१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदमा जम्बो टोलीको अर्थ के ? खेलाडीको एक्सपोजर कि पदाधिकारीलाई घुम्ने मौका

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बाट बिदाईपछि सामूहिक तस्विर खिचाउँदै खेलाडी र पदाधिकारी ।

काठमाडौं । एसियाली खेलकुद (एसियाड)को १९ औं संस्करण औपचारिक रुपमा आजबाट चीनको हाङझाउमा सुरु हुँदैछ । एसियाकै ठूलो खेल महोत्सवमा यसपाली नेपालले अहिलेसम्मकै ठूलो सङ्ख्यामा खेलाडी सहभागी गराउँदैछ ।

अक्टोबर ८ सम्म चल्ने एसियाली खेलकुदको सबभन्दा ठूलो खेल मेलामा नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता जनाउँदै छन् । कुल ४० खेलमध्ये यसपाली नेपालले २९ खेलमा भाग लिँदैछ ।

सहभागी २ सय ५३ मध्ये १२ खेलाडी स्वदेश फर्किसकेका छन् । औपचारिक रुपमा शनिबार सुरु हुने प्रतियोगितामा कतिपय खेलहरु उद्घाटनअघि मंगलबार देखि नै सुरु भइसकेका छन् । यसबीच प्रारम्भिक चरणका दुई खेलमा हार बेहोरेपछि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली स्वदेश फर्किएको छन्।

सहभागी २ सय ५३ मध्ये १२ खेलाडी स्वदेश फर्किसकेका छन् । औपचारिक रुपमा शनिबार सुरु हुने प्रतियोगितामा कतिपय खेलहरु उद्घाटनअघि मंगलबार देखि नै सुरु भइसकेका छन् । यसबीच प्रारम्भिक चरणका दुई खेलमा हार बेहोरेपछि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली स्वदेश फर्किएको छन् ।

पहिलो खेल बहराइनसँग ३-१ को सेटमा हारेको नेपाल दोस्रो खेलमा इरानसँग ३-० को सोझो सेटमा निराश भएको थियो । जसले गर्दा अब एसियाली खेलकुदमा नेपालको चुनौती प्रस्तुत गर्न २ सय ४१ खेलाडीमात्र बाँकी छन् । 

हाङझाउ एसियाड नेपालको १७ औं एसियाड सहभागिता हो । सन् १९७९ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा सहभागिता जनाउन थालेको थियो । नयाँ दिल्लीदेखि हाङझाउसम्म आइपुग्दा एसियाडले १८ संस्करण पार गरिसकेको छ । यसबीच नेपालले मनिला, १९७४ र जाकार्ता, १९६२ बाहेक सबै संस्करणमा सहभागिता जनाएको छ । यसबीच नेपालले २४ पदक जित्न सफल भएको छ । जस्मा दुई रजत समावेश छन्, बाकी सबै कांस्य ।

एसियाडमा नेपालको इतिहास एकदमै उदासीन छ । पछिल्ला तीन संस्करणमा लगातार नेपाल एक-एक पदकमा चित्त बुझाएर फर्किएको थियो । भाग्यवश प्राप्त ती तीन मध्ये २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपालका लागि नयाँ खेल प्याराग्लाइडिङले रजत पदक जितेको थियो ।

झुक्किएर प्राप्त हुने रजत र कांस्यमा खुसी मनाउँदै आएको नेपाली टोलीले यसपाली पनि स्वर्णको आशा राखेको छैन । विगतमा जस्तै यसपाली पनि केही पदकको भने आशा गरिएको छ । तर, स्वर्ण होइन।

झुक्किएर प्राप्त हुने रजत र कांस्यमा खुसी मनाउँदै आएको नेपाली टोलीले यसपाली पनि स्वर्णको आशा राखेको छैन । विगतमा जस्तै यसपाली पनि केही पदकको भने आशा गरिएको छ । तर, स्वर्ण होइन, सँधै जसो सके रजत नसके कांस्य । सकेसम्म दुई वा त्योभन्दा बढि, नसके खाली हात नफर्किने ।

