पुस १३, २०८२ सोमबार | १९:३२:२७
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी
शनिबारको दिन साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः नेपालको समूहमा भुटानको ‘जगजगी’

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भुटानी प्रशिक्षक निकोला डेमिनले भनेकी थिइन्, ‘हामीले प्रतियोगिताका लागि तयारी सुरु गरेको ९ महिना भइसक्यो । मैले भुटानको फुटबल संस्कृतिबारे नजिकबाट बुझ्ने प्रयास गरेको छु । हाम्रो लक्ष्य भनेको उत्कृष्ट खेलेर सेमिफाइनल प्रवेश गर्नु हो ।’

भुटानको समूह ‘बी’ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालसँग खेलेको थियो । खेल हुनुअघि डेमिन बोलिन्, ‘यो खेलमा दबाब नेपाललाई हुनेछ, किनभने नेपाल घरमा खेल्दै छ ।’

डेमिन आत्मविश्वासी थिइन् । तर, कागजमा हेर्ने हो भने नेपाल खेलका लागि निर्विकल्प दाबेदार थियो । त्यस्तो किन ? नेपाल भुटानविरुद्ध त्यस खेलअघि साफ च्याम्पियनसिपमा चार पटक खेलेको थियो । यी चार खेलमा नेपालले भुटानको पोस्टमा २३ गोल गरेको थियो । जहाँ ८-० को विजय नतिजा दुई पटक सम्भव भएको थियो । भुटानले भने नेपालविरुद्ध एक गोल पनि गर्न सकेको थिएन/ छैन ।

यसपालि डेमिनले भनेजस्तै भयो । नेपालले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । जसका कारण साफ च्याम्पियनसिप इतिहासमै नेपालले भुटानसँग बराबरी खेल्नुपर्यो ।

सेमिफाइनलमा अघिल्लो संस्करणमा नेपालले भारत र भुटानले बंगलादेशविरुद्ध खेलेको थियो । यसपालि पनि यही समीकरण तयार भएको छ । दुवै सेमिफाइनल आइतबार हुनेछ ।  

यिनै दुई टोलीले समूह ‘बी’ बाट अन्तिम चारमा स्थान बनाए । नेपालविरुद्धको खेलपछि डेमिनले फेरि प्रतिक्रिया दिइन्, ‘अबको हाम्रो लक्ष्य भनेको बाँकी टोली श्रीलंका र माल्दिभ्सविरुद्ध बढीभन्दा बढी गोल गर्ने अनि सेमिफाइनल समीकरण सहज बनाउने ।’

भुटान र माल्दिभ्स प्रतिस्पर्धा गर्दै । 

डेमिनले बोल्न मात्र बोलिनन्, गरेरै देखाइन् । दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले निराश पारेको भुटान तेस्रो खेलमा माल्दिभ्समाथि १३-० को जित हासिल गर्न सफल रह्यो । जसको मतलब भुटानले तीन खेलमा ७ अंक जोड्यो । 

समूह ‘बी’ को अन्तिम खेल नेपालविरुद्ध श्रीलंकाको थियो । यो खेलको निर्धारित समयसम्म पनि भुटान शीर्षस्थानमा थियो । जतिबेलासम्म नेपाल ५-० ले अगाडि थियो । तर, अन्त्यमा नेपाल एक गोल थप्दै शीर्षस्थानमा उक्लियो । भएको के थियो ?नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो । भुटानले तेस्रो खेलमा माल्दिभ्सविरुद्ध फराकिलो अन्तरको जित हासिल गरेसँगै नेपालमाथि दबाब थपिएको थियो । नेपालले शीर्षस्थानमा रहेर अन्तिम चारमा प्रवेश गर्नु थियो भने अन्तिम खेलमा श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले हाराउनुपर्ने स्थिति सिर्जना भयो । श्रीलंकाविरुद्ध नेपालले निर्धारित समयसम्म ५ गोलमात्र गर्न सक्यो । ५ गोलपछि लामो समयसम्म गोल नै निस्केको थिएन । इन्जुरी समयमा फरवार्ड रश्मिकुमारी घिसिङको हेडर गोलमार्फत नेपालले आफ्नो इज्जत जोगायो र समूह विजेता बन्यो ।

नेपालसँगको हारसँगै श्रीलंकाको यात्रामा पूर्णविराम लाग्यो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको श्रीलंकाले नेपाललाई हराउन सक्थ्यो भने सेमिफाइनलमा प्रवेश गथ्र्यो र पाँच पटकको उपविजेता नेपाल प्रतियोगिताबाट बाहिरिन्थ्यो ।

नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दै । 

लगातार दुई संस्करण सेमिफाइनल पुगेको भुटानले साफ च्याम्पियनसिप इतिहासमा विपक्षी टोलीलाई यत्तिको दबाब दिन सकेको यो पहिलो पटक हो । भुटानले इतिहासमै पहिलो पटक अपराजित रहेर समूह चरण टुंग्याएको छ । अनि माल्दिभ्सविरुद्धको त्यो फराकिलो अन्तरको जित भुटानी फुटबलमै सबैभन्दा बढी गोल अन्तरको जित रह्यो । त्यसैले नेपालको नजर उपाधि हो, त्यसमा कुनै शंका छैन । भुटानको पनि लक्ष्य त्यही नै हुनेछ ।

माल्दिभ्सविरुद्धको खेलपछि डेमिनको त्यो प्रतिक्रियाले पनि प्रस्ट हुन्छ, उनीहरू पनि उपाधिका लागि भोकाएका छन् । उनले भनेकी थिइन्, ‘म भुटानी महिला फुटबलको स्तर माथि आएको छ भनेर दाबी त गर्न सक्दिनँ, किनभने मैले भुटानी फुटबल सम्हालेको धेरै भएको छैन । तर, हामी राम्रो फुटबल खेल्न सक्ने टोली भएका छौं । भुटान सेमिफाइनललाई तयार छ ।’

सेमिफाइनलमा अघिल्लो संस्करणमा नेपालले भारत र भुटानले बंगलादेशविरुद्ध खेलेको थियो । यसपालि पनि यही समीकरण तयार भएको छ । दुवै सेमिफाइनल आइतबार हुनेछ ।