राफेल नाडाल

नाडालको अपूर्व लक्ष्यमा चोट तगारो

कुनै खेलमा एक खेलाडीले लगातार दबदबा कायम गर्न सम्भव छ ? अनि त्यही एक खेलमा तीन खेलाडीले नि ? त्यो पनि एकै कालखण्डमा । यी प्रश्नहरू कसैले सोधिहाले उसलाई प्रतिप्रश्न गर्नु राफेल नाडाल, नोभाक जोकोभिच र रोजर फेडेररलाई चिनेको छ भनेर ?

हुन त त्यसरी प्रतिप्रश्न गर्दा अशिष्ट सुनिन सक्छ । तर नाडाल, जोकोभिच र फेडेररले जसरी मिलेर टेनिस खेलमा दबदबा कायम गरेका छन्, प्रश्न सोध्न करै लाग्छ । विश्व पुरुष टेनिसको पछिल्लो २० वर्षको इतिहास यी तीन खेलाडीबिना पूरा हुन सक्दैन । आधुनिक टेनिसको लोकप्रियता बढाउन यी तीन खेलाडीको जस्तो ठूलो योगदान अरू कसको होला ।

स्पेनका नाडाल, सर्बियाका जोकोभिच र स्विटजरल्यान्डका फेडेररले के के जितेका छन् ? उपाधिको सूची बनाउने हो भने लामै हुन्छ । टेनिसको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता ग्रान्ड स्लाम तीन खेलाडीले कमसेकम २०-२० पटक जितेका छन् । नाडालले जितेको ग्रान्ड स्लामको संख्या त २२ पुगिसक्यो ।

टेनिसको इतिहासमा यस्तो सफलता विगतमा कयौं खेलाडीले प्राप्त गरेका छन् । तर नाडाल, जोकोभिच वा फेडेरर कोही पनि त्यतिका लागि भाग्यमानी बन्न सकेका छैनन् । गत सिजन जोकोभिचले तीन ग्रान्ड स्लाम जितिसकेका थिए । एक खेल हार्दा उनले जितेको ग्रान्ड स्लामको संख्या ४ पुग्न सकेन । यूएस ओपनको उपाधि भिडन्तमा उनी रुसी खेलाडी डानिल मेदभेदेभसँग स्तब्ध बनेका थिए ।

कीर्तिमानी संख्यामा ग्रान्ड स्लाम जितेको भए पनि एउटा असाधारण उपलब्धि भने यीमध्ये कसैले पनि पाउन सकेका छैनन् । असाधारण उपलब्धि किन प्राप्त गर्नुपर्यो त ? प्रश्न उठ्न सक्छ । किनभने यी तीन असाधारण खेलाडी हुन् । यहाँ चर्चा गर्न खोजिएको असाधारण उपलब्धि भनेको एकै सिजनमा चार ग्रान्ड स्लाम (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन) जित्नु हो ।

टेनिसको इतिहासमा यस्तो सफलता विगतमा कयौं खेलाडीले प्राप्त गरेका छन् । तर नाडाल, जोकोभिच वा फेडेरर कोही पनि त्यतिका लागि भाग्यमानी बन्न सकेका छैनन् । गत सिजन जोकोभिचले तीन ग्रान्ड स्लाम जितिसकेका थिए । एक खेल हार्दा उनले जितेको ग्रान्ड स्लामको संख्या ४ पुग्न सकेन । यूएस ओपनको उपाधि भिडन्तमा उनी रुसी खेलाडी डानिल मेदभेदेभसँग स्तब्ध बनेका थिए ।

अब यो उपलब्धि प्राप्ति गर्ने जिम्मेवारी नाडालको काँधमा आइपरेको छ । क्लेकोर्टका राजा मानिने ३६ वर्षीय नाडालले यो वर्ष दुई ग्रान्ड स्लाम जितिसकेका छन् । जनवरीमा अस्ट्रेलियन ओपन जितेका उनी यही महिना फ्रेन्च ओपनको ट्रफी पनि उचाल्न सफल भए । उनी अस्ट्रेलियन ओपन च्याम्पियन बन्दा सबै आश्चर्यचकित बनेका थिए । किनभने वर्षको पहिलो ग्रान्ड स्लामअघि उनी राम्रो लयमा थिएनन् ।

