मंसिर ६, २०८१ बिहीबार | १४:१६:११
विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी
शनिबारको दिन स्क्वास

फैलन नसकेको स्क्वास

र्‍याकेट गेम्सको सबैभन्दा पुरानो विधा भए पनि स्क्वास खेलले विश्व खेलकुदमा आफूलाई अझैसम्म चर्चित विधाको रूपमा उभ्याउन सकेको छैन ।

१९औं दशकमा सुरु भएको स्क्वास खेल र्‍याकेट गेम्सका अन्य विधा ब्याडमिन्टन र टेनिसले फड्को मार्दा यो खेल भने अझै आफ्नो पहिचान स्थापित गर्नमै संघर्षरत छ ।

बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारि शमशेर राणाले यो खेल नेपालमा भित्र्याएका थिए । यद्यपि तत्कालीन समयमा क्लबका सदस्य र विदेशी कूटनीतिज्ञले दैनिक व्यायामको रूपमा मात्र स्क्वास खेल्थे ।

विश्वमा स्क्वास खेलको अवस्था जस्तो छ, नेपालमा पनि त्यो भन्दा भिन्न छैन । सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रिएको थियो ।

बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारि शमशेर राणाले यो खेल नेपालमा भित्र्याएका थिए । यद्यपि तत्कालीन समयमा क्लबका सदस्य र विदेशी कूटनीतिज्ञले दैनिक व्यायामको रूपमा मात्र स्क्वास खेल्थे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता नभए पनि दरबार, विभिन्न होटल र त्रिभुवन आर्मी क्लबमा भने स्क्वास कोर्ट निर्माणसँगै यो खेल सुरु भइसकेको थियो ।

सन् १९८८ मा नेपाल स्क्वास तथा र्‍याकेट संघ राखेपमा दर्ता भयो । राखेपबाट राष्ट्रिय संघको मान्यता पाए पनि स्थापना भएको ३४ वर्ष बित्दा समेत यो खेलले नेपालमा आफ्नो विशेष पहिचान बनाउन सकेको छैन ।

जनरल भरतकेशर सिंहको नेतृत्वमा पहिलोपल्ट स्क्वास संघ गठन भएको थियो । स्थापनाको ३४ वर्ष बित्दा समेत आमनेपाली समर्थकमाझ स्क्वास पुग्न सकेको छैन ।

‘सन् २०००–०१ मा हामीले संघकै हाताभित्र कोर्ट निर्माण गरेका थियौं । मलाई अझ पनि याद छ, त्यो समयमा दरबारभित्रै दुइटा स्क्वास कोर्ट थियो ।’

स्क्वास सामान्य खेल भएको हो । इन्डोर हलभित्र खेलिने भएकाले यो खेल जुनसुकै मौसममा जतिबेला पनि खेल्न सकिन्छ । यति सहज खेल भए पनि स्क्वासलाई आफूहरूले आम समर्थकमाझ पुर्याउन नसकेको यथार्थ संघका महासचिव सुरेश गुरुङ स्वीकार्छन् ।

‘हामीले आफ्ना सदस्यहरूबाट निश्चित रकम उठाएर स्क्वास संघको एकेडेमी भवनमा स्क्वास कोर्टको निर्माण गरेका हौं,’ महासचिव गुरुङले भने, ‘सन् २०००–०१ मा हामीले संघकै हाताभित्र कोर्ट निर्माण गरेका थियौं । मलाई अझ पनि याद छ, त्यो समयमा दरबारभित्रै दुइटा स्क्वास कोर्ट थियो ।’

उनले एउटा प्रसंग सुनाए, ‘पाँचौं राष्ट्रिय खेलकुदको तयारी चलिरहेको थियो । तत्कालीन युवराज दीपेन्द्र र पारस शाह खेलस्थल निरीक्षणका लागि स्क्वास कोर्टमा पनि आउनुभएको थियो । दीपेन्द्रले आफूले स्क्वास नखेलेको धेरै समय भइसकेकाले र्‍याकेट नै खराब भइसक्यो होला भनेर मजाक गर्नुभएको थियो । त्यही दिन राति दरबार हत्याकाण्ड भयो । स्क्वास खेलको विकासमा युवराज सकारात्मक हुनुहुन्थ्यो । त्यो घटनापछि यो खेलको विकासमा केही ब्रेक लागेको स्थिति बन्यो ।’

पाँचौं खेलकुदबाट नवौंसम्म आइपुग्दा यो खेल निरन्तर राष्ट्रिय खेलुकदमा समावेश छ । सन् १९९१ मा व्यक्तिगत रूपमा पाकिस्तानमा सम्पन्न पहिलो एसियन इन्डिभिजुअल च्याम्पियनसिपमा नेपालबाट सञ्जिव राजभण्डारी, अनिलबहादुर सिंह र सत्यनारायण श्रेष्ठले भाग लिएका थिए ।

