काठमाडौं । हरेक खेलाडीको सपना हुन्छ विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्ने । यस्तै सपना बोकेकी नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिकबाट त्यो पूरा गर्दै छिन् ।
मनिताले कन्टिनेन्टल कोटा (विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेका प्रदर्शनका आधारमा) मा आसन्न पेरिस ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । मनिताले पेरिस ओलम्पिकमा महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । मनिता पेरिस ओलम्पिक खेल्ने सातौं नेपाली खेलाडीमध्ये एक हुन् ।
‘नेपाल ओलम्पिक कमिटीका सुजन सर (सुजनलाल श्रेष्ठ)ले फोन गरेर बधाई दिनुभयो । मैले केको बधाई सर भनेर प्रतिप्रश्न गरें । उहाँले तिमी पेरिस जाने भयौं भन्नुभयो । सुरुमा त मलाई विश्वासै लागेको थिएन,’ मनिताले त्यो क्षण सुनाइन् ।
यसपालि उनीसहित ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालले ओलम्पिक सहभागिता जनाउँदै छन् ।
यसमध्ये स्यान्टुले छनोट चरण पार गर्दा अन्यले वाइल्ड कार्ड र युर्निभर्सालिटी कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेका हुन् । मनिता सुरुमा आफू ओलम्पिकका लागि छनोट भएको छु भन्दा विश्वासै नलागेको सुनाउँछिन् ।
‘नेपाल ओलम्पिक कमिटीका सुजन सर (सुजनलाल श्रेष्ठ)ले फोन गरेर बधाई दिनुभयो । मैले केको बधाई सर भनेर प्रतिप्रश्न गरें । उहाँले तिमी पेरिस जाने भयौं भन्नुभयो । सुरुमा त मलाई विश्वासै लागेको थिएन,’ मनिताले त्यो क्षण सुनाइन् ।
हुन त मनिताले छनोट नजिक पुगेर पनि चार वर्षअगाडि टोकियो ओलम्पिक गुमाएकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको राम्रो प्रदर्शनका कारण जुडो संघबाट महिलाको कोटाका लागि सिफारिस पाउने खेलाडीमध्ये मनिताको नाम अग्रस्थानमा थियो । तर, अंक प्राप्त गर्ने खेलमा उनी पराजित भइन् । जुडोबाट सोनिया भट्टले टोकियो ओलम्पिकमा सहभागिता जनाइन् ।
नेपालको ओलम्पिक इतिहासमा जुडोबाट भाग लिने मनिता छैटौं खेलाडी हुन् । यसअघि सन् १९८८ को सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, सन् २००८ को बेइजिङ ओलम्पिकमा देवु थापा, सन् २०१६ को रियो ओलम्पिकमा फुपुल्हामू खत्री र सन् २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए ।
‘मैले नै ओलम्पिक खेल्छु भन्ने लगभग निश्चितजस्तै भए पनि अन्तिममा चुक्न पुगें । सायद मेरै कमजोरी थियो होला । अन्तिम क्षणमा आएर चुक्दा निकै दुःखी भएको थिएँ,’ मनिताले विगत सुनाइन्, ‘यसपटक भने ओलम्पिक खेल्न पाउँछु भन्ने विश्वास थियो ।’
दक्षिण एसियाली खेलकुद (साग) को १२औं र १३औं संस्करणकी रजत पदक विजेता २५ वर्षीया मनिता ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी खेलाडी हुन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौंमा आयोजना भएको त्रियोग जुडो च्याम्पियनसिप हो । जहाँ उनले स्वर्ण जितेकी थिइन् ।
सन् २०१२ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालिन् । भुटानमा भएको त्यस प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितिन् । त्यसयता मनिताले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएकी छन् ।