राष्ट्रिय पुरुष भलिबल टोली प्रारम्भिक चरणबाटै बाहिरिनुले संकेत गरेको छ, यसपाली पनि खुसी हुने वातावरण हुने छैन । एसियाडका लागि भनेर विभिन्न खेल संघहरुले विगत चार महिना देखि प्रशिक्षण थालेका थिए । भलिबलको यो निराशाजनक प्रदर्शनले सबै मिहिनेतहरु बालुवामा पानी हाले जस्तै हुने डर पैदा गरेको छ । तर, यो डर आम खेलकुद समर्थकमा मात्र रहनेछ । खेलकुद निकायका पदाधिकारीहरुलाई हुने छैन ।

एक हप्ताअघि मात्र नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्षले एसियाडको प्रक्ष्येपण गर्दै भनेका थिए, ‘एसियाडमा नेपालले मात्र सहभागिता जनाउने हो भने त हाम्रा सबै खेलाडीले स्वर्ण नै ल्याउँथे नि । अरु राम्रा राम्रा देश भएर पो गाह्रो भएको ।’

‘अर्को फेरि एसिया महादेश भित्र कतिपय देशमा, कतिपय खेलहरुमा विश्व च्याम्पियन र ओलम्पिक च्याम्पियन भएका खेलाडीहरु हुन्छन् । त्यो हिसाबले प्रतिस्पर्धा उच्च स्तरकै हुन्छ । त्यो प्रतिस्पर्धामा नेपालले स्वर्ण नै लिएर आउँछ भन्न सक्ने अवस्था अहिले छैन । अब झुक्किएर कहिँ कतै आइहाल्यो भने हाम्रो लागि त्यो एकदमै खुसीको विषय हुनेछ ।’

अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहास हेर्ने हो भने ‘पदाधिकारीको भ्रमण’ जरा गाढिएर बसेको छ । इतिहास हेर्ने हो भने डरलाग्दो छ । यसपाली पनि सयभन्दा बढि पदाधिकारीहरु चीन प्रस्थान गरेका छन् । कोही जाने क्रममा छन् ।

एनओसी अध्यक्ष श्रेष्ठले गलत बोलेका होइनन् । नेपालले स्वर्ण जित्नु भनेको असम्भव जस्तै हो । तर, यस्तो भनिरहँदा जम्बो टोली लैजानुको अर्थ चाहिँ के त ? खेलाडीलाई एक्सपोजर की पदाधिकारीलाई घुम्ने मौका ?

अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहास हेर्ने हो भने ‘पदाधिकारीको भ्रमण’ जरा गाढिएर बसेको छ । इतिहास हेर्ने हो भने डरलाग्दो छ । यसपाली पनि सयभन्दा बढि पदाधिकारीहरु चीन प्रस्थान गरेका छन् । कोही जाने क्रममा छन् । अब कुरा खेलाडीको एक्सपोजरको ।

सहभागी २९ मध्ये नेपालले प्रायः सबै खेलका लागि वैदेशिक प्रशिक्षणको बन्दोबस्त गरेको थियो । एकहिसाबले यो पनि एककिसिमको एक्सपोजर हो । खेलाडीहरुले दक्षिण एसियाभन्दा बाहिर निस्किएर केही खेलहरु त खेल्न पाए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को हाङझाउ एसियाडको अनुमानित लागत २४ करोड रहेको बताइएको छ । जुन एसियाडको कुल खर्च हो । एक्सपोजरकै निउँमा यति ठूलो रकम खर्च गर्नु फलदायी छ ? जसमा पदाधिकारीका खर्च पनि मिसिएका छन् । यो आलोचनामा सबैको धारणा फरक फरक छन् ।

बलिया टोलीसँग खेल्न हामी तयार छैनौं । त्यसको सट्टा त्यहाँ खर्च भएको पैसाले महिला लिग सञ्चालन गरेको भए राम्रो हुने थियो । नेपालमा महिला लिग नभएको कति भयो ?