झन फ्रेन्च ओपन जित्दा त अचम्म हुने नै भयो । खुट्टाको चोट सहेर खेलिरहेका नाडालले फ्रेन्च ओपन जित्छन् भनेर अनुमान गर्ने साहस कमैले गरेका थिए । अब बाँकी दुई ग्रान्ड स्लाम जिते उनले दुर्लभ कीर्तिमान कायम गर्नेछन् । जुन कीर्तिमान उनका समकालीन प्रतिद्वन्द्वीले राख्न सकेका छैनन् । पुरुष टेनिसमा एक वर्षमा चारवटै ग्रान्ड स्लाम पछिल्लो पटक अस्टे«लियाका रोड लेभरले सन् १९६९ मा जितेका थिए ।

‘म चोटमुक्त हुने बाटोमा छु । दुखाइ कम भइरहेको छ । विम्बल्डन सुरु हुन एक साता बाँकी छ । खेल्न योग्य छु कि छैन भनेर विस्तारै थाहा हुँदै जाने छ । आशा छ खेल्न सक्नेछु । ग्रासमा नखेलेको तीन वर्ष भइसकेको छ । त्यसकारण मैले आफूलाई तयार पार्नुपर्नेछ,’ नाडालले भनेका छन् ।

नाडालले अस्ट्रेलियन ओपन दुई पटक मात्रै जितेका छन् । यो प्रतियोगिता उनले पहिलो पटक सन् २००९ मा जितेका थिए । त्यो वर्ष उनी फ्रेन्च ओपनको चौथो चरणबाटै बाहिरिन पुगेका थिए । संयोगवश फ्रेन्च ओपनमा त्यो उनको पहिलो पराजय थियो । त्यसअघि उनी चार पटक फ्रेन्च ओपनमा सहभागी भए । र, चारै पटक च्याम्पियन पनि बने । सन् २००९ मा उनले विम्बल्डन भने खेलेनन् । अस्ट्रेलियन ओपन च्याम्पियन बनेकै वर्ष उनले फेरि विम्बल्डन त गुमाउने होइनन् ? संशय हराएको छैन । यद्यपि उनले शुक्रबार साँझ मात्रै आफू विम्बल्डन खेल्न तयार रहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

‘म चोटमुक्त हुने बाटोमा छु । दुखाइ कम भइरहेको छ । विम्बल्डन सुरु हुन एक साता बाँकी छ । खेल्न योग्य छु कि छैन भनेर विस्तारै थाहा हुँदै जाने छ । आशा छ खेल्न सक्नेछु । ग्रासमा नखेलेको तीन वर्ष भइसकेको छ । त्यसकारण मैले आफूलाई तयार पार्नुपर्नेछ,’ नाडालले भनेका छन् ।

नाडालले फ्रेन्च ओपनका प्रत्येक खेलअगाडि दुखाइ कम गर्ने सुईं लगाएका थिए । उनले अब अरू प्रतियोगितामा यसरी नखेल्ने बताएका छन् । शरीर पूर्ण रूपमा तयार भए मात्रै विम्बल्डन खेल्ने छन् । उनको नयाँ निर्णय यही नै हो ।

यसपालिको विम्बल्डनमा कयौं स्टार खेलाडी हुने छैनन् । रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध लगाइएकाले विम्बल्डनमा विश्व नम्बर एक मेदभेदेभले खेल्न पाउने छैनन् ।

त्यसैगरी महिलातर्फ प्रतिस्पर्धामा सम्भावित विजेताका रूपमा हेरिएकी बेलारुसी एलिना साबालेन्का पनि अनुपस्थिति रहनेछन् । उनले गत वर्ष सेमिफाइनलसम्म यात्रा तय गरेकी थिइन् ।

गत वर्ष उनले खेल्न नसकेको कारण पनि खुट्टाको चोट नै हो । उनले भोगिरहेको चोटलाई चिकित्सकीय भाषामा ‘मुलर विस’ भनिन्छ । यही समस्याले उनलाई युवा उमेरमा पनि सताएको थियो । यसबाट मुक्ति पाउन उनले विशेष प्रकारको जुत्ता लगाएर पनि खेले । विभिन्न प्रकारको औषधि खाएका छन् । तर, यसबाट उनले पूर्ण मुक्ति पाउन सकेका छैनन् । अहिले आएर त झन यसले उनको करियर नै सिध्याउने हो कि भन्ने चिन्ता छ ।

