एपिएफ महिला फुटबल टिम

तोडियो एपिएफको एकछात्र राज

नेपाली महिला फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ)को एकछत्र राज छ भन्दा फरक नपर्ला । कारण एपिएफ क्लबले महिला राष्ट्रिय लिग र सीमित रूपमा हुने महिला नकआउट प्रतियोगिताको उपाधि भित्र्याउँदा गर्ने रवाफिलो प्रदर्शन नै हो । केही समय अगाडिसम्म एपिएफको घरेलु फुटबलमा प्रतिस्पर्धी नै थिएन भन्दा पनि फरक पर्दैन ।

एपिएफलाई अन्य दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले टक्कर दिने प्रयत्न गरे पनि त्यो प्रयासमै सीमित हुँदै आइरहेको थियो । लिगमा सहभागी नगरपालिकाका टोली भने एपिएफसँग सधैं निरीह बन्दै आएको छ । त्यसो त एपिएफमा महिला राष्ट्रिय टोलीको सदस्यको पनि बाहुल्य  रहँदै आएको छ ।

नेपालमा महिला फुटबल प्रतियोगिताको कुरा गर्दै बर्सेनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अयोजना गर्ने महिला रा।ष्ट्रिय लिग सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापति प्रतियोगिता महिला फुटबलका लागि अर्को प्रतियोगिता हो ।

गत वर्ष सम्पन्न महिला राष्ट्रिय लिगको दुई चरणभर अपराजित रहँदै एपिएफले उपाधि उचालेको थियो । सो क्रममा एपिएफले १२ मध्ये १२ खेल नै जितेको थियो । एपिएफले दोस्रो स्थानको आर्मीलाई १० र तेस्रो स्थानको पुलिसलाई १८ अंकले पछि पारेको थियो ।

नेपालमा महिला फुटबल प्रतियोगिताको कुरा गर्दै बर्सेनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अयोजना गर्ने महिला रा।ष्ट्रिय लिग सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापति प्रतियोगिता महिला फुटबलका लागि अर्को प्रतियोगिता हो ।

यस वर्षको महिला लिगमा पनि एपिएफले पहिलो चरणको समाप्तिसम्ममा अपराजित यात्रा कायमै राखेको छ । लिगका ७ खेलसम्म अपराजित रहने क्रममा एपिएफले आर्मी र पुलिसलाई हराइसकेको छ ।

घरेलु महिला फुटबलमा दबदबा कायम राख्दै आएको एपिएफको २२ खेलको अपराजित यात्रामा गत साता धनगढी रंगशालामा नेपाल पुलिस क्लबले पूर्णविराम लगाइदिएको छ ।

गत शनिबार धनगढीमा सम्पन्न प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगितामा एपिएफ इन्जुरी समयमा पुलिससँग १–० ले स्तब्ध भएको थियो । एपिएफले पछिल्लो पटक २०७६ सालमा धनकुटामा सम्पन्न गोल्डकपमा आर्मीलाई पेनाल्टी शुटआउटमा नतिजा सुम्पिएको थियो । त्यसयता भने एपिएफले हारको सामना गर्नुपरेको थिएन ।

एपिएफका प्रशिक्षक जनकसिं थारुले आफ्नो टोली सधैं उच्च लयमा रहेकाले एउटा प्रतियोगिता गुमाउँदैमा निराश भइहाल्नुपर्ने अवस्था आइनसकेको बताउँछन् ।

‘हाम्रो मुख्य प्रतिस्पर्धा भनेकै आर्मी र पुलिससँग रहँदै आएको छ । यस प्रतियोगिताको सेमिफाइनलमा हामीले आर्मीमाथि कठिन जित निकालेका थियौं । फाइनलमा भने हामी पुलिससँग इन्जुरी समयमा निराश भयौं ।’

