खेलाडी

फुटबल सपनामा हुर्किएका जिलेस्पीजंग

काठमाडौं । लागिरहेको थियो उनलाई आज सपना पूरा हुँदैछ । बन्द प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा सुरुआती रोजाइमै परिन्छ भन्ने आसमा थिए । त्यसैले इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको लाइनअप कुरिरहे ।

प्रसंग, म्यानमारविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको । अर्को महिना लाओसविरुद्ध हुने विश्वकप तथा एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली सेप्टेम्बर ४ मा दुई मैत्रीपूर्ण खेल खेल्न म्यानमार पुगेको थियो ।

सूचीमा उनै जर्सी नम्बर ७ लगाउने जिलेस्पीजंग कार्कीको पनि नाम थियो । जिलेस्पीको सपना आधा पूरा भयो । त्यसपछि जिलेस्पीले फरक भावनाका साथ आधिकारिक रूपमा पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाए ।

चर्चा पहिलो खेल (सेप्टेम्बर ८) को हो । रङगुनस्थित थुवान्ना रंगशालाको ड्रेसिङ रूममा प्रशिक्षक एनेसले सुरुआती ११ को सूची ल्याए । सूचीमा उनै जर्सी नम्बर ७ लगाउने जिलेस्पीजंग कार्कीको पनि नाम थियो । जिलेस्पीको सपना आधा पूरा भयो । त्यसपछि जिलेस्पीले फरक भावनाका साथ आधिकारिक रूपमा पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाए ।

‘छुट्टै महसुस हुँदोरहेछ । गर्वको महसुुस गरें । साथै त्यो क्षण अलि भावनात्मक पनि हुँदोरहेछ,’ जिलेस्पीले ड्रेसिङ रूममा जर्सी लगाउँदै गरेको त्यो क्षण सम्झिए, ‘सानैबाट फुटबल खेलियो । गल्ली–गल्लीमा फुटबल हानियो । कहिलेकाहीं खेतबारीमा पनि खेलिन्थ्यो । सानैदेखि नेपालको खेल टेलिभिजनमा हेरिरहेको थिएँ, आज देशको प्रतिनिधित्व गर्न पाएँ । सबै फुटबलप्रेमी बच्चाले आफ्नो दिमागमा चित्र कोरेकै हुन्छन्, एक दिन राष्ट्रिय टोलीको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्छु । मैले पनि चित्रण गरेको थिएँ, जुन हकिकतमा पूरा भयो ।’

त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने जिलेस्पी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका थिए । त्यसैले पनि उनका लागि त्यो क्षण खास रह्यो ।

फरवार्ड जिलेस्पीले आफ्नो डेब्यु खेलमा निर्धारित ९० मिनेट मैदानमा बिताए । केही अवसर सिर्जना गरिदिए । तर, गोल भने निस्केन । पछि उनलाई सहकर्मी नवयुग श्रेष्ठले प्रतिस्थापन गरेका थिए ।

सेप्टेम्बर ११, दोस्रो मैत्रीपूर्ण खेलमा पनि जिलेस्पी पहिलो रोजाइमै परे । ७२ मिनेट खेले । यसपालि पनि जिलेस्पीलाई नवयुगले नै प्रतिस्थापन गरेका थिए ।

‘एकैछिन भावुक भएको थिएँ । जिम्मेवारीबोध महसुुस गरें । यो अनुभव जीवनभर अविस्मरणीय रहने छ, समथिङ टु चेरिस,’ जिलेस्पीले डेब्युको अनुभव सुनाए ।

सेप्टेम्बर ११, दोस्रो मैत्रीपूर्ण खेलमा पनि जिलेस्पी पहिलो रोजाइमै परे । ७२ मिनेट खेले । यसपालि पनि जिलेस्पीलाई नवयुगले नै प्रतिस्थापन गरेका थिए ।

शीर्ष डिभिजनको पहिलो अनुभव 
दुई वर्ष पनि भएको छैन जिलेस्पीजंग आर्मी क्लब पुगेको । २०७८ साल पुस-माघतिर आर्मी पुगेका जिलेस्पीले एक वर्षभित्रै ‘ए’ टोलीमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

