फाल्गुन २९, २०८२ शुक्रबार | १७:५९:४२
चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार
शनिबारको दिन आदिल रिज्की

‘यो साफले पाकिस्तानी महिला फुटबलको आगामी बाटो कोर्नेछ’

साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणका लागि पाकिस्तानी टिम काठमाडौं आइसकेको छ । मंगलबारदेखि सुरु दशरथ रंगशालामा साफ फुटबल सुरु हुँदै छ ।

जुलाई १ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएको पाकिस्तानले राष्ट्रिय टिममा ओभरसिज (दोहोरो नागरिकता भएका) खेलाडीलाई पनि समावेश गर्ने निर्णय गरेको थियो । 

त्यसले गर्दा पाकिस्तानसँग साइनो भएका तर युरोप, अमेरिकालगायत ठाउँमा फुटबल खेलिरहेका खेलाडीलाई खेल्ने बाटो खुलेको थियो । पाकिस्तानी फुटबल संघले गरेको यो निर्णयको फलस्वरुप नेपाल आएको पाकिस्तानी टिममा दुई ओभरसिज खेलाडी समावेश भइसकेका छन् ।

फिफाको प्रतिबन्धका कारण सन् २०१४ यता मैदान नउत्रिएको पाकिस्तानी राष्ट्रिय टिम लिएर नेपाल आइपुगेका मुख्य प्रशिक्षक आदिल रिज्कीसँग खेलाडी डटकमका उमेश दाहालआशिष पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश:

- पाकिस्तानी फुटबल सन् २०१४ पछि पहिलो पटक मैदानमा फर्किँदै छ, तयारी कस्तो छ त ?

हामीले तयारीका लागि धेरै समय त पाएनौं । यद्यपि हाम्रो तयारी राम्रो छ । जति समय हामीले पाएका छौं, त्यसलाई बौद्धिक र प्रभावशाली ढंगले सदुपयोग गरेर तयारी गरिरहेका छौं । हामी प्रतिभावान खेलाडीको साथबाट राम्रो नतिजाका लागि आशावादी छौं ।

मलाई लाग्छ, अहिले हाम्रो टिममा ‘ओभरसिज’ खेलाडी र स्थानीय खेलाडीबीच राम्रो सन्तुलन छ । ओभरसिज खेलाडीले टिमको स्तरवृद्धिमा योगदान गर्छन् भन्ने मलाई लाग्छ ।

- यो अवसरप्रति तपाईं आफैं कत्तिको उत्साहित हुनुहुन्छ ?

व्यक्तिगत रूपमा मैले यो असवरका लागि जीवनभर प्रतीक्षा गरेको थिएँ । देशको प्रतिनिधित्व गर्ने र फुटबलमा योगदान गर्ने मेरो सधैं तीव्र इच्छा र सपना थियो । र, यो मेरा लागि यो ठूलो अवसर हो ।

- पाकिस्तान फुटबल टिमले दोहोरो नागरिकता भएका खेलाडीलाई राख्ने निर्णय गरेको छ, यसको टिममा कस्तो प्रभाव परेको छ ?

मलाई लाग्छ, अहिले हाम्रो टिममा ‘ओभरसिज’ खेलाडी र स्थानीय खेलाडीबीच राम्रो सन्तुलन छ । ओभरसिज खेलाडीले टिमको स्तरवृद्धिमा योगदान गर्छन् भन्ने मलाई लाग्छ । किनभने उनीहरू निरन्तर फुटबल खेल्छन्, निरन्तर ट्रेनिङ गरिहरेका हुन्छन् । र, यस्ता खेलाडीलाई राख्नुको उद्देश्य नै टिमको स्तर बढाउन हो । त्यसैले हामी उत्साहित छौं ।

- फिलिपिन्स ओभरसिज खेलाडी लिएर विश्वकपसम्म पुग्यो, पाकिस्तान पनि त्यही आसमा हो ?

उनीहरुले ओभरसिज खेलाडीलाई लिएर धेरै प्रगति गरेका छन् । र, हामीले पनि ओभरसिज खेलाडी र स्थानीय खेलाडी समेटेर टिममा सन्तुलन कायम राख्ने कोसिस गरिरहेका छौं । यसले फुटबल इन्डस्ट्रीमा सहयोग पुग्ने आशा छ ।

- यो टिम कसरी बनाउनुभयो ?

हाम्रो देशमा पछिल्लो समय लिग नभइरहेकाले सुरुमा ट्रायल गर्यौं । त्यहाँबाट हामीले सुरुमा ३६ खेलाडी छान्यौं । त्यसपछि हामीले २३ जनाको अन्तिम टिम तयार गरेका हौं ।

- प्रतियोगिता सुरु हुन केही दिन बाँकी हुँदै आउनुभयो नि, यसका खास कारण ?

हाम्रा खेलाडीहरू यहाँको वातावरणसँग घुलमिल हुन् र उनीहरू कस्तो ठाउँमा खेल्दै छन् भन्ने बुझ्न सकुन् भनेर केही दिन अगाडि नै आयौं । खेलाडीहरूलाई यहाँ अभ्यस्त गराउँदा प्रतियोगितामा हामीलाई  फाइदा हुन्छ भनेर पनि हो ।

- पाकिस्तान साबिक विजेतासहितको समूहमा छ, त्यसबारे तपाईंको धारणा ?

त्यो हाम्रा लागि राम्रो पक्ष हो । हामीले साबिक विजेतासँग खेल्नुपर्नेछ । कठिन समूहमा छौं भन्ने थाहा छ । तर, त्यसले केही फरक पार्दैन । उनीहरूसँग प्रतिस्पर्धा गर्न र स्तर देखाउन तयार छौं । किनभने जबसम्म राम्रो टिमसँग खेलिँदैन, आफ्नो स्तर थाहा हुँदैन । हामी भारत, बंगलादेश र माल्दिभ्ससँग खेल्न एकदमै उत्साहित छौं । र, मलाई लाग्छ त्यो समूहमा हुनु हाम्रा लागि राम्रो पक्ष हो ।

- प्रतियोगितामा पाकिस्तानको लक्ष्य के हो ?

सबै टिमको प्रमुख लक्ष्य जित्ने हुन्छ । हाम्रो पनि त्यही हो । राम्रो प्रदर्शन गर्ने, फुटबलको आनन्द लिने र पाकिस्तानमा फुटबल विकास गर्ने लक्ष्य हो । किनभने यो प्रतियोगिताले पाकिस्तानी महिला फुटबलको आगामी केही वर्षको भविष्य निर्धारण गर्नेछ ।

- पाकिस्तानमा महिला फुटबल अवस्था कस्तो छ ? र पुरानै अवस्थामा फर्किन यो प्रतियोगिता कत्तिको महत्त्वपूर्ण छ ?

पाकिस्तानमा महिला फुटबल विकासोन्मुख छ । पछिल्लो ५-६ वर्षमा धेरै सुधार भएको छ । यो देख्दा एकदमै खुसी लाग्छ । त्यो आवश्यक पनि छ । किनभने महिलाहरू अगाडि आउनु देशका लागि महत्त्वपूर्ण हुन्छ । यसले देशको समग्र विकासमा टेवा पुर्याउँछ । हो, पुरुष टिम पनि उत्तिकै महत्त्वपूर्ण छ । सबै कुरामा पुरुष र महिला समान हो भन्ने भावना हुनुपर्छ ।