चैत्र १३, २०८२ शुक्रबार | ०९:४०:००
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन बालन डी अर

छायाँमा रोड्रिको बालन डी’अर

काठमाडाै‌ । यसपल्टको बालन डी’अरको अवार्डमा साह्रै नमज्जा भयो । त्यसो त कहीं त्यस्तो अवार्ड छैन् होला, जसमा कुनै न कुनै विवाद नहुँदो हो । तर यसपल्टको बालन डी’अरमा अलिकति बढी नै भयो । यसपल्टको अवार्ड म्यानचेस्टर सिटीका स्पेनी मिडफिल्डर रोड्रीले पाए । तर धेरै उनका उपलब्धीको खोजीनीति गर्नु भन्दा रियाल मड्रिड र उसका ब्राजिली खेलाडी भिनिसियस जुनियरले के भने त्यसमै बढी केन्द्रित रहे ।

यो त एक प्रकारले रोड्री र उनको खेल प्रति अन्याय नै हो । रोड्रिको उपलब्धीतिर जाउँ नै सबैभन्दा पहिले । उनले स्पेनका लागि युरो २०२४ जिते । स्पेनले एक जमानामा दुई युरो र एक विश्वकप जितेको थियो । त्यसयता विश्व फुटबलको महाशक्ति यो देशको खेल खस्कन थालेको थियो । अब स्पेनी फुटबल कमजोर भयो भन्ने थियाे ।

त्यसो त सन् २०२४ को युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेर स्पेनले देखाएको छ, हाम्रो फुटबल त्यति धेरै पनि बिग्रेको छैन् कि सबैले चिन्ता नै गर्नु परोस र । स्पेन युरो २०२४ को उपाधिका लागि पूर्णतः हकदार थियो, उत्कृष्ट टिम बनेर नै उपाधि जितेको थियो । युरो २०२४ को उपाधि यात्रामा रोड्रिको भूमिका मुख्यनै रह्यो ।

एकलाई जित्नु थियो, रोड्रीले जिते । भिनिसियले उठाएका मुद्दा त अझ डरलाग्दा छन् । उनले अवार्ड जितेनन्, किनभने उनी अश्वेत हुन्, अवार्डमा समेत रंगभेदी व्यवहार लागू भयो भन्ने कुरा उठेको छ । स्पेनी फुटबलकै एक तप्काले उनको छालाको रंगलाई लिएर गलत व्यवहार गर्ने गर्छन् ।

त्यसैले उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका लागि पनि उनको प्रदर्शन उत्तिकै उम्दा रहेको थियो । सिटीले लगातार चौथो पल्ट विश्व फुटबलको सबैभन्दा लोकप्रिय लिगको उपाधि जितेको थियो । सिटीका प्रशिक्षक हुन्, पेप ग्वार्डिओला । उनको फुटबल ज्ञानमा शंका गर्न पाइन्न होला । उनी बेजोड नै छन् । 

राष्ट्रिय जर्सीमा रोड्री । 

उनकै शब्दमा रोड्री अहिलेको पुस्ताका खेलाडीमध्ये विश्वकै सबैभन्दा उत्कृष्ट मिडफिल्ड हुन् । रोड्रीले पनि ठीकै प्रतिक्रिया दिएका छन् । उनी भन्थे, अरूको कुरामा किन बढी ध्यान दिने, आफू त आफ्नै टिम र खेलमा केन्द्रित छुं । अब भिनिसियसको कुरा । यी ब्राजिली फरवार्डले रियल म्याड्रिडका लागि दुई ठूला उपाधि जिते । एक त स्पेनी ला लिगाको उपाधि । अर्को युरोपेली च्याम्पियन्स लिग ।उनको उपलब्धी पनि कम्तीको छैन् । तर यो रोड्रीको उपलब्धी भन्दा धेरै बढी भन्न त मिल्दैन होला । 

सायद बराबरकै थिए । एकलाई जित्नु थियो, रोड्रीले जिते । भिनिसियले उठाएका मुद्दा त अझ डरलाग्दा छन् । उनले अवार्ड जितेनन्, किनभने उनी अश्वेत हुन्, अवार्डमा समेत रंगभेदी व्यवहार लागू भयो भन्ने कुरा उठेको छ । स्पेनी फुटबलकै एक तप्काले उनको छालाको रंगलाई लिएर गलत व्यवहार गर्ने गर्छन् ।

यो सर्वाथा अस्विकार्य छ । यस्ता कामलाई त निर्मुल नै पार्नु पर्छ, त्यो पनि कठोर बनेर । तर अवार्ड कार्यक्रमसँगै यसलाई जोडिनु पनि ठीक हुन्न । रियालले विश्व फुटबलको जत्तिकै ठूलो र महान क्लब भएको दाबी गरे पनि उसले अवार्ड कार्यक्रम नै बहिस्कार गरेर खल्लो बनाएको छ । सबैलाई राम्रोसँग के थाहा छ भने लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले यो अवार्ड जित्दा पनि असन्तोष त थियो नै । 

भिनिसियस जुनियर । 

विश्व फुटबलमा स्पेनको जगजगी भएकै बेला एकपल्ट मेसीले अवार्ड जिते । अनि उनी आफैले आश्चर्य मान्दै भनेका थिए, सायद यसका हकदार अरू नै थिए कि ? यी अरू हकदार मानिएकाले मेसीको उपलब्धीमा नानाथरी प्रश्न उठाएनन् । त्यसैले निचोड हो, यसपल्ट रोड्री नै यस अवार्डका विजेता रहे, यसमै खुसी हुन सक्नु पर्छ ।