असार २१, २०८२ शनिबार | १३:४०:०९
नेपालले गर्यो उपाधि रक्षा देश हार्ने लडाईं इतिहास फेर्ने दिन उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम निर्णायक खेलमा हेर्नलायक नेपाल र उज्वेकका चार खेलाडी डियोगो जोटाले रोजेको पूर्णविराम उज्वेकिस्तानसँग बराबरी भए के हुन्छ ? आर्मीको पुनरागमन जित तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत नेपालले गर्यो उपाधि रक्षा देश हार्ने लडाईं इतिहास फेर्ने दिन उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम निर्णायक खेलमा हेर्नलायक नेपाल र उज्वेकका चार खेलाडी डियोगो जोटाले रोजेको पूर्णविराम उज्वेकिस्तानसँग बराबरी भए के हुन्छ ? आर्मीको पुनरागमन जित तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत
शनिबारको दिन नेपाली फुटबल

निर्णायक खेलमा हेर्नलायक नेपाल र उज्वेकका चार खेलाडी

काठमाडौं । एएफसी वुमेन्स एसियन कप फुटबलमा छनोट हुन निर्णायक खेलमा आज (शनिबार) नेपाल र उज्वेकिस्तान प्रतिस्पर्धा गर्दै छन् । उज्वेकिस्तानमै हुने खेलमा विजयी हुने टोलीले सिधै समूह ‘एफ’ को शीर्षस्थानमा रहँदै अस्ट्रेलियाको टिकट काट्नेछ ।

समूह ‘एफ’ मा नेपाल र उज्वेकिस्तानको समान २ खेलबाट ६ अंक छ । गोल अन्तर पनि समान १७ छ । दुवै टोलीले गोल बेहोरेका छैनन् । नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले हराएको थियो । यता, उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकामाथि १०–० र दोस्रो खेलमा लाओसमाथि ७–० को जित पाएको थियो ।

नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले आफ्नो पहिलो खेलबाटै नयाँ रणनीतिसहित युवा खेलाडीलाई अवसर दिएका छन् । कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बासहित रेखा पौडेल, पूजा राना, अमृता जैसीलाई बेन्चमै राखेका छन् । रेखा, पूजा र प्रीति राईले बेन्चबाट खेल सुरु गर्नुपरेको थियो ।

खेलाडीबीचकै विवाद र असन्तुष्टिबीच नयाँ कप्तानमा सावित्रा भण्डारीलाई पाएको छ । नयाँ कप्तान र नयाँ प्रशिक्षकको भविष्य उज्वेकिस्तानको खेलसँगै कस्तो हुनेछ निक्र्योल गर्नेछ । यता, उज्वेकिस्तान पनि लगातार महिला फुटबलमा आफ्नो प्रभाव देखाउने रणनीतिमा छ । घरेलु समर्थकमाझ एसिया कपमा स्थान बनाउने योजना बुनिरहेको छ ।

निर्णायक खेलका लागि खेलाडी डटकमले तयार पारेको हेर्नलायक चार खेलाडी यस्ता छन्ः

नेपालसावित्रा भण्डारी (फरवार्ड)

नेपाली महिलामात्रै हैनन्, दक्षिण एसियाली महिला फुटबलले नै पाएको सबैभन्दा ठूलो नाम हो, सावित्रा । नेपाली महिला फुटबलको पर्यायझै भइसकेकी सावित्राको सम्मानमा उनको गृहजिल्ला लमजुङमा उनको शालिक बनाइएको छ । नेपालकी गोलमेसिन सावित्रा भर्खरै मात्र फ्रान्सको महिला लिग खेलेर फर्किएकी छिन् । उनी यो स्तरको खेल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । त्यसअघि सावित्राले इजरायल र भारतको लिग खेलेकी थिइन् । घरेलु फुटबलमा भने सावित्रा एपिएफको जागिरे हुन् । लमजुङकी सावित्राले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि ५६ खेलमा ६१ गोल गरिसकेकी छन् । उज्वेकिस्तानविरुद्ध सबैको नजर कप्तान सावित्रामाथि पर्नेेछ । सावित्राले दुई खेलमा दुई ह्याट्रिकसहित सात गोल गरिसकेकी छन् ।

