माघ ९, २०८२ शुक्रबार | १७:१९:५२
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा
शनिबारको दिन

प्रशिक्षक आउँछन्, जान्छन्

काठमाडौं । फेरि एकपल्ट प्रमाणित भएको छ, प्रशिक्षकहरू किन नियुक्त गरिन्छ भने तिनलाई वर्खास्त पनि गर्न सकियोस । अर्थात ‘कोचेज आर हायर टु फायर’ ।

अहिले यो भनाई लागू भएको छ, नटिङघम फरेस्टमा । युरोपमा नयाँ फुटबल सिजन सुरु भएको धेरै भएकै छैन । जारी सिजनले यात्राको एक चौथाइ पनि छोएको छैन, समयको आधारमा । तर यही समयमा फरेस्टले तीन प्रशिक्षक फेरिसकेको छ ।

गत सिजन फरेस्टले निकै गज्जब गरेको थियो । एक समय त लागि रहेको थियो, फरेस्ट शीर्ष चारमै रहनेछ । तर कम्तीमा त्यस्तो भएन । तर नतिजा जे भए पनि प्रशिक्षक नुनो स्पिरिटो सान्टुको नेतृत्वमा क्लबले जति खेल्यो, त्यो चाँही शानदार थियो । यो सिजन पनि फरेस्टले राम्रै गर्ने अपेक्षा थियो । तर सान्टुको क्लब मालिकसँग कुरै मिलेन् । फेरि यो फरेस्टका मालिक ग्रिक धनाड्यको नामै लिन गाह्रो ।

सायद उनको नाम यही सही हुनु पर्छ, इभानजेलोस मारिनकाकिस । गत सिजनको अन्त्यतिर यी मालिकले सान्टुसँग मैदानमै झगडा गर्न खोजेका थिए । त्यसको नतिजा यो सिजनको सुरुमै उनी वर्खास्तीमा परे । त्यसपछि आए, एन्गे पोस्टेकोग्लु । उनी पनि लामो समय टिकेनन् । उनले फरेस्टको टिम जम्मा जम्मी ४० दिन हेर्न पाए, त्यो भनेको आठ खेल । त्यसमा फरेस्ट कुनैमा पनि विजयी भएन ।

 नटिङघम फरेस्टका नयाँ प्रशिक्षक सिन डाइच ।

नतिजा उनी पनि वर्खास्तीमा परे । अहिले क्लबले नयाँ प्रशिक्षक पाएको छ र उनी हुन्, सिन डाइच । उनको नेतृत्वमा फरेस्टले भर्खरै पहिलो खेल खेलेको छ र त्यसमा विजयी पनि भयो । युरोपा लिगको त्यो खेलमा फरेस्टले आफ्नो सिटी ग्राउन्डमा पोर्टोलाई हराएको थियो । यो जितको खास किन पनि अर्थ भने आजभोलि पोर्टोका प्रशिक्षक अरू कोही नभएर स्पेशल वान जोजे माउरिन्हो हुन् ।

यो जितपछि डाइच खुबै खुसी देखिए । यो स्वभाविक पनि थियो । खास कुरा के भने जति बेला डाइच भर्खरको टिठो थिए, फरेस्टकै एकेडेमीका खेलाडी थिए । तर उनले फरेस्टका लागि खेल्न भने पाएनन्, अन्यत्र नै लागे । त्यसैले प्रशिक्षकको भूमिकामै सही उनले फरेस्टमा भावनात्मक पुनरागमनको एक चक्र पूरा गरेका छन् । उनी भन्दा रहेछन्, ‘मेरो त सपना नै फरेस्टका लागि खेल्ने थियो ।’

यहाँनिर भन्न खोजेको खास कुरा के भने प्रशिक्षक आउने जाने क्रम चलिरहने रहेछ । डाइच पछिल्लो सिजनसम्म एभर्टनमा थिए । सान्टु भने अहिले वेस्ट हम पुगिसके । यो सिजन सुरु हुनै लागेको थियो, पोस्टेकोग्लुलाई टोटनहमले वर्खास्त गरेको थियो । त्यसको केही समयमै उनले फरेस्ट हेर्न मौका पाए, लामो समय टिक्कै पाएनन् । प्रशिक्षकहरू आउने जाने क्रम चलिरहने रहेछ ।