असार २६, २०८२ बिहीबार | २२:५८:०३
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ
शनिबारको दिन

जबरजस्त र जाँगरिला रोनाल्डो

लन्डन, (खेलाडी)- उनका उमेरमा धेरै सुपरस्टारले संन्यास लिइसकेका हुन्छन् । या त साना लिगमा समय कटाइरहेका भेटिन्छन् । तर भर्खरै म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगाली सुपरस्टार क्रिस्टियानो रोनाल्डो अझै पनि करिअरको उच्च विन्दुमा छन् । 

रोनाल्डो बालोन डी’अरका अन्य विजेता मार्को भान बास्टेन, माइकल ओवन, जिनेदिन जिदान वा काका जस्तै हुँदा हुन् त उनले पनि दुई वर्षअघि नै बुट थन्क्याइसकेका हुन्थे । काका मेजर सकर लिगका लागि गएझैं रोनाल्डो पनि अमेरिका, चीन, कतार वा अन्यत्रका कुनै सानो लिगमा समय कटाइरहेका हुन्थे । 

तीव्र गति, उच्चस्तरीय प्राविधिक प्रदर्शन र शारीरिक रूपमा जब्बर रोनाल्डोको रफ्तारमा कुनै कमी आएको छैन ।

तर, उनी त रोनाल्डो हुन् । एक विशेष खेलाडी । एक विशेष व्यक्तित्व । फुटबल दुनियाँमा अर्कै ग्रहबाट आए जस्ता । पक्कै पनि उनी बालोन डी’अरका अन्य विजेताजस्ता होइनन् । 

बालोन डी’अर पहिलो पटक जितेको १३ वर्षपछि अहिले पनि उनी विश्वका सर्वोत्कृष्ट खेलाडीमध्ये एकका रूपमा स्थापित छन् । तीव्र गति, उच्चस्तरीय प्राविधिक प्रदर्शन र शारीरिक रूपमा जब्बर रोनाल्डोको रफ्तारमा कुनै कमी आएको छैन । 

सन् २०२०-२१ सिजनको समाप्तिसम्म पनि उनी विश्वको सर्वोत्कृष्ट खेलाडीमध्ये एक रहेको प्रमाण उनका तथ्यांकले दिन्छ । उनी युभेन्ट्सबाट पछिल्लो सिजन इटालियन सिरी ‘ए’ मा २९ गोलका साथ उच्च गोलकर्ता बनेका थिए । 

विश्व फुटबलमा हालैमात्र बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) सरूवा भएका लियोनल मेसी र रोनाल्डोबीच एउटा गज्जबको प्रतिस्पर्धा छ ।

युरोपेली क्लब फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा उनी इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले करिअरमा अहिलेसम्म च्याम्पियन्स लिगमा १ सय ३४ गोल गरिसकेका छन् । 

विश्व फुटबलमा हालैमात्र बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) सरूवा भएका लियोनल मेसी र रोनाल्डोबीच एउटा गज्जबको प्रतिस्पर्धा छ । मैदानमा मात्र होइन, व्यक्तिगत रूपमा पनि सर्वोत्कृष्ट को भन्ने बहस फुटबलजगतमा सधैं चलिरहन्छ । 

‘पोर्चुगाली खेलाडी रोनाल्डो शारीरिक रूपमा २० वर्षे लक्का जवानझै क्षमता छ,’ इटालियन सञ्चारमाध्यमहरूले रियलबाट युभेन्टस सरूवा हुँदा गरेको यो दाबी निकै चर्चित भएको थियो । 

मंगलबार ओल्ड ट्राफोर्ड पुनरागमनको औपचारिक प्रक्रिया पूरा गरेपछि रोनाल्डो आफैले पनि बिनासंकोच भने, ‘म यहाँ इतिहास दोहो¥याउन आएको हुँ । यो उमेरमा सामान्यतः खेलाडीहरू चीन, अमेरिका, कतार वा अन्यत्र जान्छन् । तर म एउटा ठूलो चुनौती स्वीकार्दै इतिहास बनाउन यहाँ आएको हुँ । म अरू सबै ३४, ३५ वा ३६ वर्षका खेलाडीभन्दा फरक छु ।’