तीन दशक खेलकुद पत्रकारितामा कलम चलाएका एक वरिष्ठ पत्रकार भन्नुहुन्छ, ‘जित्दै नजित्ने खेलहरुलाई समावेश गरेर विमानको टिकट खर्च, बसोबासमा करोडौं खर्च गरेर पदाधिकारीलाई भ्रमण गराउनुभन्दा बरु त्यो पैसाले वर्षौदेखि खेल्न नपाएका खेलाडीलाई घरेलु प्रतियोगिता गरेर समान स्तरमा प्रतिस्पर्धा गर्ने मौका दिए फलदायी हुने थियो ।

उदाहरणमा महिला फुटबल । महिला फुटबलमा नेपाल समूह ‘डी’मा छ, जहाँ टोलीको प्रतिस्पर्धा जापान, भियतनाम र बंगलादेशसँग हुनेछ । जापान र भियतनाम विश्वकप खेलिसकेका टोली हुन् । अझ जापान त पूर्व विश्वविजेता हो । फुटबलमा असम्भव भन्ने कुरा हुँदैन । तर, बलिया टोलीसँग खेल्न हामी तयार छैनौं । त्यसको सट्टा त्यहाँ खर्च भएको पैसाले महिला लिग सञ्चालन गरेको भए राम्रो हुने थियो । नेपालमा महिला लिग नभएको कति भयो ?’

यही विषयको जवाफ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(एनएनआइपिए)का अध्यक्ष दीपक श्रेष्ठ फरक तरिकाले दिन्छन् । भन्छन्, ‘हुन पनि हो ! देशको हालत यस्तो छ । तर, नेपाली खेलाडीले सबैभन्दा ठूलो खेल खेल्ने भनेको एसियाड नै हो । त्यो हिसाबले पनि हामीले खेलाडीलाई एक्सपोजरका हिसाबले एसियाडमा लैजानु पर्छ । अहिले खेलाडीहरु पलायन भइरहेका छन् । यस्तोमा पनि उनीहरुलाई खेलबाट बञ्चित गराउनु राम्रो विषय होइन । राष्ट्रलाई आर्थिक भार पर्छ भनेर, पदक नै नआउने ठाउँमा किन लैजाने भन्ने कुरा गर्ने हो भने नेपाल बन्द गरे पनि हुन्छ ।’

 नेपालको यसपालीको प्रतिनिधित्व सहभागितामा मात्र सिमित नरहोस् भन्ने चाँही सबैको चाहना हो । सुरुआत खराब भए पनि अपेक्षा गरौं बाँकीका खेलहरुको नतिजा राम्रो आउनेछन् । स्वर्ण नै नभए पनि नेपालले सुधारिएको प्रदर्शन गरोस् । पदकका लागि खेलोस । अनि अर्को पदाधिकारीको भ्रमण पनि सफल रहोस् ।

यी तमाम कुराहरु बीच खेलाडीहरुले आजबाट औपचारिक रुपमा सुरु हुने एसियाडमा नेपालको प्रतिनिधित्व गर्दैछन् । खेलाडीले कत्तिको एक्सपोजर पाउनेछन् र त्यसको फाइदा कति हुनेछ भन्ने कुरा अहिलेको चासो होइन । नेपालको यसपालीको प्रतिनिधित्व सहभागितामा मात्र सिमित नरहोस् भन्ने चाँही सबैको चाहना हो । सुरुआत खराब भए पनि अपेक्षा गरौं बाँकीका खेलहरुको नतिजा राम्रो आउनेछन् । स्वर्ण नै नभए पनि नेपालले सुधारिएको प्रदर्शन गरोस् । पदकका लागि खेलोस । अनि अर्को पदाधिकारीको भ्रमण पनि सफल रहोस् ।