पुस १७, २०८२ शुक्रबार | ०२:४९:५०
एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ
शनिबारको दिन म्यानचेष्टर युनाइटेड

समर्थक उत्साहित हुनेगरि युनाइटेडमा परिवर्तन

काठमाडौं । म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन एमोरिमलाई मुख्य प्रशिक्षकको नियुक्त गर्ने भएको छ । एमोरिम हाल पोर्चुगलकै स्पोर्टिङ लिस्बनका मुख्य प्रशिक्षक छन् । एमोरिम औपचारिक रुपमा नोभेम्बर ११ बाट युनाइटेडको प्राविधिक क्षेत्रमा हुनेछन् ।

युनाइटेडले गत सोमबार एरिक टेन हागलाई बर्खास्तगी गरेको थियो । उनको बर्हिगमनपछि रुड भान निस्टलरोय अस्थायी मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । युनाटेडका पूर्वस्ट्राइकर निस्टलरोय आगामी तीन खेल सम्हाल्नेछन् । युनाइटेडले अबका तीन खेलमा चेल्सी, पिएओके र लेस्टर सिटीको सामना गर्दैछ ।

बेलायती सञ्चारमाध्यमहरुका अनुसार एमोरिमले युनाइटेडसँग सन् २०२७ सम्मका लागि सम्झौता गर्नेछन् । तीन वर्ष पूरा गरे, उनलाई थप एक वर्ष ओल्ड ट्राफोर्डमा रहने विकल्प खुला हुनेछ ।

सिजनको बीचमा लिस्बन पुगेका उनले लगत्तै अर्को सिजन पोर्चुगलको तेस्रो ठूलो क्लब मानिने लिस्बनलाई लिग उपाधि जिताएका थिए । जुन लिस्बनले १९ वर्षमा जितेको पहिलो लिग उपाधि थियो ।

एमोरिम युनाइटेडको मुख्य प्रशिक्षक बन्ने पक्का भए पनि उनले आफ्ना सहायकहरु को-को ल्याउँछन्, पक्का भइसकेको छैन । एमोरिमलाई युनाइटेडले सजिलै आफ्नो बनाउन सकेको भने होइन । लिस्बनले उनलाई छाड्नका लागि युनाइटेडसँग कम्तीमा ९ करोड पाउन्ड लिएको छ । लिस्बनसँग सम्झैता गर्दा एमोरिमले क्लब परिवर्तन गर्न चाहेमा ३० दिन अगावै सूचना दिने सहमति गरेका थिए ।

तर युनाइटेड जानलाई उनले त्यसो गर्नु परेन । यसको कारण हो, लिस्बन र युनाइटेडबीच भएको छलफल र युनाइटेडले लिस्बनले मागे जति नै तिर्न लागेको रिलिज फी ।

स्पोर्टिङ लिस्बनमा प्रशिक्षक रहँदा रुबेन एमोरिम ।

३९ वर्षीय एमोरिमलाई प्रतिभाशाली प्रशिक्षक मानिन्छ । खासै पहिचान नबनाइसकेका युवा खेलाडीलाई स्टारमा परिणत गर्न खप्पिस एमोरिमले लिस्बनलाई गएका दुई सिजन पोर्चुगाली लिगको च्याम्पियन बनाएका थिए । लिस्बनभन्दा बलिया मानिने पोर्टो र बेनफिकालाई पछि पार्दै च्याम्पियन बन्न सकेकाले एमोरिमको चर्चा युरोपेली फुटबलमा हुँदै आएको छ ।

पोर्चुगलकै अर्को क्लब ब्रागा सम्हालिरहेका एमोरिमलाई लिस्बनले सन् २०२० मा आफ्नो मुख्य प्रशिक्षक बनाएको थियो । सिजनको बीचमा लिस्बन पुगेका उनले लगत्तै अर्को सिजन पोर्चुगलको तेस्रो ठूलो क्लब मानिने लिस्बनलाई लिग उपाधि जिताएका थिए । जुन लिस्बनले १९ वर्षमा जितेको पहिलो लिग उपाधि थियो ।

