माघ ९, २०८२ शुक्रबार | १७:२०:५०
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा
शनिबारको दिन

लिग त घरमै खेल्ने

काठमाडौं । पछिल्लो साता स्पेनिस ला लिगाका केही खेलमा अपत्यारिलो दृष्य देख्न पाइयो । र, यो विरोध गर्ने अति नै प्रभावशाली अस्त्र पनि रह्यो । भएको के थियो भन्दा खेल सुरु हुने वित्तिकै १५ सेकेन्डसम्म दुवै टिमका खेलाडी चुपचाप एकै ठाउँमा बस्ने । सुरुमै बल चलाउने, तर १५ सेकेन्डसम्म खेल्दै नखेल्ने । यो दृष्यले सबैको मन छोयो र अन्ततः स्पेनिस फुटबल संघ झुक्न बाध्य भयो ।

भयो के भन्दा संघले एउटा नयाँ योजना अगाडि ल्याएको रहेछ । त्यस अनुसार यो सिजन बार्सिलोना र भियारियालबीच हुनु पर्ने खेल अमेरिकामा खेलाउने सोच थियो । मियामीमा हुने खेलका लागि संघ आफूले सक्दो व्यवस्था पनि गरेको रहेछ । तर यही संघ एउटालाई छाडेर अरू सबैले यसको चर्को विरोध गरे र अन्ततः उसको योजना नमज्जासँग तुहियो । संघले आफ्नो लाचारी देखाउने काम पनि गर्यो ।

उसको भनाइ थियो, ‘यो खेल मियामीमा भएको भए नयाँ इतिहास रचिने थियो । स्पेनिस फुटबलले नयाँ उचाई छुनै लागेको थियो ।’ अब प्रश्न हुन सक्छ, सबैले संघको यो योजनाको किन विरोध गरे त ? यसको पहिलो कारण थियो, खेलाडीको शारीरिक र मानसिक स्थितिमा पुग्ने धक्का । अब एक साताका लागि एउटा खेल खेल्न अमेरिका जाउ र फेरि फर्क । यसले गाह्रो हुने भनेको खेलाडीलाई नै हो ।

क्लबहरूको अर्को दाबी के थियो भने फुटबल खेल्ने भनेको आफ्नै समर्थक अगाडि हो, अन्यत्र गएर होइन । अझ भन्दा लिग भनेको घरमै खेल्ने हो, विदेश गएर होइन ।

संघले त यसबाट कमाउने हो । अझ खेलाडीको भनाइ त के पनि छ भने फुटबललाई यति धेरै व्यवसायिक बनाउनु पनि हुन्न । त्यो खेल अमेरिकामा हुँदा हेर्ने जति विदेशी नै होलान, सक्दो अमेरिकी नै । त्यसले स्पेनिस फुटबललाई हुने के त ? केही आर्थिक फाइदा ? यत्तिको लागि खेलाडीलाई धेरै दुःख दिनु हुन्न भन्ने नै तर्क हो । यसका लगि लगभग सबै क्लबको समर्थक रह्यो ।

खालि बार्सिलोनाले मात्र धेरै बोल्न चाहेन, सबैभन्दा बढी विरोध गर्नेमा रियाल मड्रिड नै थियो । क्लबहरूको अर्को दाबी के थियो भने फुटबल खेल्ने भनेको आफ्नै समर्थक अगाडि हो, अन्यत्र गएर होइन । अझ भन्दा लिग भनेको घरमै खेल्ने हो, विदेश गएर होइन । स्पेनिस लिगका खेलको खास महत्व भनेको स्पेनिस समर्थकलाई नै बढी हो, तिनकै अगाडि खेल हुन्न भने त्यसको पनि अर्थ नहुने भयो ।युरोपेली फुटबलका लागि यो घटना एउटा दरिलो शिक्षा भएको छ । केही युरोपेली देशले लिग होइन्, कपका खेल विदेशतिर खेलाएका छन् । यतिसम्मलाई मान्न क्लब तयार छन् । तर लिगकै खेल भने उनीहरू बाहिर लान चाहँदैनन् । सबै के कुरामा एकमत छन् भने फुटबल भनेको खालि पैसा कमाउनु मात्र होइन । यो त क्लब र तिनका समर्थकसँग भावनात्मक रूपमा जोडिएको सम्बन्ध पनि हो ।