्यो,’ उनले भनिन्, ‘तर कोभिड–१९ का कारण पनि बाहिर खेल्न जान पाइरहेका छैनौ । प्रतियोगिता पनि भइरहेका छैनन् । आगामी दिनमा प्रतियोगिता वा मैत्रीपूर्ण खेल भए पनि खेल्न पाउँ जस्तो लाग्छ ।’

रजत पदकको स्वाद चाखिसकेको महिला टोलीको आगामी लक्ष्य स्वर्ण पदक बनेको छ ।

महिला खेलाडीका लागि पनि वर्षमा कम्तीमा ५/६ वटा राष्ट्रिय स्तरका प्रतियोगिता हुनुपर्ने विचार राख्ने अनुशा बास्केटबलमा फ्रेन्चाइज लिग पनि होस भन्ने चाहन्छिन् ।

नेपाल बास्केटबल संघले आगामी वैशाखमा पुरुषको फ्रेन्चाइज लिग गर्ने योजना बनाएको छ । अर्को वर्षदेखि महिला विधामा पनि फ्रेन्चाइज लिग गर्ने संघका अध्यक्ष भीमसिंह गुरुङले खेलाडी डटकमसँग बताइसकेका छन् ।