रेनुका नगरकोटे (मिडफिल्डर)

उज्वेकिस्तानविरुद्धको निर्णायक खेलमा सबैको नजर सेन्ट्रल तथा डिफेन्सिभ मिडफिल्डर रेनुका नगरकोटेमाथि पर्ने निश्चित छ । उज्वेकिस्तानको आक्रामक खेललाई मध्यभागमा रोकेर अन्य खेलाडीलाई दबाबमुक्त बनाउने जिम्मेवारी उनीसामु छ । उनी नेपाली राष्ट्रिय महिला टिमले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् । सेन्ट्रल मिडफिल्डमा बसेर विपक्षीको आक्रमणमा बाधा सिर्जना गर्ने र आफ्नो अग्रपंक्तिलाई अवसर सिर्जना गर्नेमा उनको भूमिका एउटा आर्किटेक्ट इन्जिनियरको जस्तो रहने गर्छ ।दुई पटक सोच्नै नसक्ने गरी घाइते भएर पनि पूर्वकप्तानले उत्कृष्ट शैलीमा पुनरागमन जनाएकी छन् । रौतहटबाट उदाएर एपिएफबाट खेलिरहेकी रेनुका नेपाली महिला फुटबल टिमकी मेरुदण्ड हुन् । भारतीय लिग खेलेको अनुभव रहेकी रेनुकाले नेपालका लागि ५५ खेल खेलेकी छन् ।

उज्वेकिस्ताननिलुफर कुद्रातोभा (फरवार्ड)

निलुफर कुद्रोतोभा उज्वेकिस्तानी फरवार्ड हुन् । २८ वर्षीया अट्याकरले एसियन कप छनोटमा २ खेलमा ६ गोल गरिसकेकी छन् । उनले श्रीलंकाविरुद्ध ४ र लाओससँग २ गोल गरेकी छन् । श्रीलंकाविरुद्ध उनको गोलबाट उज्वेकिस्तानले अग्रता बनाएको थियो । सात मिनेटमा दुई गोल गरेकी कुद्रातोभाले ५२औं मिनेटमा ह्याट्रिक पूरा गरेकी हुन् । लाओसविरुद्ध भने दुवै गोल दोस्रो हाफमा गरिन् । सन् २०१५ देखि राष्ट्रिय टिमबाट खेल्दै आएकी कुद्रातोभाले ३६ खेलमा ३८ गोल गरिसकेकी छन् । नेपालविरुद्ध उनी नै उज्वेकिस्तानको मुख्य हतियार हुनेछिन् । उनलाई रोक्न नेपाली रक्षकलाई हम्मेहम्मे पर्ने अनुमान छ ।

डियोराखोन खाविबुलाइभा (फरवार्ड)

नेपाललाई निर्णायक खेलमा उज्वेकिस्तानकी डियोराखोन खाविबुलाइभा पनि घातक हुन सक्छिन् । पछिल्लो दुई खेलमा उनको प्रदर्शन  सानदार छ । श्रीलंकाविरुद्ध ह्याट्रिक गरिन् । लोओसविरुद्ध भने एक गोल रहेको छ । १० नम्बर जर्सी लगाएर खेल्ने २५ वर्षीया स्ट्राइकरले टर्किस सुपर लिग खेल्दै आएकी छिन् । सन् २०२४–०२५ को सिजनमा २० खेल खेल्दा ८ गोल पनि गरेकी थिइन् । सन् २०१८ बाट राष्ट्रिय टिमबाट डेब्यु गरेकी उनले ३८ खेलमा ३३ गोल गरेकी छिन् । उनलाई रोक्न नेपाली रक्षकहरु गीता राना, निशा थोकर, पूजा राना, बिमला विक र समिक्षा घिमिरेले निकै मिहिनेत गर्नुपर्नेछ ।