रोनाल्डो सानै उमेरदेखि आफ्ना समकालीनहरूभन्दा छुट्टै देखिन्थे । सधैं चुचुरोमा बसिरहने लगावलाई रोनाल्डोको शारीरिक अवस्थाले पनि साथ दिएको छ । त्यसैले त ३६ वर्षको उमेरमा करियरको उत्तरार्धमा रहँदा समेत उनी अरू युवा फुटबलरभन्दा पनि फिट छन् । आफ्नै फिटनेसप्रति आफैं मोहित हुने अचम्मको बानीले गर्दा रोनाल्डोले करियरमा सधैं सबभन्दा बढी महत्व त्यसैलाई दिए ।

‘व्यक्तिगत पोषणविज्ञ (न्युट्रिसियन), चिकित्सक, फिजियो र भान्छे (सेफ) राख्ने रोनाल्डो मैले देखेकामध्ये पहिलो खेलाडी हुन्,’ म्यानचेस्टर युनाइटेडका पूर्व टिम सहयात्री रियो फर्डिनान्डले भनेका थिए, ‘विश्वको सर्वोत्कृष्ट खेलाडी हुन्का लागि उनले आफैमा लगानी गरे ।’

एक पटक म आफ्नो कार्यकक्षमा थिएँ । मैले टाढाबाट रूखवरिपरि केही सल्बलाइरहे जस्तो देखें । मलाई लाग्यो, कसैले जासुसी गरिरहेको छ । मैले सुरक्षागार्डलाई बोलाएर हेर्न लगाएँ । त्यहाँ त क्रिस्टियानो रोनाल्डो थिए । उनी एक्लै अभ्यास गरिरहेका थिए ।

फिजिकल फिटनेस विज्ञको सुझाव र आफ्नै मिहिनेतले रोनाल्डोको शारीरिक क्षमतालाई अझै उम्दा बनाएको छ । जुन कुनै समय म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनको सहायकका रूपमा काम गरिसकेका रियालका पूर्व मुख्य प्रशिक्षक कार्लोस क्विरेजले भन्ने गर्थे ।

‘एक पटक म आफ्नो कार्यकक्षमा थिएँ । मैले टाढाबाट रूखवरिपरि केही सल्बलाइरहे जस्तो देखें । मलाई लाग्यो, कसैले जासुसी गरिरहेको छ । मैले सुरक्षागार्डलाई बोलाएर हेर्न लगाएँ । त्यहाँ त क्रिस्टियानो रोनाल्डो थिए । उनी एक्लै अभ्यास गरिरहेका थिए । उनी बेग्लै खालका खेलाडी हुन,’ क्विरेजले त्यतिबेलाको स्मरण गर्दै दुई वर्षअघि भनेका थिए, ‘मैले आफ्नो पूरा करिअरमा एउटा युवा खेलाडीमा त्यति धेरै प्रतिभा, बलियो व्यक्तित्व र प्रतिबद्धता देखेको थिइनँ ।’

प्रतिभाशाली फुटबलर हुनु एउटा कुरा हो, तर त्यसको भरपूर उपयोग गर्न आफ्नो क्षमता वृद्धिमा निरन्तर प्रतिबद्धतासाथ लागिरहने लगाव हुनु फरक कुरा हो ।

म मेसीसँग होइन, आफैंसँग प्रतिस्पर्धा गर्छु । म आफैमा केन्द्रित हुन चाहन्छु । मलाई आफ्ना प्रतिद्वन्द्वीभन्दा आफ्नै खेलको बारेमा बढी चासो छ ।

रोनाल्डोको हकमा मानसिक लगावले उनको प्राविधिक क्षमता वृद्धिमा ठूलो योगदान गरेको छ । यहीँनेर उनी मेसीभन्दा फरक छन्, सायद माथि पनि । पक्कै पनि पोर्चुगाली स्टार रोनाल्डोभन्दा मेसी प्राकृतिक रूपमै बढी उपहारप्राप्त खेलाडी हुन् । तर पुरानै क्लब युनाइटेड फर्किएका रोनाल्डोलाई अर्जेन्टिनी प्रतिद्वन्द्वी मेसीको करिअरप्रति कुनै ईर्श्या छैन । 

‘म मेसीसँग होइन, आफैंसँग प्रतिस्पर्धा गर्छु,’ रोनाल्डोले केही समयअघि मेन्स हेल्थसँग भनेका थिए, ‘म आफैमा केन्द्रित हुन चाहन्छु । मलाई आफ्ना प्रतिद्वन्द्वीभन्दा आफ्नै खेलको बारेमा बढी चासो छ ।’