दक्षिण एसियाली खेलकुदमा भने नेपालले पाकिस्तानमा सम्पन्न सन् १९८९ को चौथो साफ खेलकुद (हाल साग) मा पहिलो पटक सहभागिता जनाएको थियो । त्यसयता लगातार पाँचौंदेखि आठौंसम्म स्क्वास सागमा समावेश गरिएन ।

२००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा नेपालले पदक जितेको हो । महिलातर्फ टिम इभेन्टमा कांस्य जित्दा भावना सुनुवार र कुष्णा थापा खेलाडी थिए ।

सन् २००४ मा पाकिस्तानमै सम्पन्न नवौं सागमा भने नेपालका सुरेश गुरुङ र हीरा थापामगरले टिम इभेन्टबाट देशलाई कांस्य पदक जिताएका थिए ।

महिलातर्फ भने सन् २००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा नेपालले पदक जितेको हो । महिलातर्फ टिम इभेन्टमा कांस्य जित्दा भावना सुनुवार र कुष्णा थापा खेलाडी थिए ।

११ र १२औं  सागसम्म स्क्वासतर्फ नेपालको उपस्थिति सहभागितामै सीमित बन्यो । सन् २०१९ मा नेपालमै सम्पन्न १३औैं सागमा भने नेपालले पुरुष र महिलातर्फ टिम इभेन्टमा कांस्य पदक जितेको थियो । नेपालका अमृत थापामगर, सुजन ज्वारचन, अमिर ब्लोन र दीपक थापाले कांस्य जितेका थिए भने पदक जित्नमा महिलातर्फ कृष्णा थापा र भावना सुनुवार थिए ।

महासचिव गुरुङ स्क्वासको सुरुआती दिन भन्छन्, ‘यो खेल नेपालका लागि नौलो थियो । त्यसैले खेलाडीहरू पनि थिएनन् । व्यावसायिकभन्दा पनि दैनिक व्यायामका लागि यो खेल खेल्नेको संख्या धेरै थियो । हामीले स्क्वासको विकास होस् र खेलाडीको खेलप्रति आकर्षण बढोस्, नयाँ खेलाडी आऊन भन्ने उद्देश्यले सदस्यतावापत निश्चित रकम लिएर दैनिक प्रशिक्षण व्यवस्था मिलायौं ।’

उनले ग्रासरुट कार्यक्रमका लागि भन्दै जुनियर खेलाडीलाई नि:शुल्क प्रशिक्षण व्यवस्था मिलाएको बताए । महिलातर्फकी नेपाल च्याम्पियन रहेकी शीर्ष खेलाडी कृष्णा थापा र दोस्रो वरीयताका अमृत थापा त्यही ग्रासरुटबाट उत्पादन भएका खेलाडी हुन् । यद्यपि विद्यालयको पठनपाठनको समय नमिलेका कारण ग्रासरुटमा सहभागी भएका धेरै बालबालिकाले प्रशिक्षण छोड्नुपरेको महासचिव गुरुङ बताउँछन् ।

स्क्वास खेल्न सहज खेल भएको र अन्तर्राष्ट्रिय स्तरमा पनि पदक ल्याउने प्रचुर सम्भावना रहे पनि सम्बिन्धत निकायले उचित ध्यान नदिँदा स्क्वासको दायरा फराकिलो हुन नसकेको उनको ठहर छ ।

‘हामीलाई अन्य खेलजस्तो विश्व र्‍याकेट एन्ड स्क्वास फेडरेसन र एसियन स्क्वास संघबाट आर्थिक सहायता आउँदैन,’ महासचिव गुरुङले भने, ‘जे जति खेल संरचना बनेका छन्, प्रशिक्षण सञ्चालन भइरहेका छन् । त्यसको सबै रकम संघ आफैंले व्यवस्था गर्नुपरेको छ ।’

राष्ट्रिय खेलकुद परिषदले पनि स्क्वासलाई उचित ध्यान नदिएको उनको गुनासो छ । त्यसले गर्दा आफूहरूले काठमाडौंबाहिर पनि स्क्वासलाई लैजाने प्रयास गरे पनि आशातीत सफलता नमिलेको उनी बताउँछन् ।

उनले भने, ‘हामीले यस खेललाई काठमाडौंबाहिर विस्तार गर्ने भनिए पनि योजना कार्यान्वयन गर्न सकेका छैनौं, दुई जिल्लामा मात्र स्क्वास संघ बनेको छ । पोखरा र विराटनगरमा स्क्वासको संगठन विस्तार भएको छ र त्यहाँ विभिन्न गतिविधि पनि हुँदै आएका छन् ।’

अब स्क्वासले पनि प्रादेशिक संरचनामा जाने सोच बनाएको छ । महासचिव भन्छन्, ‘हालै नयाँ खेलकुद ऐन आएको छ । सोही ऐनअनुसार अब हामी पनि प्रादेशिक संरचनामा जाने योजनामा छौं ।’