जिलेस्पी पुगेकै महिना आर्मी सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि टोली तयार गर्दै थियो । जिलेस्पी पनि ट्रायलमा गए । तर, ह्यामस्ट्रिङ चोटका कारण छनोट हुन सकेनन् । त्यो वर्ष जिलेस्पी ‘बी’ टोलीमै रहे । त्यहीं प्रशिक्षण गरे । अर्को वर्ष अर्थात २०७९ मा बल्ल जिलेस्पीले ‘ए’ टोलीमा खेल्ने मौका पाए । पुसमा सम्पन्न २२ औं संस्करणको आहा–रारा गोल्डकप जिलेस्पीको पहिलो प्रतियोगिता हो । आहा–रारामा आर्मी क्वाटरफाइनलभन्दा माथि जान सकेन । आहा–रारापछि आर्मी पाँचौं संस्करणको बागमती गोल्डकप खेल्न मकवानपुरको फापरबारी पुगेको थियो । पहिलो खेलमै हिमालयन शेर्पा क्लबसँग टाइब्रेकरमा पराजित हुँदै आर्मी राजधानी फर्केको थियो । जिलेस्पीले फापरबारीमा बेन्चमै बिताए ।

लिगको सुरुआती चरण जिलेस्पी अधिकांश समय बेन्चमै बसे । खेल सकिनु १५–२० मिनेट बाँकी छँदा जिलेस्पीलाई मौका दिइन्थ्यो । पहिलो अन्तर्राष्ट्रिय ब्रेकमा जानुभन्दा अघिको खेलमा जिलेस्पीलाई मुख्य प्रशिक्षक नवीन न्यौपानेले फ्रेन्ड्स क्लबविरुद्ध पहिलो रोजाइमै मैदानमा उतारेका थिए ।

लिग सुरु हुनुभन्दा अगाडि यसपालि क्लबहरू मोफसलका प्रतियोगिताहरू खेल्न व्यस्त रहे । एकहिसाबले खेलाडीहरूलाई भ्याइनभ्याइ थियो । यही सेरोफेरोमा आर्मीले एक टोली राजधानीमा सम्पन्न पहिलो संस्करणको केपी ओली कपका लागि राखेको थियो भने अर्को टोलीलाई भद्रपुर झापा गोल्डकप खेल्न झापा पठाएको थियो । जिलेस्पी भने झापामा थिए । उनकै कप्तानीमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा हराउँदै आर्मी झापामा उपाधि जित्न सफल भयो । उता काठमाडौंमा रहेको टोली सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग टाइब्रेकरमा पराजित भयो ।

जेठमा सम्पन्न लिगमा उपाधि दाबेदार मानिएको आर्मीले अपेक्षाअनुसारको खेल प्रदर्शन गर्न सकेन । पछिल्ला दुई संस्करण उपविजेता बनेको आर्मीले यसपालि सातौं स्थानमा रहेर लिग टुंग्यायो । रेलिगेसनमा परेको एपिएफ क्लबभन्दा आर्मी ४ अंकले अगाडि थियो ।

लिगको सुरुआती चरण जिलेस्पी अधिकांश समय बेन्चमै बसे । खेल सकिनु १५–२० मिनेट बाँकी छँदा जिलेस्पीलाई मौका दिइन्थ्यो । पहिलो अन्तर्राष्ट्रिय ब्रेकमा जानुभन्दा अघिको खेलमा जिलेस्पीलाई मुख्य प्रशिक्षक नवीन न्यौपानेले फ्रेन्ड्स क्लबविरुद्ध पहिलो रोजाइमै मैदानमा उतारेका थिए ।

जिलेस्पीले उक्त अवसर खेर जान दिएनन् । २–१ को संघर्षपूर्ण जित निकालेको आर्मीका लागि पहिलो गोल जिलेस्पीले गरेका थिए । पछि उनी म्यान अफ दी म्याच पनि चुनिए । लिगको सातौं खेलमा जिलेस्पीलाई कप्तानी जिम्मेवारी दिइएको थियो । सातदोबाटोविरुद्ध त्यो खेलमा पनि जिलेस्पीले दुई गोल गर्दै म्यान अफ दी म्याच पाए । सातदोबाटोसँगको त्यो खेलपछि भने उनले हकलाग्दो मौका पाउन थाले । यसबीच ब्रेकमा जिलेस्पीले मोफसलका दुई प्रतियोगिता इटहरी गोल्डकप र विराट गोल्डकप खेले ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको १४ औं संस्करणका लागि प्रारम्भिक टोलीमा परेका जिलेस्पी अन्तिम टोलीमा भने अटाएनन् ।

