काठमाडौं । एसियन कप फुटबलको छनोटमा नेपाल तेस्रो चरणसम्म पुगेको यो लगातार दोस्रो पटक हो । यसअघि एसियन कप २०२३ छनोट प्रतियोगितामा पनि नेपाल तेस्रो चरणसम्म पुगेको थियो ।
वरीयताका हिसाबमा सोझै दोस्रो चरणमा स्थान बनाएको नेपालले अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईसम्मिलित समूहमा चौथो भएपछि तेस्रो चरणमा प्रवेश पाएको हो । तेस्रो चरणमा नेपालको भेट फेरि पनि जोर्डन र कुवेतसँगै इन्डोनेसियाविरुद्ध भयो । अब्दुल्ला अलमुताइरीको नेतृत्वमा रहेको नेपालले बलिया टोलीबीचको प्रतिस्पर्धामा अंकको खाता नै खोल्न पाएन । यो सँगै नेपालको एसियन कप पुग्ने सपना समाप्त भएको थियो ।
यसपालि नेपालले फिफा वरीयताकै आधार मान्दै प्रारम्भिक पहिलो चरण खेल्नुपरेको थियो । एसियामा कुल ४७ देशले एएफसी सदस्य राष्ट्रको मान्यता पाएका छन् । यसमध्ये पहिलो चरणमा २२ टोलीले सहभागिता जनाएका थिए । फिफा वरीयताअनुसार यी देशहरू एसियाका २६ देखि ४७ वरीयताका टोली हुन् ।
मंगलबार सुरु हुने तेस्रो चरण होम एन्ड अवे ढाँचामा हुनेछ । समूहको शीर्षस्थानमा रहने टोलीले साउदी अरेबियाको टिकट काट्नेछ ।
होम एन्ड अवे ढाँचामा दुई टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्दा नेपालले लाओसलाई समग्रमा २-१ को नतिजामा पराजित गर्यो । दोस्रो चरणमा नेपालको भेट संयुक्त अरब इमिरेट्स, बहराइन र यमनसँग भएको थियो । कुल ६ खेलमा नेपालले मात्र एक अंक जोड्न सक्यो । योसँगै नेपालको फिफा विश्वकप २०२६ पुग्ने लक्ष्य समाप्त भएको थियो ।

यसपालि एसियन कप छनोटको तेस्रो चरणमा समूह ‘एफ’मा रहेको नेपालले भियतनाम, मलेसिया र लाओसलाई आफ्नो प्रतिद्वन्द्वी पाएको छ । यसमध्ये भियतनाम र मलेसिया दोस्रो चरणमा समूहको तेस्रो भएको थियो भने लाओसले प्रारम्भिक चरणको उत्कृष्ट उपविजेता टोलीका आधारमा अन्तिम चरणमा स्थान बनाएको हो ।
मंगलबार सुरु हुने तेस्रो चरण होम एन्ड अवे ढाँचामा हुनेछ । समूहको शीर्षस्थानमा रहने टोलीले साउदी अरेबियाको टिकट काट्नेछ । २४ देशको सहभागिता रहने एसियन कपको १९औं संस्करण साउदी अरबियामा २०२७ को जनवरी ७ देखि फेब्रुअरी ५ सम्म हुनेछ ।
नेपालको समूहमा रहेका भियतनाम र मलेसियाले एसिया कपको अनुभव लिइसकेका छन् । नेपाल र लाओस भने हालसम्म यो प्रतियोगितामा छनोट हुन सकेका छैनन् ।
फिफा वरीयताका हिसाबमा भन्ने हो भने भियतनाम यो समूहबाट एसियन कप पुग्न सक्ने पहिलो टोली हो । फिफा वरीयतामा भियतनाम ११४औं स्थानमा छ । जुन दोस्रो स्थानको मलेसियाभन्दा १८ र तेस्रो स्थानको नेपालभन्दा ६१ स्थान माथि हो । चौथो स्थानको लाओस भियतानभन्दा ७२ स्थानले तल छ । तथ्याङ्क र लयका हिसाबले हेर्ने हो भने पनि शीर्षस्थानको दाबेदारी प्रस्तुत गर्न भियतनाम र मलेसिया नै प्रतिस्पर्धामा रहेको बुझ्न सकिन्छ ।

भियतनामले साउदी अरेबियाको टिकट काट्न सके यो टोलीको सातौं सहभागिता रहनेछ । पछिल्ला दुई संस्करणयता भियतनामले एसियन कपमा स्थान बनाउँदै आएको छ । लाओस र नेपालले भने प्रतियोगिताको अनुभव लिन सकेका छैनन् । सन् २०२४ यता भियतानमले १६ खेलमा कुल ९ जित हासिल गर्दा दुई खेलमा बराबरी नतिजा ल्याएको छ ।
मलेसिया एक अंकको झिनो अन्तरले विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउन असफल भएको थियो । विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउनु भनेको स्वतः एसियन कपमा स्थान पक्का गर्नु हो । मलेसियाले यसअघि तीन पटक एसिया कपमा सहभागिता जनाइसकेको छ । कतारमा भएको १८औं संस्करणमा पनि मलेसियाको सहभागिता थियो । मलेसिया लगातार दोस्रो संस्करण यो प्रतियोगिता खेल्न चाहन्छ । मलेसियाले २०२४ यता १३ अन्तर्राष्ट्रिय खेल खेल्दा ५ मा जित हासिल गर्दा ४ खेलमा बराबरी नतिजा ल्याएको छ ।
नेपालले मंगलबार पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल मलेसियाको जोहोर राज्यस्थित इस्कान्दर पुटेरी सहरको सुल्तान इब्राहिम रंगशालामा नेपाली समयअनुसार १६ः४५ बजे सुरु हुनेछ ।
लाओसले यो अन्तरालमा ७ खेलमा ३ बराबरी खेल्दा एक खेल पनि जित्न सकेको छैन । नेपालले कुल ८ खेलमा एक खेलमात्र जितेको छ । गत नोभेम्बरमा अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले २-० को जित हासिल गरेको थियो । यसबीच नेपालले मलेसियासँग वर्षको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपाल ५–१ ले पराजित भएको थियो ।

यी तथ्यबीच नेपालका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रस यो चुनौतीका लागि कम्तीमा पनि व्यावहारिक रूपमा तयार देखिन्छन् । पदभार ग्रहण गरेको दिन उनले भनेका थिए, ‘एसियन कपको छनोटमा सकेसम्म नजिक पुर्याउनु मेरो उद्देश्य हुनेछ । यी महत्त्वाकांक्षाहरू धेरैलाई अवास्तविक लाग्न सक्छ ।
तर, कम लक्ष्य राख्नु भनेको हामीसँग यहाँ भएका प्रतिभालाई कम आँकलन गर्नु हो । हामीसँग अविश्वसनीय व्यक्तिगत क्षमताका खेलाडीहरू छन्, केही अन्तर्राष्ट्रियस्तरका पनि । उनीहरूलाई सही मार्गदर्शनका साथ चाहिएको छ । नेपालमा प्रतिभाको कमी छैन ।’
नेपालले मंगलबार पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल मलेसियाको जोहोर राज्यस्थित इस्कान्दर पुटेरी सहरको सुल्तान इब्राहिम रंगशालामा नेपाली समयअनुसार १६ः४५ बजे सुरु हुनेछ ।