नाडालले विम्बल्डन दुई पटक जितेका छन् । सन् २००८ मा पहिलो पटक विम्बल्डन च्याम्पियन बन्न उनले फाइनलमा उनै फेडेररलाई हराएका थिए । नाडालले पाँचौं सेटमा पुगेर नतिजा आफ्नो पक्षमा पारेका थिए । त्यस उपाधि भिडन्तलाई टेनिसजगतले कहिल्यै बिर्सने छैन ।

नाडाल दोस्रो पटक च्याम्पियन सन २०१० मा हो । त्यतिबेला उनले टोमस बेड्रिचलाई पन्छाएका थिए । त्यसको एक वर्षपछि पनि नाडाल फाइनलमा पुगेका थिए । त्यतिबेला भने उनलाई जोकोभिचले निराश बनाए । त्यसपछि भने नाडालले सेमिफाइनल पार सकेका छैनन् । दुई संस्करण त उनले चोटका कारण खेल्दै खेलेनन् ।

गत वर्ष उनले खेल्न नसकेको कारण पनि खुट्टाको चोट नै हो । उनले भोगिरहेको चोटलाई चिकित्सकीय भाषामा ‘मुलर विस’ भनिन्छ । यही समस्याले उनलाई युवा उमेरमा पनि सताएको थियो । यसबाट मुक्ति पाउन उनले विशेष प्रकारको जुत्ता लगाएर पनि खेले । विभिन्न प्रकारको औषधि खाएका छन् । तर, यसबाट उनले पूर्ण मुक्ति पाउन सकेका छैनन् । अहिले आएर त झन यसले उनको करियर नै सिध्याउने हो कि भन्ने चिन्ता छ ।

हुन त नाडाल सजिलै हार मान्ने खेलाडी होइनन् । फ्रेन्च ओपनमा उनले जसरी प्रदर्शन गरे, त्यसले उनी अवस्थताका बाबजुत पनि कति बलिया छन् भन्ने प्रमाणित गरेको छ । फ्रेन्च ओपनमा नयाँ कीर्तिमान नै राखे । सर्वाधिक पटक उपाधि जितेको, सर्वाधिक खेल जितेको, सर्वाधिक पटक फाइनल पुगेको आदि । १४ पटक फ्रेन्च ओपन जितेका उनले त्यहाँ जम्मा तीन खेलमात्रै हारेका छन् ।

जसरी फ्रेन्च ओपन उनलाई फापेको छ, त्यसरी विम्बल्डन फापेको छैन । विम्बल्डनमा उनका प्रतिद्वन्द्वी फेडेरर र जोकोभिचको प्रदर्शन भने लोभलाग्दो छ । फेडेररले त सर्वाधिक पटक (८) पटक जितेका छन् । जोकोभिच पनि ६ पटक च्याम्पियन बनेका छन् । गत वर्ष विजेता बनेका जोकोभिचले सन् २०१९ र २०१८ मा पनि सो ग्रान्ड स्लामको ट्रफी चुमेका थिए ।

गत वर्ष तीन ग्रान्ड स्लाम जितेका जोकोभिचले यसपालि अस्ट्रेलियन ओपन खेल्न पाएनन् । फ्रेन्च ओपनमा पनि उनको यात्रा क्वाटरफाइनलमै सीमित भयो । २१ औं ग्रान्ड स्लामको खोजीमा रहेका उनी स्वाभाविक रूपमा विम्बल्डन जित्न चाहन्छन् । विम्बल्डनमा पनि सफल नभए उनी यो वर्ष ग्रान्ड स्लाम उपाधिविहीन हुने सम्भावना बढ्ने छ ।

हुन त उनीसँग युएस ओपन जित्ने विकल्प बाँकी नै हुनेछ । तर लगातार दुई ग्रान्डस्लाममा भोगेको असफलताले उनलाई थिच्नेछ । जसले गर्दा युएस ओपन उनका लागि खराब अनुभवमा परिणत हुनसक्छ ।

यस्तोमा जोकोभिचको नजरमा विम्बल्डन जित्नैपर्ने ग्रान्ड स्लाम हुन पुगेको छ । तर, उनका सामु नाडाल तगारो बन्न सक्छन् । यदि नाडाललाई शरीरले साथ दिएमा । शरीरले दिएको चुनौती पार लगाए, नाडाल एक पटक फेरि विश्व टेनिसको सर्वकालीन महान खेलाडी बन्ने दौडमा अगाडि बढ्ने छन् ।

(एजेन्सीको सहयोगमा)