नेपाली महिला फुटबल

ओराली यात्रातिर महिला फुटबल

समय यस्तो पनि थियो, जहाँ नेपाली महिला फुटबल टोली दक्षिण एसियामा सधैं कम्तीमा रजत पदकको हकदार रहने गथ्र्यो । चिरप्रतिद्वन्द्वी भारतबाहेक बाँकी सबै टोली नेपाली महिला टोलीसामु निरीह साबित हुने गर्थे ।

अझै स्थिति पूरै बदलिइसकेको छैन । दक्षिण एसियालीस्तरमा रजत पदकका लागि बलियो दाबेदार नेपाल नै हो । तर समयले दृश्य फेरिने संकेत भने गरिसकेको छ । महिला फुटबलमा नेपालले यसअघि पक्का रहने गरेको रजतका लागि चर्को प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आएको छ ।

साफ च्याम्पियनसिपको इतिहास पल्टाएर हेर्ने हो भने नेपाल उपाधिको दाबेदारका रूपमा रहने गरेको थियो । सन् २०१० मा बंगलादेशमा भएको पहिलो साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग १-० ले पराजित हुँदै उपाधि जित्नबाट वञ्चित भएको थियो ।

दुई वर्षपछि श्रीलंकामा दोस्रो संस्करण हुँदा पनि नेपालको नियति फेरिएन । फेरि पनि फाइनलमै भारतसँग ३-१ को नतिजामा निराश हुँदै नेपालले उपाधि दक्षिणी छिमेकीलाई सुम्पियो । त्यसो त महिला साफ च्याम्पियनसिपका प्रत्येक संस्करणमा नेपाल र उपाधिबीचको तगारो भारत नै बन्ने गरेको छ । अरूसँगको खेल त नेपालका लागि औपचारिकतामा मात्र सीमित हुने गरेका छन् ।

सन् २०१४ मा पाकिस्तानले महिला साफ च्याम्पियनसिप आयोजना गर्दा नेपाल फाइनलमा भारतसँग ६-० को अन्तरमा पराजित भएको थियो । २०१९ मा नेपालमै भएको प्रतियोगितामा पनि भारतसँग नै फाइनलमा ३-१ ले पराजित भएर रजत पदकमा सीमित हुनुपरेको थियो ।

महिला साफ च्याम्पियनसिपको पाँच संस्करण बित्दा २०१६ मा बाहेक सबै पटक उपाधि भिडन्त नेपाल र भारतबीच भएको थियो । अनि प्रत्येक पटक भारतले बाजी मारेको थियो । भारतको सिलिगुढीमा २०१६ मा भएको चौथो महिला साफ च्याम्पियनसिपमा भने सेमिफाइनलमै नेपालले आयोजकको सामना गर्नुपर्यो । सेमिफाइनलमै भएको त्यो भेटमा पनि नेपालले भारतविरुद्धको खराब नतिजाको शृंखलामा सुधार गर्न सकेन । नेपालकी गोलमेसिन सावित्रा भण्डारी (साम्बा) ले १२ गोलका साथ उच्च गोलकर्ताको पुरस्कार जितेको प्रतियोगितामा भारतसँग ३-१ को हार भोग्दै नेपाल घर फर्किएको थियो ।

अहिले भारतको जम्सेदपुरमा १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप चलिरहेको छ । विगतको नतिजाका आधारमा नेपाली टोलीलाई उपाधि दाबेदार मानिएको थियो । भारतलाई हराउने योजना थियो । उमेर समूहमा भए पनि भारतको दबदबा समाप्त गर्ने आशा गरिएको थियो । तर जम्सेदपुरको मैदानमा निस्किएको नतिजाले भन्दै छ, ‘यो प्रतियोगिताबाट त बाहिरियो नै, नेपालले अब भविष्यमा अन्य प्रतियोगितामा पनि उपाधिका लागि होइन, रजत पदकका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।’

इतिहास पल्टाउँदा भारतबाहेक अन्य देशबाट नेपालले खासै प्रतिस्पर्धाको समेत अनुभव गर्नुपरेको कमै देखिन्छ । तर स्थिति फेरिन लागेको संकेत भारतबाटै देखिन थालेको छ ।

अहिले भारतको जम्सेदपुरमा १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप चलिरहेको छ । विगतको नतिजाका आधारमा नेपाली टोलीलाई उपाधि दाबेदार मानिएको थियो । भारतलाई हराउने योजना थियो । उमेर समूहमा भए पनि भारतको दबदबा समाप्त गर्ने आशा गरिएको थियो । तर जम्सेदपुरको मैदानमा निस्किएको नतिजाले भन्दै छ, ‘यो प्रतियोगिताबाट त बाहिरियो नै, नेपालले अब भविष्यमा अन्य प्रतियोगितामा पनि उपाधिका लागि होइन, रजत पदकका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।’

चैत १ देखि सुरु भएको प्रतियोगितामा चार खेल खेल्दा सबैमा पराजित हुँदा नेपालले १८ गोल खाइसकेको छ भने त्यसको बदलामा चार गोलमात्र फर्काएको छ ।

पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको नेपाली युवा महिला टोली दोस्रो खेलमा बंगलादेशसँग ४-२, तेस्रो खेलमा भारतसँग ५-१ र चौथों खेलमा बंगलादेशसँग २-१ को नतिजामा निराश भएको थियो । तीन टोलीमात्र सहभागी रहेको प्रतियोगिताको पहिलो चरणका सबै खेल हारेपछि ‘ह्विपिङ गल्र्स’को नयाँ छविसहित नेपाली महिला टोली घर फर्किंदै छ ।

दक्षिण एसियाली फुटबलमा नेपालभन्दा कमजोर टोलीको रूपमा लिइने गरेको बंगलादेशले उमेर समूहमा ठूलो सुधार गरेको संकेत गर्दा नेपालको भने भविष्य राम्रो नभएको संकेत यो प्रतियोगिताले गरेको छ ।

बंगलादेशसँग लगातार दुई खेलमा युवा टोली पराजित हुनुलाई राष्ट्रिय महिला टोलीका पूर्व प्रशिक्षक कुमार कटुवाल नेपालको स्तर घट्दै गएको संकेतका रूपमा लिनुपर्ने बताउँछन् । पछिल्लो समय महिला फुटबलमा राम्रा प्रशिक्षक नियुक्त नगर्नु, बन्द प्रशिक्षणमा आफ्ना मान्छेलाई मात्रबोलाउने लगायतका काम हुन थालेकाले स्तर गिर्दै गएको उनको बुझाइ छ ।

‘फुटबलमा स्तरीय प्रशिक्षक र राम्रो प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । तर यहाँ सबैलाई आफ्ना मान्छे राख्ने चाहना छ । फुटबलमा प्रतिशोधको भावना राखेपछि केही राम्रो हुँदैन,’ उनी भन्छन् ।

प्रशिक्षक कटुवालको विचारमा अनुभवी र राम्रा प्रशिक्षक राख्ने, सबै ७७ जिल्लामा प्रतियोगिता गरेर खेलाडी छान्ने, नियमित र राम्रो प्रशिक्षणको व्यवस्था गरे महिला फुटबलमा नेपालले अझै पनि राम्रो नतिजा निकाल्न सक्ने उनको विश्वास छ ।

सन् २०१८ मा भुटानमा भएको यु-१८ महिला साफ च्याम्पियनसिपमा नेपालले रजत पदक जित्दा बंगलादेशले उपाधि जितेको थियो । यस्तै, गत वर्ष बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिँदा बंगलादेशले नै लगातार दोस्रो पटक उपाधि जितेको थियो । उमेर समूहमा लगातार उपाधि जितेर बंगलादेशले आफूलाई भविष्यको राम्रो राष्ट्रिय टोलीको रूपमा प्रस्तुत गरेको छ ।

राष्ट्रिय महिला टोलीसँगै भारत पुगेका पूर्व प्रशिक्षक एवं एन्फाका महिला प्राविधिक निर्देशक हरि खड्का पनि यसपालिको प्रदर्शनबाट खुसी छैनन् । खेलाडीमा अन्तर्राष्ट्रिय अनुभवको कमीलगायतका समस्याका कारण नतिजा कमजोर भएको उनले खेलाडीसँगको कुराकानीमा बताए ।

राष्ट्रिय टोलीकी पूर्व कप्तान निरु थापा पछिल्लो समय नेपालका युवा महिला फुटबल प्राविधिक रूपमा खस्किएको बताउँछिन् । उनको विचारमा भारत र बंगलादेशले निरन्तर प्रगति गरिरहँदा नेपाल भने झनै ओराली यात्रामा लागेको छ ।

‘अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसक्नुको कारण लिग पनि हो । कुनै पनि देशको राष्ट्रिय टोली बलियो हुनका लागि घरेलु प्रतियोगिता धेरै हुुनु जरुरी छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्नु भन्दा अगाडि कस्तो खालको तयारी गर्छौं ? कति खेलाडीलाई एक्सपोजर दिन सक्छौं ? कति सुविधा दिन सक्छौं ? भन्ने कुरा मुख्य हुन्छ । आफूभन्दा बलियो र राम्रो टोलीसँग खेलेर खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन सक्यौं भने महिला फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्छ ।’

राष्ट्रिय टोलीकी पूर्व कप्तान निरु थापा पछिल्लो समय नेपालका युवा महिला फुटबल प्राविधिक रूपमा खस्किएको बताउँछिन् । उनको विचारमा भारत र बंगलादेशले निरन्तर प्रगति गरिरहँदा नेपाल भने झनै ओराली यात्रामा लागेको छ ।

‘पहिलाभन्दा अहिले धेरै फरक देखिएको छ । बाँकी टिमसँग तुलना गर्दा हाम्रो टिम सबै पक्षमा कमजोर देखिएको छ । खेलाडीले प्राविधिक पक्ष केही नबुझेजस्तो देखिन्छ । प्रशिक्षकले कस्तो रणनीतिमा खेलाइरहेका छन् भन्नेमा पनि धेरै कुरा भरपर्छ,’ उनले भनिन्, ‘कोभिड-१९ महामारीका कारण दुई वर्ष खेल्न नपाएर पनि होला, टिममा केही पनि नमिले जस्तो देखिन्छ । खेलाडीहरूले पोजिसनविहीन भएर खेलेजस्तो देखिन्छ ।’