यही कारण हो रोनाल्डो विश्व फुटबलका महान् हस्तीका रूपमा उभ्याएको ।

‘हामी कहिलेकाहीं युरोपियन क्लब प्रतिस्पर्धाबाट फर्किंदा बिहानको ३ बजिसकेको हुन्थ्यो । तर रोनाल्डोमात्र यस्ता खेलाडी हुन्थे, जो सिधै घर जाँदैनथे,’ रोनाल्डो हुँदा पनि रियालको नेतृत्व गरिसकेका स्पेनिस महारथी टोलीका वर्तमान प्रशिक्षक कार्लो एन्सेलोट्टी भन्छन्, ‘अरू सबै खेलाडी घर पुगिसक्दा रोनाल्डो भने अभ्यास मैदानतिर जान्थे र खेलबाट थाकेको शरीरलाई चाँडै अर्को खेलका लागि तयार पार्ने उद्देश्यले आइसबाथ गर्थे ।’

अर्को प्रसंग स्मरण गर्दै एन्सेलोट्टी भन्छन्, ‘एकपटक हामी इस्तानबुलबाट खेलेर फर्किँदा बिहान ६ बजिसकेको थियो । त्योबेला सबैले आराम खोज्दा रोनाल्डोले मसाज खोजे । फिजियोले उनको मसाज गर्नुपर्यो ।’

वास्तवमै रोनाल्डोको फुटबल र फिटनेसप्रतिको लगाब चानचुने छैन । पागलपनकै हदसम्म रहेको त्यही लगाबका कारण रोनाल्डो हत्तपत्त घाइते हुँदैनन् । उच्च स्तरमा निरन्तर खेलिरहन सक्छन् ।

युभेन्टसका पूर्व टिम सहयात्री जर्जियो किलिनी रोनाल्डो कम्तीमा ४० वर्षको उमेरसम्म पनि युरोपमै उच्चस्तरीय फुटबल खेल्नेमा विश्वास राख्छन् ।

चोटले सताएन र फिट भइरहें भने ४१ वर्षसम्म खेल्नेछु । सायद ४५ वर्षसम्म पनि ।

‘मैले रियाल म्याड्रिडसँग सम्झौता नवीकरण गर्ने बेला ४१ वर्षको उमेरसम्म खेल्छु भनेको थिएँ । मैले त्यो आधा ठट्टामा र आधा गम्भीरतापूर्वक भनेको थिएँ,’ रोनाल्डो स्वयंले पनि पूर्व टिम सहयात्रीसँग सहमति जनाउँदै स्काई स्पोर्टससँग भने, ‘चोटले सताएन र फिट भइरहें भने ४१ वर्षसम्म खेल्नेछु । सायद ४५ वर्षसम्म पनि ।’

भविष्यबारे ठोकुवा गर्न सम्भव हुँदैन । तर पछिल्लो दशकभन्दा लामो समयदेखि रोनाल्डो जुन स्तरको फिटनेसका साथ फुटबलमा सक्रिय छन् । त्यसलाई भने उनले अझै केही वर्ष निरन्तर राख्ने विश्वास गर्न सकिन्छ । 

अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाइको सर्वाधिक गोलको कीर्तिमान बुधबार राति तोडेपछि रोनाल्डो करिअरको अर्को कोसेढुंगा पार गर्न सफल भए । पुरानो क्लब फर्किएको उत्साहमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन उच्च गोलकर्ता बनेको उर्जा थपिएको छ । 

‘रोनाल्डो भनेको एकजना सदाबहार खेलाडी हुन्,’ फिजियोथेरापिस्ट एन्टोनियो गास्पर रोनाल्डोको फिटनेसको रहस्य खोतल्छन्, ‘उनको विकासक्रम सम्झँदा मलाई मज्जा लाग्छ । उनी अहिले पनि बलियो छन्, छरितो छन् र उनको गति तीव्र छ । उनीसँग अझै पनि विपक्षीलाई छक्याउने प्राविधिक क्षमता छ । अहिले त उनी परिपक्व पनि भइसकेका छन् । यति परिपक्व खेलाडी शारीरिक रूपमा पनि फिट हुँदाको फाइदा युनाइटेडलाई हुनेछ ।’

टेनिसमा रोजर फेडेररजस्तै हुन्, क्रिस्टियानो रोनाल्डो । उमेर बढ्दै गएको स्तरीय वाइन जस्ता ।

