पुस २९, २०८१ सोमबार | २३:४७:१९
पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ
शनिबारको दिन महिला साफ च्याम्पियनसिप

उपाधिको तगारोमा फेरि भारत

काठमाडौं । दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको दोस्रो संस्करणमा नेपालकी कप्तान जमुना गुरुङ उच्च गोलकर्ता रहिन् ।

२०६९ भदौ ५ देखि श्रीलंकामा भएको प्रतियोगितामा जमुनाले दुई ह्याट्रिकसहित कुल ८ गोलमा नाम लेखाएकी थिइन् । कोलम्बोस्थित सेलोनिज रग्बी र फुटबल क्लब ग्राउन्ड बहुउद्देश्यीय रंगशालामा भएको प्रतियोगितामा उच्च गोलकर्ताको पुरस्कारस्वरुप जमुनाले ‘गोल्डेन बुट’ जितेकी थिइन् ।

नेपाली टोलीका लागि जमुनापछि दीपा अधिकारीले ४ गोल गरेकी थिइन् । प्रतियोगितामा नेपालको तर्फबाट सजना रानाले तीन, निरु थापाले दुई, प्रमिला राई र लक्ष्मी पौडेलले समान एक गोल गरेका थिए ।

‘मैले कोलम्बोमा आफ्नो क्षमताले भ्याएसम्म शतप्रतिशत मिहिनेत गरेको थिएँ । ८ गोल गर्दै गोल्डेन बुट पाएको सम्झना अझै पनि ताजै छ,’ उनले खेलाडीसँग भनिन्, ‘धेरै खुसी लागेको थियो । त्यो अवार्डले अझ राम्रो गर्न प्रेरित गरेको थियो ।’

नेपाली टोलीका लागि जमुनापछि दीपा अधिकारीले ४ गोल गरेकी थिइन् । प्रतियोगितामा नेपालको तर्फबाट सजना रानाले तीन, निरु थापाले दुई, प्रमिला राई र लक्ष्मी पौडेलले समान एक गोल गरेका थिए ।

पक्कै पनि नेपाल त्यो प्रतियोगितामा उपाधिको दाबेदार थियो । उपाधि जित्ने लक्ष्यसाथ कोलम्बो पुगे पनि नेपाललाई पहिलो संस्करणमा जस्तै यसपालि पनि सफलता मिलेन । यसपालि पनि नेपाल र उपाधिको बीचमा भारत पर्खालझै उभियो । फाइनलमा दक्षिणी छिमेकको भारतलाई ३-१ को नतिजा सुम्पँदै नेपाली टोली फेरि रजत पदकमा सीमित भएर घर फर्किनुपर्यो ।

फाइनलमा नेपालको तर्फबाट दीपाले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स थिए । भदौ २३ गते पहिलो खेलमा नेपालको प्रतिस्पर्धी पाकिस्तान थियो । जहाँ ८-० को फराकिलो जित हासिल गर्दै नेपालले प्रतियोगिताको सुखद सुरुआत गर्यो ।

भदौ २७ गते समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ७-१ ले हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनल पुग्यो । अफगानमाथि फराकिलो जितको रवाफ जमाउँदा निरु थापा, सजना र अनुले दुई-दुई तथा जमुनाले एक गोल गरेका थिए ।

त्यही खेलमा नेपालकी कप्तान जमुनाले चार गोल गरेकी थिइन् । प्रमिला, सजना, अनु र दीपाले एक-एक गोल गरे ।

भदौ २५ मा भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ५-० को नतिजामा हरायो । माल्दिभ्ससँगको खेलमा जमुनाले ह्याट्रिक, दीपा र अनुले एक-एक गोल गरे ।

भदौ २७ गते समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ७-१ ले हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनल पुग्यो । अफगानमाथि फराकिलो जितको रवाफ जमाउँदा निरु थापा, सजना र अनुले दुई-दुई तथा जमुनाले एक गोल गरेका थिए ।

समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले भदौ २९ मा घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्यो । नेपालले ३-० को नतिजामा श्रीलंकालाई हराउँदै फाइनलमा भारतसँगको भेट पक्का गर्यो । अन्तिम चारको खेलमा नेपालका लागि अनु, दीपा र लक्ष्मीले एक-एक गोल गरेका थिए ।

यता सेमिफाइनलको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ११-० को फराकिलो नतिजामा हराउँदै फाइनल पुगिसकेको थियो ।