‘सोचेभन्दा टफ नै हुँदोरहेछ । सुरुमा मौका पाइएन । सातदोबाटोसँगको खेलपछि भने मौका पाउन थालेको हो । त्यो खेलपछि आत्मविश्वास बढेको थियो । त्यसपछि सबै राम्रो हुँदै गयो,’ जिलेस्पीले शीर्ष डिभिजनको पहिलो अनुभव सुनाए ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको १४ औं संस्करणका लागि प्रारम्भिक टोलीमा परेका जिलेस्पी अन्तिम टोलीमा भने अटाएनन् ।

लाओसविरुद्धको विश्वकप तथा एसिया कप छनोट तयारीका लागि ३३ सदस्यीय प्रारम्भिक टोलीमा परेका जिलेस्पीले यसपालि भने म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि पहिलोपटक २३ सदस्यीय अन्तिम टोलीमा स्थान बनाए ।

आर्मीसम्मको यात्रा
२०५५ साल मंसिर ३ मा धुलिखेल नगरपालिकाको वडा १२ मा जन्मेका जिलेस्पीले बाल्यावस्थादेखि नै फुटबल खेल्न थालेका थिए । स्थानीय विद्यालय डिभाइन लाइटमा स्कुलेजीवन बिताएका जिलेस्पीले सुरु सुरुमा रमाइलोका लागि खेले । भोलि गएर देशका लागि खेलिन्छ भनेर जिलेस्पीले सोचेका पनि थिएनन् । तौल बढी भएका कारण सबैबाट अपहेलना पाउँथे । तर, हिम्मत हारेनन् । फुटबलप्रतिको प्रगाढ मायाले जिलेस्पीलाई अहिलेको अवस्थासम्म ल्याइपुर्यायो ।

जिलेस्पीका दाइ जर्जप्रिन्स कार्की पनि आर्मीमै आबद्ध छन् । जर्जप्रिन्सले पनि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरिसकेका छन् । जर्ज भने जिलेस्पीभन्दा ५ वर्ष जेठो हुन् । जिलेस्पी फुटबलमा आफ्नो दाइलाई नै आदर्श मान्छन् । 

‘घरतिर दाइसँगै खेल्थें । खेलाडी नै बन्छु भन्ने कहिले पनि थिएन । रमाइलोका लागि खेलिन्थ्यो । स्थानीय प्रतियोगिताहरूमा खेल्न पनि पाउँदिन थिएँ । म अलि मोटो थिएँ । त्यसैले बाहिर बसेर अरूको खेल हेर्नुपथ्र्यो,’ जिलेस्पी एकैछिन भावुक भए ।

जिलेस्पीका दाइ जर्जप्रिन्स कार्की पनि आर्मीमै आबद्ध छन् । जर्जप्रिन्सले पनि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरिसकेका छन् । जर्ज भने जिलेस्पीभन्दा ५ वर्ष जेठो हुन् । जिलेस्पी फुटबलमा आफ्नो दाइलाई नै आदर्श मान्छन् । भन्छन्, ‘मैले दाइबाट धेरै कुरा सिकेको छु । करियरको शिखरमा रहँदा मैले दाइको खेल हेरेको थिएँ, त्यहाँबाट धेरै कुरा सिकें ।’

२०६९ मा एसएलसी दिएपछि प्लस टु पढ्न जिलेस्पी काठमाडौं आइपुगे । हात्तीवनस्थित लिटिल एन्जल्स कलेजमा भर्ना भए । त्यहाँ पनि त्यही कथा दोहोरियो । मोटोपनलाई लिएर मजाक उडाउनेहरूको कमी थिएन ।

‘नेपालमा त्यही हो मोटो भएपछि सबैले अपहेलना गर्ने । प्लस टुुमा मोटोपन घटाउनुपर्छ भनेर महसुस भयो । शरीरलाई मेन्टेन गर्न थालें । त्यही बेला मेरो उचाइ पनि बढ्यो,’ जिलेस्पीले विगत सम्झिए, ‘विज्ञान संकायको विद्यार्थी भएका कारण खेलकुदमा कमै अवसर पाइन्थ्यो । फुटबल त परैको कुरा ।’

जिलेस्पीले सेकेन्ड लेफ्टिनेन्टको दर्जा पाएकै समय दाइ जर्जप्रिन्सले आर्मीको सिनियर टोलीबाट खेल्न थालेका थिए । ठीक त्यही बेला यस्तो घटना घट्यो, जसले जिलेस्पीलाई फुटबल खेल्न झन् उत्प्रेरित गरेको थियो ।