उनले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायतका थुप्रै अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।
मनितासँग एसियाली खेलकुदको १८औं र १९औं संस्करण खेलेको अनुभव पनि छ । मनिता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा छन् । यो २०औं एसियालीका लागि गरिएको तयारी हो ।
ओलम्पिक छात्रवृत्तिका कारण ओलम्पिक खेल्न सहज भएको मनिताको बुझाइ छ । ‘मलाई एनओसीले छात्रवृत्ति प्रदान गरेको थियो । त्यसैले मैले धेरैभन्दा धेरै अन्तिर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर प्राप्त गरें । ती प्रतियोगितामा गरेका प्रदर्शनका आधारमा नै अहिले ओलम्पिक खेल्ने अवसर पाएको छु,’ मनिताले भनिन् ।
नेपालको ओलम्पिक इतिहासमा जुडोबाट भाग लिने मनिता छैटौं खेलाडी हुन् । यसअघि सन् १९८८ को सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, सन् २००८ को बेइजिङ ओलम्पिकमा देवु थापा, सन् २०१६ को रियो ओलम्पिकमा फुपुल्हामू खत्री र सन् २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए ।
मनिताले अन्तर्राष्ट्रिय करिअर सुरु गरेको १२ वर्षपछि ओलम्पिक खेल्ने सपना साकार पार्दैछिन् । उनी यस अवधिलाई सामान्य मान्छिन् । ‘हरेक खेलाडीको सपना भनेको ओलम्पिक खेल्नु नै हो । कसैले त्यो अवसर छोटो समयमै प्राप्त गर्छन् भने कसैका लागि लामो समय लाग्छ । मेरो हकमा पनि भएको त्यही हो,’ मनिताले भनिन् ।
यदि म चार वर्षअघिको असफलतामा दुःखी भएर बसेको भए अहिले यो स्थानमा नपुग्ने उनको बुझाइ छ । उनले थपिन्, ‘त्यसबाट मलाई झन उर्जा मिल्यो । २०२४ मा जसरी पनि ओलम्पिक खेल्नुपर्छ भन्ने अठोट गरें र प्रशिक्षणमा जुटें । त्यसको परिणामस्वरुप म ओलम्पिक खेल्दै छु,’ मनिताले मुस्कुराउँदै सुनाइन् ।
मनिता नेपाल ओलम्पिक कमिटीबाट आइओसी छात्रवृत्तिप्राप्त खेलाडी हुन् । यसैका कारण उनले पेरिस ओलम्पिककै लागि जापान, चाइनिज ताइपेई, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेकी थिइन् ।
ओलम्पिक छात्रवृत्तिका कारण ओलम्पिक खेल्न सहज भएको मनिताको बुझाइ छ । ‘मलाई एनओसीले छात्रवृत्ति प्रदान गरेको थियो । त्यसैले मैले धेरैभन्दा धेरै अन्तिर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर प्राप्त गरें । ती प्रतियोगितामा गरेका प्रदर्शनका आधारमा नै अहिले ओलम्पिक खेल्ने अवसर पाएको छु,’ मनिताले भनिन् ।
मनिताले ओलम्पिकका लागि भनेरै बिहान-बेलुका गरी दुई सिफ्टमा प्रशिक्षण गरिरहेकी छन् । उनका प्रशिक्षक छन्, चन्द्र डंगोल र देवु थापा ।
पामसँग स्वयंसेवक प्रशिक्षकका रूपमा जोडिएका सूर्यनारायण श्रेष्ठ आफूले पूरा गर्न नसकेको सपना आफ्ना चेला-चेलीले पूरा गरुन् भन्ने चाहन्थे । तिनैमध्ये एक थिइन् मनिता ।