पहिलो संस्करणमा भोगेको हारको बदला लिने अवसर पाएको नेपालले तेस्रो मिनेटमै अग्रता लियो । फाइनलमा दीपाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, त्यसको ५ मिनेटपछि भारत खेलमा फर्कियो । ६६औं अर्को गोल खाएपछि नेपाल २-१ ले पछि पर्यो । भारतले नेपालमाथिको रवाफ कायम राख्नेक्रममा समय सकिन सात मिनेट बाँकी रहँदा अर्को गोल गरेर ३-१ को जितका साथ लगातार दोस्रो पटक उपाधि उचाल्यो । नेपालको च्याम्पियन बन्ने सपना भने फेरि एक पटक अधुरै रह्यो ।

‘भारतविरुद्ध सुरुमै गोल गर्यौं । त्यसको केही मिनेटमै पुनः हामीले फ्रि–किकमार्फत गोल हान्यौं । तर, त्यही विषयमा विवाद भयो । त्यो गोलले मान्यता पाएन । त्यसपछि हामीले लगातार गोल खायौं । खेल ३-१ को नतिजामा सकियो,’

प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरे पनि नेपाल चिरप्रतिद्वन्द्वी भारतसँगको हारबाट बच्न नसकेको पूर्वकप्तान जमुना गुरुङ बताउँछिन् ।

‘नेपालको टिम राम्रो थियो । सबैले राम्रो प्रदर्शन गरेका थिए । तर, नेपाल र उपाधिबीचमा सधैं भारत नै आउँथ्यो,’ जमुनाले भनिन्, ‘हामीले राम्रो गर्दागर्दै पनि जित्न सकेनौं ।’

गोल खाएपछि खेलाडीको पूरै ‘इनर्जी डाउन’ हुने समस्याका कारण उपाधि जित्न नसकेको स्ट्राइकर अनु लामाको अनुभव थियो ।

‘भारतविरुद्ध सुरुमै गोल गर्यौं । त्यसको केही मिनेटमै पुनः हामीले फ्रि–किकमार्फत गोल हान्यौं । तर, त्यही विषयमा विवाद भयो । त्यो गोलले मान्यता पाएन । त्यसपछि हामीले लगातार गोल खायौं । खेल ३-१ को नतिजामा सकियो,’ अनु दोस्रो साफ च्याम्पियनसिपको फाइनल सम्झन्छन्, ‘नेपालीको समस्या भनेको नै गोल खाएपछि पूरै इनर्जी डाउन हुन्छ । पहिला पनि त्यस्तै भएको थियो । अहिले पनि टिममा त्यहीं अवस्था छ । हामीले गोल खाए पनि राम्रोसँग खेलेको भए जित्ने मौका थियो ।’

टिमका मुख्य प्रशिक्षक ध्रुव केसी भारत नेपालभन्दा सबै पक्षमा बलियो र अनुभवी भएकाले जित्न नसकेको बताउँछन् ।

‘हामी राम्रो स्थितिमा हुँदा पनि प्रायः सबै खेलको फाइनलमा भारतसँग नै हारेका छौं । भारत हामीभन्दा शारीरिक र प्राविधिक दुवै पक्षमा बलियो टिम हो,’ उनी भन्छन्, ‘नेपालभन्दा भारतले महिला फुटबल धेरै अगाडि सुरु गरेको हो । उनीहरूले एसियाली स्तरमा पनि धेरै खेलिसकेका थिए ।’

यसैगरी प्रतियोगिताको मुखैमा छोटो तयारीका भरमा ठूलो महत्त्वाकांक्षा बोकेर मैदान उत्रिँदा बारम्बार निराशा भोग्नुपरेको उनको ठहर छ ।

‘प्रतियोगिता हारेपछि सधैं लामो समय टे«निङ गर्ने भनेर विभिन्न योजनाहरू सुनाइन्थ्यो । तर पछि हुँदैनथ्यो । अरू टिम पाँच महिनाको टे«निङ गरेर आउथें भने नेपाल जहिल्यै प्रतियोगिता आउने बेलामा प्रशिक्षण सुरु गर्थ्यो,’ केसीले भने, ‘एक-दुई महिनाको प्रशिक्षणको भरमा जाँदा यतिको नतिजा आउँछ भने लामो समय प्रशिक्षण गर्दा के हुन्छ ? यो पुरानै रोग हो नेपालको  । यो रोगबाट नेपाल आजसम्म पनि माथि उठ्न सकेको छैन ।’