रोनाल्डोभन्दा मेसी राम्रा खेलाडी हुन् भन्ने विश्वास राख्ने धेरै हुन सक्छन् । अझ मेसी र रोनाल्डो दुवैभन्दा पूर्व हस्तीहरू पेले र डिएगो म्याराडोना धेरै माथिल्लो स्तरका खेलाडी भएको मान्नेको त बहुमत नै होला । 

तर टेनिसमा रोजर फेडेररजस्तै हुन्, क्रिस्टियानो रोनाल्डो । उमेर बढ्दै गएको स्तरीय वाइन जस्ता ।

१२ वर्षमा बदलिएका रोनाल्डो

क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड पुनरागमन प्रक्रिया पूरा भइसकेको छ । अझ पोर्चुगलको राष्ट्रिय टिमबाट पनि फुकुवा गरिएपछि अब उनी युनाइटेडको टिममा अपेक्षा गरेभन्दा चाँडै समावेश हुने छन् ।

गत साता दुई क्लबबीच १ करोड ५० लाख युरो कारोबारमा रोनाल्डोको सरूवा प्रक्रिया सम्पन्न भयो । जसले सरूवा बजारको अन्तिम दिन ओल्ड ट्राफोर्डमा रोनाल्डोको पुनरागमन पक्का गर्‍यो । 

रोनाल्डोले अहिले विपक्षी पेनाल्टी बक्सभित्र अत्यन्तै प्रभावकारी ‘सिकारी’का रूपमा आफूलाई स्थापित गरेका छन् ।

१२ वर्षपछि युनाइटेड फर्किँदा उनी पुरानो रोनाल्डो पक्कै पनि छैनन् । रियाल मड्रिडका लागि २००९ मा ओल्ड ट्राफोर्ड छोड्दाभन्दा अहिले रोनाल्डोले फरक खेलाडीको रूपमा परिचय बनाइसकेका छन् । 

त्यतिबेला एकजना तीब्र गतिको विंगरका रूपमा उनले आफूलाई स्थापित गरेका थिए । सुरूमा त्यसैगरी करियर अगाडि बढाएका रोनाल्डोले अहिले विपक्षी पेनाल्टी बक्सभित्र अत्यन्तै प्रभावकारी ‘सिकारी’का रूपमा आफूलाई स्थापित गरेका छन् । पक्कै पनि रोनाल्डोको उमेर अब फुटबलमा ओरालो लाग्ने अवस्थामा पुगिसकेको छ । तर गत सिजनमा ३६ वर्षको उमेरमा सबैखाले प्रतियोगितामा गरी ३६ गोल गरेका रोनाल्डो अझै इङ्लिस फुटबलको उच्च गोलकर्ता बन्न सक्ने क्षमता राख्छन् ।

अप्टाको तथ्यांक हेर्ने हो भने रोनाल्डोले कसरी युनाइटेड पुनरागमनसम्ममा आफ्नो खेल्ने शैली परिवर्तन गरे भन्ने प्रष्ट हुन्छ । 

अघिल्लो कार्यकालमा युनाइटेडबाट लिगको अन्तिम खेल उनले २००९ को मेमा आर्सनलविरूद्ध खेलेका थिए । गोलरहित बराबरी नतिजा निस्किएको उक्त खेलमा रोनाल्डो दायाँ विंग्सबाट खेलेका थिए । तर प्रशिक्षकबाट उनलाई पोजिसन बदल्दै आफ्नो प्रभाव देखाउने पनि छुट प्राप्त थियो । त्यो सिजन रोनाल्डोले सबैखाले प्रतियोगितामा गरी २६ गोल गरेका थिए ।

आर्सनलविरूद्धको उक्त खेलमा उनले विपक्षी टोलीको पेनाल्टी बक्सभित्र पाँच पटक मात्र बल छोएका थिए । अधिकांस समय भने उनले दायाँ विंग्समै बिताए । बेलाबेला पोजिसन साटेर उनी खेलको अवस्थाअनुसार मैदानको मध्य भागमा पनि आउँथे ।

युनाइटेडको पहिलो कार्यकालको अन्तिम खेल र युभेन्टसको अन्तिम समयमा पुग्दा उनको पोजिसनमात्र हेर्ने हो भने पनि पछिल्लो १२ वर्षमा रोनाल्डोमा आएको परिवर्तन प्रस्ट हुन्छ । 

