पुस १, २०८२ बुधबार | १५:४२:४०
ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा
शनिबारको दिन अन्तर्राष्ट्रिय फुटबल

विश्वको शक्तिशाली मुलुक चीनको फुटबल भने संकटतिर

काठमाडौं । फुटबललाई लिएर चीनबाट बिरलै मात्र खुसीको समाचार आउने गर्छ । त्यहाँबाट आउने समाचार भनेकै कोही प्रशिक्षकलाई भ्रष्टाचारको आरोपमा समाएको, कसैले खेल मिलेमतो गरेको भन्ने खालकै त हो । भर्खर यस्तै असाध्यै खराब समाचार आएको छ र त्यसले भन्छ, चिनियाँ फुटबल अझ बढी संकटमा धकेलिएको छ ।

चिनियाँ घरेलु फुटबलको सबैभन्दा सफल र नाम चलेको क्लब हो, ग्वाङ्चोउ एफसी । यही क्लबले अर्को सिजन चीनमा व्यावसायिक फुटबल खेल्न पाउन छैन । कारण, क्लब ठूलै ऋणमा डुबेको छ । 

जतिबेलासम्म ऋण तिरिने छैन, यसको भलो छैन । चाइनिज सुपर लिग अर्थात सीएसएलको आठपल्टको च्याम्पियन हो, ग्वाङ्चोउ ।

अझ त्यतिमात्र होइन, यसले सन् २०१३ देखि २०१५ बीच तीनपल्ट एसियाली च्याम्पियन्स लिग जितेको थियो । त्यतिले पनि नपुगेर क्लब वर्ल्डकपमा चौथो स्थानसम्म आएको टिम हो । रियल मड्रिडसँग यसको साझेदारी पनि थियो । यसले एक लाख दर्शक क्षमताको रंगशाला बनाउने योजना पनि अगाडि सारेको थियो ।

हुँदाहुँदै अब यही ग्वाङ्चोउलाई व्यावसायिक फुटबल खेल्नबाट प्रतिबन्ध लागेको छ । क्लबले यति भने भनेको छ, ‘हामीले आस मारेका छैनौं, हामी बलियो भएर फर्कने छौं ।’

अब यी सब सपना मात्र हुनेछन् । सन् २०१० मा यो क्लब दोस्रो डिभिजनमा हुँदा यसलाई चीन एभरग्रान्डेले किनेको थियो । यसले रियल स्टेटको व्यवसाय गथ्र्यो । त्यतिबेला यो व्यवसाय आफैंमा चरम सफलतातर्फ अग्रसर थियो । त्यसैले एभरग्रान्डेले ग्वाङ्चोउ किनेलगत्तै यसमा अत्यधिक लगानी गर्यो । त्यही बेला त हो, चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि विश्वकप नै जित्ने सपना देखेको ।

सन् २०१२ मा यो क्लबका प्रशिक्षक थिए, मार्सेलो लिपी । उनी त्यही प्रशिक्षक हुन्, जसले इटालीलाई विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि अर्का प्रशिक्षकका रूपमा लुइज फिलिप स्कोलारी पनि आए । उनी पनि ब्राजिलका लागि विश्वकप जित्ने प्रशिक्षक हुन् । यसबीच नामी खेलाडी पनि धेरै आए । तिनले पाउने तलब पनि युरोपका कुनै क्लबको भन्दा कम थिएन ।

लागिरहेको थियो, के यो चिनियाँ लिगले कतै इङ्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा र इटालीको सिरी ‘ए’ लाई टक्कर दिने त होइन ? तर समय र परिस्थिति जहिल्यै अनुकूल रहेन, विस्तारै सबथोक बिग्रन थाल्यो । 

हुँदाहुँदै अब यही ग्वाङ्चोउलाई व्यावसायिक फुटबल खेल्नबाट प्रतिबन्ध लागेको छ । क्लबले यति भने भनेको छ, ‘हामीले आस मारेका छैनौं, हामी बलियो भएर फर्कने छौं ।’