गत सिजन लिग उपाधि रक्षा गरेको लिस्बनले दुई घरेलु कप पनि जितेको थियो । उसो त उनले ब्रागालाई पनि घरेलु कप जिताएका थिए । यो सिजन पनि लिस्बन पोर्चुगाली लिगमा सर्वाधिक बलियो क्लबका रुपमा देखा परेको छ । नौ खेलमध्ये नौमा नै जित हात पारेको लिस्बले ३० गोल गरेको छ भने जम्मा दुई गोल खाएको छ । नयाँ ढाँचाको च्याम्पियन्स लिगमा पनि लिस्बनले एकै खेल हारेको छैन ।

गएको सिजन नै बर्खास्तगीमा पर्ने हल्ला भए पनि टेन हागलाई युनाइटेडले गत जुनमा नयाँ करार दिएको थियो । त्यससँगै उनले भनेका खेलाडीमाथि मन खोलेर खर्च गरेको युनाइटेडले यसपालि १४ मध्ये चार खेलमा मात्र जित हात पारेको छ ।

एमोरिमलाई मन पराउने क्लब युनाइटेड पहिलो होइन । यसअघि युनाइटेडको प्रतिद्वन्द्धी लिभरपुलले पनि एमोरिममाथि आँखा लगाएको थियो । योर्गन क्लोपले लिभरपुल छाड्ने बताएपछि एमोरिमले उनलाई प्रतिस्थापन गर्ने खबर आएका थिए । तर आखिरमा लिभरपुलले आर्ने स्लटलाई प्रशिक्षक बनाएको थियो । आफूहरुसँग कुराकानी गर्दागर्दै वेस्टह्यामका प्रतिनिधिसँग भेट गरेपछि लिभरपुलले एमोरिमलाई प्रशिक्षक बनाउने योजना त्यागेको थियो । पछि एमोरिमले वेस्टह्यामका प्रतिनिधिलाई भेट्नु गल्ती भएको स्वीकार गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक एरिक टेन हाग । 

एमोरिमले लिस्बन सम्हाल्न थालेको चार वर्ष भयो । यो बीचमा उनी लिस्बनका समर्थकमाझ लोकप्रिय बनेका छन् । यस्तोमा उनका लागि लिस्बनसँगको बिछोड सजिलो हुनेछैन ।

एमोरिमले प्रतिस्थापन गर्न लागेका टेन हाग अप्रिल २०२२ मा युनाइटेडका प्रशिक्षक बनेका थिए । पहिलो सिजन युनाइटेडलाई काराबाओ कप र गत मेमा एफए जिताए पनि लिगको प्रदर्शनको आधारमा उनको चर्को आलोचना हुँदै आएको थियो । हाल युनाइटेड इङ्लिस प्रिमियर लिगको १४ औँ स्थानमा छ।

गएको सिजन नै बर्खास्तगीमा पर्ने हल्ला भए पनि टेन हागलाई युनाइटेडले गत जुनमा नयाँ करार दिएको थियो । त्यससँगै उनले भनेका खेलाडीमाथि मन खोलेर खर्च गरेको युनाइटेडले यसपालि १४ मध्ये चार खेलमा मात्र जित हात पारेको छ ।

भएका खेलाडीका उचित प्रयोग गर्न नसकेको भनेर टेन हाग आलोचित भएका टेन हगभन्दा ठ्याक्कै उल्टो धाराणा छ एमोरिमबारे । एमोरिमलाई नचिनिएका खेलाडीलाई स्टारमा परिणत गर्ने प्रशिक्षकका रुपमा चिनिन्छ । त्यसमाथि उनी आक्रामक फुटबल खेलाउन मन पराउने प्रशिक्षक हुन् । उनको टिम लिस्बन पोर्चुगलमा केही समययता धेरै गोल गर्ने र कम गोल खाने टिमका रुपमा परिचित छ ।

स्पोर्टिङ लिस्बनमा प्रशिक्षक रहँदा रुबेन एमोरिम ।

सामान्यतया ३-४-३ संरचनामा खेलाउने एमोरिमले युनाइटेडमा तत्कालै प्रभाव पार्ने विश्वास गरिएको छ । लिस्बनमा एकेडेमीका युवा खेलाडीलाई भनेजति खेल्ने मौका दिएका उनले युनाइटेडमा त्यही सिलसिलालाई जारी राख्ने अनुमान छ ।