ठिक विपरीत गत मेमा युभेन्टसका लागि इन्टर मिलानमाथि ३-२ को जित हासिल गरेको खेलमा उनको पोजिसन सेन्टर फरवार्डको रूपमा स्थापित थियो । उनले पनि गोल गरेको उक्त खेलमा विपक्षी पेनाल्टी बक्सभित्र रोनाल्डोले तीन पटकमात्र बल छोए । तर मैदानको मध्यभागमा उनले विपक्षीमाथि पूरा समय दबाब कायम राखिरहे ।

युनाइटेडको पहिलो कार्यकालको अन्तिम खेल र युभेन्टसको अन्तिम समयमा पुग्दा उनको पोजिसनमात्र हेर्ने हो भने पनि पछिल्लो १२ वर्षमा रोनाल्डोमा आएको परिवर्तन प्रस्ट हुन्छ । 

युनाइटेडमा २००३ देखि २००९ सम्म ६ वर्ष रहँदा रोनाल्डोले क्लबका लागि सबैखाले प्रतियोगितामा गरी १ सय १५ गोल गरेका थिए । ओल्ड ट्राफोर्डमा पहिलो कार्यकालको अन्तिम सिजनमा उनले आठ गोल पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेका थिए । त्यसपछि रियालबाट पहिलो पाँचमध्ये चार सिजनमा उनले त्यही उपलब्धिलाई निरन्तरता दिए । अर्को सिजन २०११औ१२ मा भने त्यसमा सुधार गर्दै उनले १० गोल पेनाल्टी बक्स बाहिरबाट गरेका थिए ।

अझै युभेन्टसको अन्तिम सिजनमा रोनाल्डोले आफ्नो खेललाई थप परिमार्जित गर्ने क्रममा विपक्षीको पोस्टमा आफूलाई सिकारीको रूपमा प्रस्तुत गरे । युभेन्टसमा तीन सिजन बिताउने क्रममा ३६ वर्षे रोनाल्डोले कुल १ सय १ गोल गरे । तर त्यसमा पेनाल्टी बक्सबाहिरबाट भने सात गोलमात्र भएका थिए । 

विंग्सका जादुगरबाट पेनाल्टी बक्सका राजा

युनाइटेडमा रहँदाको सुरूआति वर्षमा रोनाल्डोको आकर्षक ‘ड्रिब्लिङ’ आँखाका लागि निकै दर्शनीय हुन्थे । रोनाल्डोको अहिलेसम्मको करियरमाथि आँखा लगाउने हो भने सुरूआती दिनका ती आकर्षक प्रदर्शन र तथ्यांकमा आश्चर्य मान्नुपर्दैन । २००४-०५ मा उनले करियरकै सवभन्दा बढी प्रति ९० मिनेटमा ९.५५ ड्रिब्लिङ गरेका थिए ।

दायाँबायाँबाट आएका क्रसमा ‘पन्च’ गर्न होस् वा थ्रो बलमा दौडिन उनी जति प्रभावकारी खेलाडी सायद अहिले विश्व फुटबलमा अर्को कोही छैन । 

कुनै बेला फुटबल दुनियाँमा ख्याति कमाउँदै गर्दा इङलिस फुटबलको कठिनतामा आफूलाई अभ्यस्त बनाउँदै बलियो उपस्थिति जनाएका थिए । एउटा बलियो विंगरको रूपमा रहेको उनको पहिचान पछिल्ला वर्षहरूमा ड्रिब्लिङ तथ्यांक घट्दै जाँदा विस्तारै फेरिन थाल्यो । त्यसपछि उनले आफूलाई फरक पोजिसनमा प्रस्तुत गरे ।

पक्कै पनि विपक्षीको पोस्टवरिपरि हुँदा दायाँबायाँबाट आएका क्रसमा ‘पन्च’ गर्न होस् वा थ्रो बलमा दौडिन उनी जति प्रभावकारी खेलाडी सायद अहिले विश्व फुटबलमा अर्को कोही छैन । 

नम्बर ९ खेलाडीका रूपमा रोनाल्डोको नयाँ भूमिका टुरिन प्रस्थान गर्नुअघि रियालसँगको अन्तिम सिजनमा सुरू भइसकेको थियो । त्यो सिजन रोनाल्डोले कुल १ हजार ९ सय १३ पटक बल छुँदा ४ सय ९ पटक भने विपक्षीको पेनाल्टी बक्समा गरेका थिए । जुन एउटै सिजनमा कुनै पनि खेलाडीले विपक्षी पेनाल्टी बक्समा सर्वाधिक बल छुने कीर्तिमान हो ।