पामको उत्पादनमनिता बन्दी सहायता नियोग (पाम) बाट उत्पादित खेलाडी हुन् । उनी ९ वर्षको हुँदा त्यहाँ पुगेकी थिइन् । मनितालाई जुडोमा पाइला चाल्न सिकाउने प्रशिक्षक हुन् सूर्यनारायण श्रेष्ठ । श्रेष्ठ आफ्नो जमानाका चर्चित खेलाडी थिए । सन् १९८८ को साउथ एसियन च्याम्पियनसिप, १९९० को ११औं एसियन गेम्स र फ्रान्समा भएको वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाएका सूर्यनारायणले भने ओलम्पिक खेल्ने अवसर भने पाएनन् ।
पामसँग स्वयंसेवक प्रशिक्षकका रूपमा जोडिएका सूर्यनारायण श्रेष्ठ आफूले पूरा गर्न नसकेको सपना आफ्ना चेला-चेलीले पूरा गरुन् भन्ने चाहन्थे । तिनैमध्ये एक थिइन् मनिता । ‘सूर्यनारायण गुरुले सधैं मैले त सकिनँ, तिमीहरूले ओलम्पिक खेल्नुपर्छ भन्नुहुन्थ्यो,’ मनिता ती दिन सम्झन्छिन्, ‘हामी साना बालबालिकालाई ओलम्पिक के हो भन्ने थाहै थिएन । त्यसबेला गुरु किन कराइरहनुहुन्छ भन्ने लाग्थ्यो । रिस पनि उठ्थ्यो अहिले आएर थाहा भयो, त्यो त हाम्रा लागि नै रहेछ ।’
सूर्यनारायाण नै मनिताको प्ररणाका स्रोत हुन् । ‘मेरा लागि सूर्य गुरु नै प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँले जस्तोसुकै परिस्थितिमा पनि हामीलाई प्रशिक्षण दिनुहुन्थ्यो । उहाँले दुर्घटनामा परेर पनि प्रशिक्षण गराउनुभएको थियो । त्यसले पनि मलाई हौसला दिएको थियो । उहाँकै लागि भए पनि ओलम्पिक खेल्नुपर्छ भन्ने अठोट लिएँ । ओलम्पिकमा छनोट भएर मैले पाम, पुलिस क्लब र राष्ट्रिय टिमका प्रशिक्षकको सपना पूरा गरिरहेको छु जस्तो लागिरहेको छ,’ मनिताले सुनाइन् ।
कम्तीमा एक बाउट जित्ने लक्ष्यमनिताले ओलम्पिकमा कस्तो प्रदर्शन गर्छु भन्ने योजना बनाएकी छैनन् । तर, उनी कम्तीमा एक बाउट जित्न सक्छु भन्ने विश्वास रहेको बताउँछिन् । ‘अहिलो अवस्थामा पदक जित्नु हामीबाट धेरै टाढा छ । तर मलाई भित्रैदेखि अन्य खेलमा भन्दा राम्रो नतिजा ल्याउँछु जस्तो लागिरहेको छ । कम्तीमा पनि एउटा बाउट जित्ने लक्ष्य हुनेछ,’ मनिताले आत्मविश्वास पोखिन् ।
सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागिता जनाएकी देवु सन् २०१६ को रियो ओलम्पिकमा पनि फुपुल्हामु खत्रीको प्रशिक्षक थिइन् ।
ओलम्पियन गुरु पाउँदा उत्साहित‘ओलम्पियन नै भएकाले गुरुसँग धेरै अनुभव छ । त्यसमा पनि महिला नै भएपछि धेरै सहज भएको छ । उहाँले आफ्नो अनुभव पनि सुनाउनु हुन्छ । त्यसबाट पनि थप हौसला मिलेको छ । खेलमा धेरै सुधार पनि भएको छ,’ मनिताले प्रशिक्षक देवु थापाबारे उत्साहित हुँदै भनिन् ।
सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागिता जनाएकी देवु सन् २०१६ को रियो ओलम्पिकमा पनि फुपुल्हामु खत्रीको प्रशिक्षक थिइन् ।
वैदेशिक प्रशिक्षण भएको भए अझै राम्रो हुनसक्ने उनको बुझाइ छ । ‘अहिले दुई सिफ्टमा प्रशिक्षण गरिरहेको छु । यसले पनि धेरै फाइदा गरेको छ । तर विदेशमा प्रशिक्षण गर्न पाएको भए अझै राम्रो हुन्थ्यो । किनभने हामीले ओलम्पिकमा विदेशी खेलाडीको सामना गर्नुपर्छ । यदि विदेशमा गएर खेल्न पाएको भए उनीहरूको टेक्निकबारे थाहा हुन्थ्यो,’ मनिताले भनिन्, ‘यहाँ आफ्नै साथीसँग अभ्यास गर्दा तौल समूह पनि मिलिरहेको छैन । हामी सबैको खेल्ने तरिका लगभग उस्तै भएकाले विपक्षीको मुभबारे पहिल्यै थाहा भइसकेको हुन्छ । त्यसले थप सिकाइ पाउन सकिन्न ।’