न्यु डायमन्ड कप
Flash News
- सिन्धुपाल्चोक जिल्ला लिगः साँगाचोकको सहज जित
- कोर्स रेकर्डसहित निरज च्याम्पियन
- फुट-टेक फुटसल जेठ ५ देखि हुने
- बराबरीमा रोकिए आरसी ३२ र समाज कल्याण
- ओमानको नतिजाले हाम्रो मानसिकतामा कुनै असर परेको छैनः कप्तान रोहित
- नेपाली टोलीमा चार खेलाडी थप
- रोमाञ्चक जित निकाल्दै एपिएफ फाइनलमा
- सामाजिकको पहिलो जित
- ट्रायथलन एसिया कप र दक्षिण एसियाली च्याम्पियनसिपको तयारी पूरा
- विप्लव, दीपक र सुरेन्द्र सम्मानित
वैशाख १४, २०८१
काठमाडौं । आयोजक न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र बुटबलको एभरेस्ट मावि काठमाडौंमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप यू-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
न्यु डायमन्डले धादिङ स्पोर्टस क्लब तथा एभरेस्टले मोरङको ब्राइट फ्युचर माविलाई समान ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।
पुरानो नैकापस्थित न्यु डायमन्डको निर्माणधीन कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एभरेस्टले ब्राइटलाई २५-१४, २५-१४ र २५-१२ ले पराजित गरेको थियो।
दोस्रो सेमिफाइनलमा डायमन्डले धादिङ स्पोर्टसलाई २५-११, २५-२० र २५-२३ ले हरायो ।
फाइनल शनिबार हुनेछ । शनिबारै तेस्रो स्थानका लागि ब्राइट फ्युचर र धादिङबीच प्रतिस्पर्धा हुनेछ ।