फाल्गुन २०, २०८२ बुधबार | ०७:०५:४८
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार
शनिबारको दिन शनिबारको दिन

युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ?

काठमाडौं । युरोपको फुटबल सिजन मध्यभागमा पुग्यो भन्दा हुन्छ अब । उताका शीर्ष पाँच लिगमध्ये सबैतिर एक नजर लगाउने हो भने एक खाले निचोड निकाल्न मिल्ने भएको छ । सन् २०२६ लागेपछि अंकतालिकाले आफैं धेरै बोल्नेछ । साँच्चै कस्तो छ त, यी ठूला लिगको स्थिति ?

इङ्ल्यान्ड

इङ्लिस प्रिमियर लिग सबैभन्दा लोकप्रिय छ, किनभने यहाँ उपाधिका लागि चर्को प्रतिस्पर्धा चल्ने गर्छ । यसपल्ट पनि यस्तै छ, कम्तीमा एउटा तथ्य निश्चित छ, यसपल्टको सिजनले नयाँ च्याम्पियन पाउनेछ, त्यसैले त्यो लिभरपुल हुने छैन । डिफेन्डिङ च्याम्पियनका रूपमा यसपल्ट लिभरपुलको प्रदर्शन ठीकठाक छैन । यसपल्ट उपाधि होडमा सम्भवतः दुई टिम छन्, अझ तीन टिमभन्दा पनि हुन्छ कि ?

शीर्षमा आर्सनल छ, २१ खेलबाट ४९ अंकसहित । टोलीको ठीक पछाडि म्यानचेस्टर सिटी छ ४३ अंकमा । सायद यसपल्ट आर्सनलले लिग उपाधि जित्ने सम्भावना धेरै छ, तर डर छ, कतै यो पछिल्ला तीन सिजनमा जस्तै निर्णायक मोडमा चिप्लिने त होइन ? एस्टन भिल्ला ४३ अंकमै तेस्रो स्थानमा छ । तर भिल्ला स्वयंलाई आफूले उपाधि जित्नेमा विश्वास छैन, समस्या भने यहाँनिर छ ।

स्पेन

स्पेनको ला लिगामा त्यही भइरहेको छ, जुन सधैं हुन्छ भन्दा हुन्छ । त्यो भनेको स्पेनमा लिग उपाधिको होडमा तिनै दुई टिम मात्र छन्, बार्सिलोना र रियल मड्रिड । फरक के मात्र छ भन्दा यसपल्ट बार्सिलोना बलियो देखिएको छ, रियल कमजोर । त्यसैले मज्जाले दाबी गर्न सकिन्छ, बार्सिलोनाले नै यसपल्टका लिग उपाधि जित्ने छ । उसको १९ खेलबाट ४९ अंक भएको छ । रियल भने ४५ अंकमा छ ।

के उनीहरूलाई कसैले चुनौती दिन सक्छन् त ? सक्दैनन्, यसको सिधा सिधा उत्तर हो । भिल्लारियल ४२ अंकसहित तेस्रोमा छ । सायद रियलको प्रदर्शन थप कमजोर भयो भने भिल्लारियलसामु दोस्रोमा उक्लने अवसर हुन सक्नेछ । एट्लेटिको मड्रिड सधैंझै शीर्ष चारभित्र छ, तर उसले पनि राम्रो गर्न सकिरहेको छैन । एट्लेटिकोको ३८ अंक छ ।

इटाली

यसपल्ट युरोपमा कुनै एक लिगबारे यस्तै हुन्छ भनेर दाबी गर्न सकिएको छैन भने त्यो इटाली नै हो, त्यहाँको सिरी ‘ए’ मा । सिजनको सुरुदेखि शीर्ष चारका लागि कडा टक्कर चलिरहेको छ । अहिलेका लागि इन्टर मिलान ४६ अंकसहित शीर्षमा छ । उसको ठीक पछाडि अर्को मिलान क्लब छ । एसी मिलानको ४३ अंक छ । त्यसपछि नेपोली ४० अंकमा छ । यो नै हो, डिफेन्डिङ च्याम्पियन ।

सिजनमा कमजोर सुरुआत गरेको युभेन्ट्सले पनि पछिल्लो समय लय समातेको छ । टोलीको पनि ३९ अंक भएको छ र चौथो स्थानमा छ । अब त टुरिनको यो टिम पनि उपाधिको प्रत्याशी भएको छ । एएस रोमाले पछिल्लो समय केही लय गुमाएको छ, तर यो क्लब पनि ३९ अंकसहित शीर्ष चार नजिक नै छ । यस्तोमा शीर्ष पाँच टिम ७ अंकको अन्तरमा छन् । यस्तोमा अंकतालिकामा जहिल्यै पनि तलमाथि हुन सक्नेछ ।

जर्मनी

जर्मन बुन्डेसलिगामा त बायर्न म्युनिखले उपाधि जित्यो भनेर लेखे पनि भयो । औपचारिकता मात्र पूरा हुन बाँकी हो । त्यसैले त जर्मन लिग रोमाञ्चक छैन भन्ने धेरै छन्, जहिल्यै पनि एउटै टिमको मात्र प्रभुत्व । अहिले बायर्नको १७ खेलबाट ४७ अंक भएको छ । यो दोस्रोमा रहेको बोरुसिया डर्टमन्डमाथि ११ अंकको ठूलै अग्रता हो । बायर्नसामु एउटै चुनौती मात्र कायम छ, लिग जित्ने त्रममा कति अंक बटुल्ने भनेर ।

फ्रान्स

फ्रान्सेली लिग वानमा भने यसपल्ट एक खाले रोमाञ्च छ, किनभने पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई कसैले बलियो टक्कर दिइरहेको छ । यो टिम हो, लेन्स । के फ्रान्सको उत्तरी सहर लेन्सको यो क्लबले यसपल्ट फ्रान्समा लिग जित्ने छ त ? त्यसको उत्तर भने गाह्रो छ । अहिलेका लागि यही टिम शीर्ष स्थानमा छ । टोलीले १७ खेलबाट ४० अंक लिइसक्यो । पिएसजी एक अंकले मात्र पछाडि छ दोस्रोमा । हुनसक्छ, पीएसजीले कुनै पनि बेला लेन्सलाई उछिन्न सक्नेछ ।