मंसिर २६, २०८२ शुक्रबार | ०४:४२:०४
साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो एनपिएल क्वालिफायर २ः विराटनगरविरुद्ध लुम्बिनीको सामान्य लक्ष्य लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो एनपिएल क्वालिफायर २ः विराटनगरविरुद्ध लुम्बिनीको सामान्य लक्ष्य लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने
शनिबारको दिन नेपाली फुटबल

युरोपेली फुटबलको नयाँ सिजन: कुन कहाँ बलियो ?

  • सरगत

सन् २०२२ विश्वकपको वर्ष हो । यो विश्वकप अरूभन्दा धेरै भिन्न छ । यसपल्ट कतारमा हुने विश्वकप फरक समयमा हुँदै छ, नोभेम्बर र डिसेम्बरमा । त्यसको अर्थ के पनि हो भने युरोपेली घरेलु लिगको बीचमा यो प्रतियोगिता हुनेछ । तय छ यसको सिधा सिधा प्रभाव ती लिगमा हुने नै भयो । त्यसैले अहिले नै भन्न सुरु भएको छ, युरोपका ठूला प्रमुख लिगमा को विजेता हुने हो ? त्यसको अनुमान गर्न अलि गाह्रो हुनेछ । किनभने विश्वकपको प्रभाव ती लिगमा कस्तो पर्ने हो, त्यो अनुमान गर्न सकिन्न ।

यसै सप्ताहन्तदेखि युरोपका तीन प्रमुख लिग सुरु हुँदै छन् । इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग (ईपीएल), जर्मनीको बुन्डेसलिगा र फ्रान्सको लिग वान । त्यसमध्ये पनि सबैभन्दा लोकप्रिय छ इपिएल नै । यसको प्रमुख कारण हो, यस लिगमा कसले जित्ने हो त्यो अनुमान गर्न पनि उत्तिकै गाह्रो छ । जबकि यही काम जर्मनी र फ्रान्समा भने सजिलो छ । सबैभन्दा पहिले जर्मनीकै कुरा गरौं न । पछिल्लो एक दशकमा यहाँ एउटै क्लब मात्र छाएको छ, त्यो हो बायर्न म्युनिख ।

लेवान्डोस्की बाहिरिए पनि बायर्नलाई खासै समस्या छैन । उसले उनको स्थान भर्न अर्का उत्तिकै राम्रा खेलाडी किनेको छ । उनी हुन् लिभरपुलका साडियो माने । सम्भवतः बायर्नलाई केही समस्यामा पार्न सक्ने दुई टिम भनेको बोरुसिया डर्टमन्ड र आरबी लाइप्जिग नै हुन् ।

बायर्नले जर्मनीमा लगातार लिग जितिरहेको छ । त्यसैले फेरि एकपल्ट यही टिम उपाधिका लागि एकमात्र दाबेदार हो । त्यसो त उसका लागि प्रि–सिजन खासै राम्रो रहेन । त्यो के अर्थमा भन्दा रोबर्ट लेवान्डोस्कीको ट्रान्सफर सुखद हुन सकेन । यी पोलिस खेलाडी बार्सिलोना जान चाहन्थे, तर बायर्नले यसमा अवरोध तेस्र्याएको थियो । कम्तीमा खेलाडीको दाबी त्यही छ । जेहोस् लेवान्डोस्की अन्यत्र गएकै ठीक भन्ने पनि छन्, किनभने कोही खेलाडीलाई मन नहुँदा पनि खेलाउनुको के नै अर्थ छ र ?

लेवान्डोस्की बाहिरिए पनि बायर्नलाई खासै समस्या छैन । उसले उनको स्थान भर्न अर्का उत्तिकै राम्रा खेलाडी किनेको छ । उनी हुन् लिभरपुलका साडियो माने । सम्भवतः बायर्नलाई केही समस्यामा पार्न सक्ने दुई टिम भनेको बोरुसिया डर्टमन्ड र आरबी लाइप्जिग नै हुन् । तर जर्मन फुटबलका जानकार के मान्छन् भने अबको सिजन पनि त्यहाँको घरेलु लिगमा खासै केही फरक हुने छैन, आखिरमा लिग जित्ने भनेको बायर्नले नै हो ।

यस्तै कथा फ्रान्सको हो, जहाँ पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई लिग उपाधिको होडमा बाँकी कोही टिमले टक्कर दिनसक्ने अनुमान गर्न सकिन्न । त्यसमाथि केलियन एमबाप्पे पिएसजीमै रहने भएपछि टिमलाई लिएर के नै शंका गर्न सकिन्न । यस्तोमा पिएसजीमात्र होइन, बायर्नका लागि पनि सबैभन्दा ठूलो चुनौती भनेको युरोपेली च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्नु हो । विशेषतः पिएसजीका लागि । किनभने टोलीले अहिलेसम्म यो प्रतियोगिता जितेको छैन् ।

इंग्ल्यान्डको घरेलु फुटबल भने जर्मनी र फ्रान्समा भन्दा फरक छ । फेरि एकपल्ट डिफेन्डिङ च्याम्पियन रहेको म्यानचेस्टर सिटी नै उपाधिका लागि बलियो दाबेदार हो । तर, यसमा न सिटी ढुक्क हुनसक्छ, न त फुटबल पण्डितहरू नै । सिटीलाई पक्कै पनि बराबरीको चुनौती दिने टिम छ लिभरपुल । अनुमान के छ उपाधिको होड यी दुई टिमबीच चर्को चल्ने छ । त्यसको अर्थ फेरि एकपल्ट पेप ग्वार्डिओलाविरुद्ध योर्गन क्लोपको प्रतिद्वन्द्विता देख्न पाइनेछ ।

यी दुई टिमलाई चुनौती पेस गर्न सक्ने त्यस्ता चार टिम छन्, जसलाई पारम्परिक शक्ति मानिन्छ । त्यसमा सबैभन्दा अगाडि छन् तीन लन्डन क्लब टोटेनह्याम, आर्सनल र चेल्सी । त्यसमध्ये पनि यसपल्ट सबैभन्दा बढी केही चमत्कार गर्न सकिने टिमका रूपमा लिइएको छ टोटेनह्याम । यसका प्रशिक्षक हुन्, एन्टोनियो कोन्टे । यी जादुयी प्रशिक्षकको नेतृत्वमा टोटेनह्यामबाट बढी नै अपेक्षा छ । उसको उत्तरी लन्डन छिमेकी क्लब आर्सनलबाट पनि धेरै आस गर्न सकिन्छ ।

बरू केही हदसम्म चेल्सीलाई ठ्याक्कै यही हुनेछ भनेर दाबी गर्न सकिन्न । यी सबै सम्भावित समीकरणबीच एउटा अर्को टिमको चर्चा नगर्नु बेइमानी हुनेछ । यो क्लब हो न्युकासल । यसअघि रेलिगेसनबाट बच्न संघर्ष गर्ने न्युकासल कम्तीमा शीर्ष चारका लागि त पक्कै पनि बलियो न बलियो प्रत्याशी हो । यसको पनि स्पष्ट कारण छ । अचेल न्युकासलमा साउदी लगानी छ । त्यसैले उसले राम्रा खेलाडीका लागि जत्ति पनि खर्च गर्न सक्छ अनि अहिले नै न्युकासलले बलियो टिम बनाइसकेको पनि छ ।

(एजेन्सीको सहयोगमा)