प्लस टुुपछि जिलेस्पी सेकेन्ड लेफ्टिनेन्टको तयारीमा लागे । तर, २०७२ मा उनी भर्खर १७ वर्षमा लागिरहेका थिए । त्यसैले आवेदन भर्न पाएनन् । आर्मीको क्याडेट प्रशिक्षणका लागि १८ वर्ष पुगेकै हुनुपर्ने व्यवस्था छ । यही कारण उनले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा बिएससी भौतिकशास्त्र विषय लिएर स्नातक अध्ययन गर्न थाले ।

भौतिकशास्त्र पढ्दै गर्दा सेकेन्ड लेफ्टिनेन्टका लागि पुनः आवेदन खुल्यो । पर्याप्त मान्छे नपुगेका कारण आर्मीले त्यतिबेला एक वर्षभित्रै दोस्रोपल्ट आवेदन खुला गरेको थियो । माघतिर आवेदन खुल्दा जिलेस्पी १८ पुगिसकेका थिए । त्यहीबेला आर्मीमा भर्ना भए ।

नेपाली सेनाको कमान्डो र जंगल वारफेयर प्रशिक्षण सकेपछि जिलेस्पीले बल्ल फुटबल वातावरणमा भिज्ने मौका पाए । शुरुमा अधिकृत क्याडेट प्रशिक्षण भित्र तीन महिनाको डि।एस।टी प्रशिक्षण हुने गर्छ । त्यसपछि बल्ल फुटबल खेल्ने अवसर मिल्थ्यो । तर, फुटबल नखेलेको धेरै भइसकेको थियो । त्यसैले सुरुमा खेल्न गाह्रो भयो । तर, विस्तारै होमिँदै जाँदा सजिलो हुँदै गयो ।

जिलेस्पीले क्याडेट प्रशिक्षण लिइरहेका बेला दाइ जर्जप्रिन्सले आर्मीको सिनियर टोलीबाट खेल्न थालेका थिए । त्यतिबेला यस्तो घटना घट्यो, जसले जिलेस्पीलाई फुटबल खेल्न झन् उत्प्रेरित गरेको थियो ।

‘दाइ त्यति बेला करियरको शिखरमा हुनुहुन्थ्यो । सबैले दाइको खेल मनपराउँथे । एकदिन केही उस्तादहरुले दाइचाहिँ राम्रो खेल्ने, भाइचाहिँ झल्लुरहेछ भनेर मलाई अपमानित गरेका थिए । त्यही बेला मैले राम्रो खेलेर देखाउने दृढ संकल्प लिएको थिएँ,’ जिलेस्पीले अपमानित हुनुपरेको त्यो घटना सुनाए ।

क्याडेटको प्रशिक्षण गर्दैगर्दा जिलेस्पी बेलायतको रोयल मिलिटरी एकेडेमी, स्यान्डहर्स्टका लागि छानिएका थिए । त्यसपछि उनले त्यहा अधिकृत क्याडेटको १२ महिना तालिम पूरा गरेर लेफ्टिनेन्ट भए ।

जिलेस्पी हाल क्याप्टेनको जिम्मेवारीमा छन् । व्यावसायिक फुटबलमा पनि कप्तानी आर्मब्यान्ड लगाइसकेका छन् । २४ वर्षीय जिलेस्पीको यात्रा बल्ल सुरु भएको छ । अग्लो कदका जिलेस्पीले नेपाली फुटबललाई धेरै दिन बाँकी छ । उनको गतिको प्रयोग अन्तर्राष्ट्रिय मैदानमा प्रयोग हुन बाँकी छ, गोलहरू पर्खिरहेका छन् । कुनै दिन राष्ट्रिय टोलीको नेतृत्व नै सम्हाल्ने छन् कि ? यी त भए भावी कुराहरू । जिलेस्पीको अबको चुनौती भनेको राष्ट्रिय फुटबल टोलीमा स्थिरता कायम राख्नु हो । नेपाली फुटबल र सुखद भविष्यको प्रतीक्षामा छन् जिलेस्पीजंग ।

यो पनिः

नयाँ युगका नायक नवयुग

तालिवानले निलेको अफगानी महिला क्रिकेट

इतिहासको पानाबाट: अस्ट्रेलिया पाँचौंपल्ट च्याम्पियन

१९ औं एसियाली खेलकुद: नेपालबाट कुन खेलमा कसले खेल्ने ? (अन्तिम भाग)