चैत्र ४, २०८२ बुधबार | २०:१६:३३
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
शनिबारको दिन अन्तर्राष्ट्रिय फुटबल

विश्वको शक्तिशाली मुलुक चीनको फुटबल भने संकटतिर

काठमाडौं । फुटबललाई लिएर चीनबाट बिरलै मात्र खुसीको समाचार आउने गर्छ । त्यहाँबाट आउने समाचार भनेकै कोही प्रशिक्षकलाई भ्रष्टाचारको आरोपमा समाएको, कसैले खेल मिलेमतो गरेको भन्ने खालकै त हो । भर्खर यस्तै असाध्यै खराब समाचार आएको छ र त्यसले भन्छ, चिनियाँ फुटबल अझ बढी संकटमा धकेलिएको छ ।

चिनियाँ घरेलु फुटबलको सबैभन्दा सफल र नाम चलेको क्लब हो, ग्वाङ्चोउ एफसी । यही क्लबले अर्को सिजन चीनमा व्यावसायिक फुटबल खेल्न पाउन छैन । कारण, क्लब ठूलै ऋणमा डुबेको छ । 

जतिबेलासम्म ऋण तिरिने छैन, यसको भलो छैन । चाइनिज सुपर लिग अर्थात सीएसएलको आठपल्टको च्याम्पियन हो, ग्वाङ्चोउ ।

अझ त्यतिमात्र होइन, यसले सन् २०१३ देखि २०१५ बीच तीनपल्ट एसियाली च्याम्पियन्स लिग जितेको थियो । त्यतिले पनि नपुगेर क्लब वर्ल्डकपमा चौथो स्थानसम्म आएको टिम हो । रियल मड्रिडसँग यसको साझेदारी पनि थियो । यसले एक लाख दर्शक क्षमताको रंगशाला बनाउने योजना पनि अगाडि सारेको थियो ।

हुँदाहुँदै अब यही ग्वाङ्चोउलाई व्यावसायिक फुटबल खेल्नबाट प्रतिबन्ध लागेको छ । क्लबले यति भने भनेको छ, ‘हामीले आस मारेका छैनौं, हामी बलियो भएर फर्कने छौं ।’

अब यी सब सपना मात्र हुनेछन् । सन् २०१० मा यो क्लब दोस्रो डिभिजनमा हुँदा यसलाई चीन एभरग्रान्डेले किनेको थियो । यसले रियल स्टेटको व्यवसाय गथ्र्यो । त्यतिबेला यो व्यवसाय आफैंमा चरम सफलतातर्फ अग्रसर थियो । त्यसैले एभरग्रान्डेले ग्वाङ्चोउ किनेलगत्तै यसमा अत्यधिक लगानी गर्यो । त्यही बेला त हो, चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि विश्वकप नै जित्ने सपना देखेको ।

सन् २०१२ मा यो क्लबका प्रशिक्षक थिए, मार्सेलो लिपी । उनी त्यही प्रशिक्षक हुन्, जसले इटालीलाई विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि अर्का प्रशिक्षकका रूपमा लुइज फिलिप स्कोलारी पनि आए । उनी पनि ब्राजिलका लागि विश्वकप जित्ने प्रशिक्षक हुन् । यसबीच नामी खेलाडी पनि धेरै आए । तिनले पाउने तलब पनि युरोपका कुनै क्लबको भन्दा कम थिएन ।

लागिरहेको थियो, के यो चिनियाँ लिगले कतै इङ्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा र इटालीको सिरी ‘ए’ लाई टक्कर दिने त होइन ? तर समय र परिस्थिति जहिल्यै अनुकूल रहेन, विस्तारै सबथोक बिग्रन थाल्यो । 

हुँदाहुँदै अब यही ग्वाङ्चोउलाई व्यावसायिक फुटबल खेल्नबाट प्रतिबन्ध लागेको छ । क्लबले यति भने भनेको छ, ‘हामीले आस मारेका छैनौं, हामी बलियो भएर फर्कने छौं ।’