‘नेपाली महिला फुटबलमा हामी सधैं शीर्ष टोलीको रूपमा रहँदै आएका छौं,’ थारुले भने, ‘हामी गत वर्षको लिग र यस वर्ष लिगको पहिलो चरणमा अपराजित रहँदै आए पनि प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको फाइनलमा भने हाम्रो अपराजित यात्राको शृंखलामा पूर्णविराम लागेको छ ।’ यसबाट टोलीलाई विराटनगरमा हुने दोस्रो चरणको लिग थप राम्रो प्रदर्शन गर्ने प्रेरणा मिलेको प्रशिक्षक थारुले बताए । उनले थपे,  ‘हाम्रो मुख्य प्रतिस्पर्धा भनेकै आर्मी र पुलिससँग रहँदै आएको छ । यस प्रतियोगिताको सेमिफाइनलमा हामीले आर्मीमाथि कठिन जित निकालेका थियौं । फाइनलमा भने हामी पुलिससँग इन्जुरी समयमा निराश भयौं ।’

प्रशिक्षक थारुले नेपालमा महिला फुटबल प्रतियोगिता बिरलै मात्र आयोजना हुने भएकाले यस्ता प्रतियोगिता थप व्यवस्थित गर्दै अन्य प्रतियोगिता पनि आयोजना गर्ने वातावरण र्सिजना गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘पुरुष फुटबलको प्रतियोगिता गनेर भ्याइँदैन । एउटै क्लबले मोफसलका धेरै प्रतियोगितामा सहभागिता जनाइरहेको हुन्छ,’ प्रशिक्षक थारुले भने, ‘तर, महिला फुटबलको हकमा भने हामी एक दुईटा प्रतियोगिता खेलेर वर्ष बिताउन बाध्य छौं । मोफलसमा अहिले त स्थानीय तहले पनि विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । उनीहरूले महिला फुटबललाई पनि प्राथमिकतामा राखिदिएमा त्यसले महिला फुटबल विकासमा धेरै मद्दत गर्छ ।’

विभागीय तीन टोलीले त वर्षभर नै निरन्तर अभ्यास गरिहेको हुन्छ । नगरपालिकका टोलीहरूले पनि अहिले नियमित अभ्यासको व्यवस्था गरिरहेका छन् । यसरी वर्षभर अभ्यास गर्ने तर बिरलै मात्र प्रतियोगता हुँदा नयाँ खेलाडीहरू उत्पादनमा कमी हुने उनको ठम्याइ छ । खेलाडीको खेलप्रतिको मोह घट्दै जाने बताउँदै थारुले महिला फुटबल विकासका लागि धेरैभन्दा धेरै प्रतियोगिता आयोजना हुन आवश्यक रहेको सुनाए ।

‘हामीले एपिएफलाई सधैं राम्रै टक्कर दिइरहका थियौं तर राम्रो प्रदर्शन गर्दागर्दै पनि उनीहरूलाई हराउन सकेका थिएनौं, यसपालि भने हामीले जित निकालेका छौं । यसले अन्य प्रतियोगिताका लागि पनि हाम्रो टोलीको मनोबल उच्च पारेको छ ।’

यता एपिएफको अपराजित यात्रामा पूर्णविराम लगाएको पुलिसका प्रशिक्षक सन्जिव जोशी भने धेरैपछिको उपाधि जितले मनोबल बढाएको बताउँछन् ।

‘हामीले एपिएफलाई सधैं राम्रै टक्कर दिइरहका थियौं तर राम्रो प्रदर्शन गर्दागर्दै पनि उनीहरूलाई हराउन सकेका थिएनौं,’ जोशीले भने, ‘यसपालि भने हामीले जित निकालेका छौं । यसले अन्य प्रतियोगिताका लागि पनि हाम्रो टोलीको मनोबल उच्च पारेको छ ।’

प्रशिक्षक जोशीले पनि महिला फुटबल विकासका लागि धेरैभन्दा धेरै नकआउट प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए ।