पुस १३, २०८२ सोमबार | १५:५३:१०
नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल एन्फा यु-१६ युथ लिगः शेर्पाले संकटालाई हरायो, एनआरटी र चर्च ब्वाइजले अंक बाँडे एनभिए च्याम्पियनसिपः पुरुषतर्फ पुलिस क्वार्टरफाइनलमा माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल एन्फा यु-१६ युथ लिगः शेर्पाले संकटालाई हरायो, एनआरटी र चर्च ब्वाइजले अंक बाँडे एनभिए च्याम्पियनसिपः पुरुषतर्फ पुलिस क्वार्टरफाइनलमा माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी
शनिबारको दिन रुस-युक्रेन तनाव

अन्तर्राष्ट्रिय खेलकुदबाट रुस र बेलारुसलाई अलग्याइँदै

युक्रेनमाथि युद्ध गरिरहेको रुसलाई तह लगाउन अमेरिकासहित पश्चिमा देशहरूले आर्थिक प्रतिबन्धको सहायता लिइरहेका छन् । आफ्नो कमजोर छिमेकीमाथि अत्याचार गरेको भनेर रुसको विश्वव्यापी आलोचना भइरहेको छ ।

विश्व खेलकुदजगतले पनि रुसी कदमको घोर विरोध गरिरहेको छ । विरोधस्वरुप रुसी खेलकुद, त्यहाँका संघ र खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गर्ने निर्णय भइरहेका छन् ।

यसो गरिनुको पछाडि एउटै उद्देश्य छ, रुसी सरकार र राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब सिर्जना गर्नु । ताकि रुसले युक्रेनमाथि जारी राखेको हमला तुरुन्त रोकोस् । रुसलाई मात्र होइन उसका नजिकको छिमेकी बेलारुसलाई पनि विश्व खेलकुदबाट एक्ल्याउने प्रयास भइरहेको छ । युक्रेनविरुद्ध आक्रमण गर्न रुसलाई सहयोग गरिरहेकाले बेलारुसलाई पनि कारबाही गरिएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले रुस र बेलारुसका सबै खेल संघ, खेलाडी र पदाधिकारीमाथि प्रतिबन्ध लगाउन सार्वजनिक आह्वान गरिसकेको छ । आईओसीको आह्वानलाई सुनेर कयौं अन्तर्राष्ट्रिय खेल महासंघहरूले आ–आफ्नो ठाउँबाट कदम चालेका छन् ।

विश्व फुटबलको नियामक निकाय फिफा र युरोपेली फुटबल महासंघ (युइएफए)ले एकसाथ रुसी राष्ट्रिय फुटबल टिम र त्यहाँका क्लबहरूलाई कुनै पनि प्रतियोगितामा भाग लिनबाट बर्जित गरिसकेका छन् । फलतः रुसले यही मार्चमा हुने विश्वकप प्लेअफ खेल्न पाउने छैन भने स्पार्टक मस्कोलाई युरोपा लिगबाट बाहिर पठाइएको छ ।

यसैगरी युरोपेली क्लबहरूको संगठनले रुसमा रहेका आफ्ना सदस्य क्लबहरूलाई निलम्बन गरिसकेका छन् । निलम्बनमा पर्ने क्लबको सूचीमा स्पार्टकसहित जेनिट सेन्ट पिटर्सबर्ग, लोकोमोटिभ मस्को, सीएसकेए मस्को, क्रान्स्नोडर, रुबिन काजान र रोस्टोभ रहेका छन् ।अन्तर्राष्ट्रिय फुटबलबाट मात्र होइन, अन्तर्राष्ट्रिय रग्बीबाट पनि रुसलाई अलग्याइएको छ । विश्व रग्बी महासंघले रुसको सदस्यता निलम्बनमा राखेको छ । अन्तराष्ट्रिय रग्बी लिग र युरोपेली रग्बी लिगले रुसलाई अर्को सूचना नआउन्जेलसम्म लागि कुनै पनि रग्बी प्रतियोगितामा सहभागी नगराउने बताइसकेका छन् ।

उता अन्तराष्ट्रिय टेनिस महासंघ (आइटिएफ) ले रुसी टेनिस संघ र बेलारुसको टेनिस संघको सदस्यता निलम्बन गरेको छ । दुवै देशमा कुनै पनि अन्तर्राष्ट्रिय टेनिस इभेन्ट नगराउने निर्णय पनि गरिएको छ । यद्यपि यी दुई देशका टेनिस खेलाडीले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत तबरमा भाग लिन भने पाउनेछन् ।

केही समयअघि विश्व एथलेटिक्स महासंघले रुसी धावकहरूलाई रुसको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय एथलेटिक्स इभेन्टमा भाग लिनबाट वञ्चित गरेको छ । यसैकारण टोकियो ओलम्पिकमा रुसी धावकहरूले रुसको झण्डाबिना नै भाग लिएका थिए । अब भने रुसी धावकहरूले यो सुविधा पनि पाउने छैनन् । बेलारुसका धावकहरूलाई समेत अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगाइएको छ ।

फर्मुला वान रुसमा असाध्यै लोकप्रिय इभेन्ट हो । उसले रुसमा आयोजना गर्ने भनेको रसियन ग्राँ प्रि रद्द गरेको छ । रुसी ड्राइभरहरूलाई पनि कुनै पनि अन्तर्राष्ट्रिय रेसिङ इभेन्टमा भाग लिँदा रुसी झन्डा प्रयोग गर्न बर्जित गरिएको छ । तर बेलायतमा हुने कुनै पनि इभेन्टमा रुसी ड्राइभरहरूले भाग लिन पाउने छैनन् ।

केही समयअघि विश्व एथलेटिक्स महासंघले रुसी धावकहरूलाई रुसको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय एथलेटिक्स इभेन्टमा भाग लिनबाट वञ्चित गरेको छ । यसैकारण टोकियो ओलम्पिकमा रुसी धावकहरूले रुसको झण्डाबिना नै भाग लिएका थिए । अब भने रुसी धावकहरूले यो सुविधा पनि पाउने छैनन् । बेलारुसका धावकहरूलाई समेत अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगाइएको छ ।

साइक्लिङको नियामक निकाय युसिआईले रुस र बेलारुसका खेलाडीलाई अन्तर्राष्ट्रिय इभेन्टमा भाग लिन नपाउने बताएको छ । उता फिनाले रुस र बेलारुसका पौडी खेलाडीलाई अन्तर्राष्ट्रिय इभेन्टमा तटस्थ खेलाडीका रूपमा मात्रै भाग लिन दिने निर्णय गरेको छ ।

रोविङका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट रुसी र बेलारुसी खेलाडीलाई रोक लगाइएको छ भने अन्तर्राष्ट्रिय भलिबल महासंघले रुसमा आयोजना गर्न लागेको विश्व च्याम्पियनसिप आयोजना रद्द गरेको छ ।

विश्व तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुसी राष्ट्रिय गान र झण्डा प्रयोगमा रोक लगाएको छ । साथै रुसी राष्ट्रपति पुटिनलाई दिइएको मानार्थ ब्ल्याक बेल्ट पनि खोसिएको छ ।

रोविङका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट रुसी र बेलारुसी खेलाडीलाई रोक लगाइएको छ भने अन्तर्राष्ट्रिय भलिबल महासंघले रुसमा आयोजना गर्न लागेको विश्व च्याम्पियनसिप आयोजना रद्द गरेको छ ।

 ब्याडमिन्टन र बास्केटबलजस्ता खेलका अन्तर्राष्ट्रिय इभेन्टमा पनि रुसी खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।