चैत्र ४, २०८२ बुधबार | ०३:१४:०२
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी
शनिबारको दिन फिफा विश्वकप २०२६ एसियाली छनोट

के भइरहेछ एसियाली विश्वकप छनोटमा ?

काठमाडौं । एसियाली विश्वकप फुटबल छनोट अहिले तेस्रो चरणमा छ । यो क्षेत्रका फुटबल शक्तिहरू अमेरिकासहित तीन देशमा हुने सन् २०२६ मा हुने विश्वकपमा सिधा प्रवेशका लागि प्रयासरत छन् । के छ अहिलेको स्थिति ? तेस्रो चरणमा कुल १८ टिम छन् । तिनलाई तीन समूहमा विभाजन गरिएको छ । भनेपछि प्रत्येक समूहमा ६-६ टिम छन् ।

प्रत्येक टिमले अर्कोसँग दुईपल्ट खेल्नेछन् । अहिले प्रत्येक समूहमा ६ चरणको खेल सकिसकेको छ, अब ६ खेलमात्रै बाँकी छ । प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले विश्वकपमा सिधा प्रवेश पाउनेछ ।

सबैभन्दा पहिले समूह ‘ए’ मा जाने हो भने अपेक्षाअनुसार १६ अंकसहित इरान नै अगाडि छ । इरानलाई सायद अब रोक्न सकिन्न ।

विश्वकपको एसिया छनोट आफैंमा लामो छ । यसको चौथो चरण पनि हुनेछ । यसमा ६ टिम हुनेछन् । यी हुनेछन् तेस्रो चरणको प्रत्येक समूहमा तेस्रो र चौथो स्थानमा रहेका टिम ।

प्रश्न हो, दोस्रोमा को होला ? सम्भवतः उज्वेकिस्तान आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकप छनोट हुने बलियो सम्भावनाबाट गुज्रिरहेको छ । टोलीसँग १४ अंक छ । यो तेस्रोमा रहेको यूएईमाथि ३ अंकको अग्रता हो ।

समूह ‘बी’ मा दक्षिण कोरिया अगाडि छ र टोलीसँग १४ अंक छ । उसको पछाडि इराक ११ अंकमा छ । यस समूहबाट पनि दक्षिण कोरिया विश्वकपमा छनोट हुने लगभग निश्चित जस्तै छ ।

जापानिज राष्ट्रिय फुटबल टोली । 

समूह ‘सी’ मा जापानको १६ अंक छ । यो टिम लगभग विश्वकपमा छनोट भइसक्यो भन्दा हुन्छ । दोस्रोमा छ अस्ट्रेलिया । टोलीसँग ७ अंकमात्र छ । टोलीको ठीक पछाडि ६ अंकसहित इन्डोनेसिया छ । इन्डोनेसियापछि साउदी अरेबिया ६ अंकमै छ ।

यस्तोमा इन्डोनेसियाले पनि विश्वकप छनोटको सपना छोडेको छैन । भर्खरै इन्डोनेसियाले साउदी अरेबियालाई हराएर तहल्का मच्चाएको थियो । जापानलाई छाडेर यो समूहमा जे पनि हुनसक्छ, किनभने पुछारका दुई स्थानमा रहेका बहराइन र चीनसँग पनि ६ अंक नै छ ।

विश्वकपको एसिया छनोट आफैंमा लामो छ । यसको चौथो चरण पनि हुनेछ । यसमा ६ टिम हुनेछन् । यी हुनेछन् तेस्रो चरणको प्रत्येक समूहमा तेस्रो र चौथो स्थानमा रहेका टिम । यी ६ टिमलाई पनि दुई समूहमा विभाजन गरेर खेल हुनेछ । यसको समूह विजेता दुई टिम विश्वकपमा पुग्नेछन् । दोस्रो स्थानमा रहने टिमको सम्भावना अझै कायम हुनेछ ।

पाँचौं चरणमा दुई टिम हुनेछ । तिनीहरूबीच प्लेअफ चल्नेछ । यी हुनेछ चौथो चरणको समूह उप–विजेता । यसको विजेताले विश्वकप प्रवेशका लागि अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । छनोटको दोस्रो चरणबाट बाहिरिएका २४ टिमले भने अब सन् २०२७ को एसिया कप छनोट खेल्नेछन् । यसमा नेपाल पनि पर्दछ । 

ओमानविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै इराकका खेलाडी ।