स्पेनिस राजधानीमा बिताएको दोस्रो सिजनमा उनको तथ्यांक फरक थियो । उनले पूरा सिजनमा ३ हजार ३ सय ४४ पटक बल छुँदा विपक्षीको पेनाल्टी बक्समा भने ८२ पटक बल छोएका थिए । उक्त सिजनमा उनले कुल ६० गोल गरेका थिए । सर्वाधिक गोलको कीर्तिमान उनले २०१४-१५ को सिजनमा ६१ गोलको तथ्यांकसहित सुधार गरे ।

२०१४-१५ को सिजन रोनाल्डोका लागि उत्कर्षको समय थियो । सिजनको बीचमै ३० लागेका उनले त्यो सिजन गोल गर्नेमात्र नभई गोलका अवसर सिर्जना गर्नेमा पनि आश्चर्यलाग्दो उपलब्धि हासिल गरे । उनले २१ गोलका लागि अवसर सिर्जना गर्नुका साथै ९७ थप अवसर जुटाएका थिए ।

त्यसैले युनाइटेडले टोलीमा सिर्जनात्मक पक्ष बलियो बनाउन खोजेको हो भने रोनाल्डो गलत रोजाइ हुन सक्छन् । 

२००८-०९ को सिजनमा रोनाल्डोले कुल ८२ अवसर सिर्जना गरेका थिए भने तीमध्ये १० मा गोल भएको थियो । त्यतिबेला उनको औसत प्रति ९० मिनेटमा १.७१ र ०.२१ को थियो । 

फर्केर हेर्दा रोनाल्डोले कति चाँडो एउटा चतुर विंगरबाट खतरनाक ‘हेडिङ किङ’का रूपमा आफ्नो छवि परिवर्तन गरे भन्ने प्रस्ट देखिन्छ । 

गत सिजन रोनाल्डोले प्रति ९० मिनेटमा ५०.५५ को औसतमा बल छोए । विपक्षीको पोस्टमा भने त्यो औसत ६.८१ टचमात्र थियो । 

फर्केर हेर्दा रोनाल्डोले कति चाँडो एउटा चतुर विंगरबाट खतरनाक ‘हेडिङ किङ’का रूपमा आफ्नो छवि परिवर्तन गरे भन्ने प्रस्ट देखिन्छ । 

एउटा सम्पूर्ण फुटबलरको रूपमा सबै पक्षमा पारंगत हुनुले मात्र नपुगे ओले गनर सोल्सायरको टोलीलाई रोनाल्डोले एयर बलबाट गोल निकाल्न पनि महत्वपूर्ण योगदान गर्न सक्छन् । यस्तो क्षमता इडिन्सन काभानीसँग मात्र थियो । ३४ वर्षका काभानी अहिले प्रत्येक खेलमा मैदान उत्रनसक्ने अवस्थामा छैनन् । 

रोनाल्डोले २०२०-२१ को सिजनमा सबैखाले प्रतियोगितामा गरी हेडबाट सात गोल गरेका थिए । काभानी र एभर्टनका डोमिनिक काल्भर्ट लेविनले मात्र प्रिमियर लिगमा बितेको सिजन ७ गोल गरेका थिए ।

युनाइटेड छोडेपछि रोनाल्डोले गरेका ४ सय ५० क्लब गोलमध्ये ७० गोल हेडबाट गरेका थिए । यसबीचमा युरोपका शीर्ष पाँच लिग खेल्ने कुनै पनि खेलाडीले हेडबाट यति धेरै गोल गर्न सकेका थिएनन् । रोनाल्डोको सबैभन्दा नजिक पुगेका बायर्न म्युनिखका रोबर्ट लेवान्डोवस्कीले ५७ गोल गरेका छन् । 

ल्युक शासँग रोनाल्डोको पुनर्मिलन हुँदै छ । मार्कुस रसफोर्ड, ब्रुनो फर्नान्डेज, जाडोन सान्चो र पाउल पोग्बाजस्ता उत्कृष्ट पास उपलब्ध गराउन सक्षम खेलाडी यसअघि नै टोलीमा छन् । प्रिमियर लिगका सेन्टर ब्याकहरूले २०२१-२२ सिजनमा पक्कै पनि रोनाल्डोको उफ्राइबाट समस्या भोग्नुपर्नेछ । 
(एजेन्सीहरूको सहयोगमा)