काठमाडौं । ‘एपिएफका प्रशिक्षकले पनि अब म कमब्याक गर्न सक्छु भन्ने आश राखेका थिएनन्,’ दूर्भाग्यजनक रुपमा आइलागेको चोटले करियरलाई झण्डै दुई वर्ष बिथोले पनि उच्च मनोबलका साथ गरेको मेहनत सफल भएपछि राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान रेणुका नगरकोटे आफैमाथि गर्व गर्छिन ।
एउटा फुटबलरले निराशाजनक रुपमा दुई वर्ष मैदानबाहिर बिताउनुपर्दाको पीडाका सबै पक्ष उनले प्रत्यक्ष अनुभव गरेकी छन् । यही कारण करिब दुई वर्षको उतारचढावलाई शाहसिक पुनरागननको गन्तव्यमा पुर्याएकी रेणुका गर्वसाथ भन्छिन्, ‘कसैले पत्याएका थिएनन् । तर म मैदान फर्किएकी छु । अब उच्च प्रदर्शनबाट फेरि आफूलाई स्थापित गर्नेछु ।’
साफ महिला च्याम्पियनसिप-२०२४ का निम्ति घोषित टिममा रेणुका सबैभन्दा अनुभवी खेलाडी हुन् । दुई वर्षअघिको चोटले मैदान छोड्न बाध्य बन्नुअघि नेपाली राष्ट्रिय महिला टिम उनकै प्रेरणादायी नेतृत्वमा थियो ।
चोटले सताउँदा पछिल्लो दुई वर्ष बाहिर रहनु उनको करियरकै सबैभन्दा खराव परिस्थिती बन्यो । १९औँ एसियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षणमा रहँदा असार २० गते रेणुकाको बायाँ क्ल्याभिकल बोन (घाँटीमुनिको हड्डी)मा चोट लागेको थियो । असार २१ गते भएको शल्यक्रियापछि क्ल्यारिकल बोनमा स्टिल राखिएको थियो । चोटका कारण रेणुकाले ०७९ भदौ तेस्रो सातादेखि असोज पहिलो सातासम्म घरमै भएको साफ महिला च्याम्पियनसिप गुमाइन् । यो चोटले रेणुकालाई सात महिना मैदानबाहिर बस्न बाध्य बनाएको थियो ।
अस्ट्रेलिया उड्न उनले करिकुलम भिटा (सिभी) समेत बनाएकी थिइन् । अस्ट्रेलियाको भिसा पनि आयो । तर, डेढ दशक लामो फुटबल करियरलाई चटक्कै छोड्न पनि रेणुकाको मन मानेन ।
सात महिनापछि माघमा रेणुकाले राष्ट्रिय टिममा पुनरागमन गरिन् । एक वर्ष मैदानमा डटिन । त्यसबेलासम्म हड्डी भाँचिएको ठाउँमा स्टिल राखिएको थियो । तर, रेणुकाको यो पुनरागमन एक वर्षभन्दा लामो समय टिक्न सकेन । भारतसँगका दुई मैत्रीपूर्ण फुटबल र चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फिर्ता आएपछि स्टिल झिक्न फेरि शल्यक्रिया गर्नुपर्यो । त्यसको एक महिनामै फेरि त्यही हड्डी भाँच्चियो । त्यसपछि फुटबलर रेणुकाको करियर अप्ठेरोमा पर्यो, उनमा झनै तनाव थपियो ।
एउटै हड्डी दुईपटक भाँचिदा रेणुकालाई असह्य भयो । आत्मविश्वास धर्मराउन थाल्यो । ‘नेपाली फुटबलमै केही गरिछोड्छु’ भन्ने अठोटमाथिको विश्वास पातलिँदै गयो । ‘अब नेपाली फुटबलमा मेरो भविश्य छैन’ भन्नेसम्मको सोचले बेलाबखत सताउन थाल्यो । अनि रेणुकाले वर्तमान नेपाली फुटबलमा चलिरहेको लहर समात्दै विदेशीने मनसायसमेत बनाइन् ।
अस्ट्रेलिया उड्न उनले करिकुलम भिटा (सिभी) समेत बनाएकी थिइन् । अस्ट्रेलियाको भिसा पनि आयो । तर, डेढ दशक लामो फुटबल करियरलाई चटक्कै छोड्न पनि रेणुकाको मन मानेन । भिसा आइसकेपछि उनको मन बद्लियो । उनले देशमै बस्ने निर्णय लिइन् ।
‘पहिलो पटक चोट लाग्दा धेरै निराश थिएँ । विदेश जान्छु भन्ने सोच पनि आयो । अस्ट्रेलियाको लागि अप्लाई गरेँ, भिसा पनि आयो । तर, त्यसपछि धेरै कारणहरुले मेरो मन बद्लियो । यति लामो समय दिएर बनेको फुटबल करियर चटक्कै छोड्न सकिन । अनि देशमै बस्ने निर्णय गरे,’ रेणुका सम्झिन्छिन् ।
चोटले लामो समय मैदानबाट बाहिरिनु अघिसम्म रेणुकाको पाखुरामा राष्ट्रिय टिमको आर्मब्यान्ड निक्कै सुहाएको थियो । सन् २०१६ मा अनु लामालाई राष्ट्रिय टिमको कप्तानका रुपमा रेणुकाले स्थानान्तरण गरेकी थिइन् ।
नेपाली महिला फुटबलको सबैभन्दा उर्वर भूमी चन्द्रपुरकी रेणुकाको त्यो निर्णय अहिले सही सावित भएको छ । महिला लिगमा लिग लिडर एपिएफबाट उत्कृष्ट प्रदर्शन गर्दै रेणुकाले राष्ट्रिय टिममा फेरि पुनरागमन गरिसकेकी छन् । लिगमा आफ्नो पुनगरागमनलाई अब्बल बनाइरहेकी रेणुकाले राष्ट्रिय टिममा पनि उस्तै लयको लक्ष्य राखेकी छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय महिला लिग–२०२४ मा रेणुकाले तीन गोल गरेकी छन् । उनले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध दुई र स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध एक गोल गरेकी थिइन् ।
१५ वर्षको उमेरमा राष्ट्रिय टिमबाट ‘डेब्यू’
नेपाली महिला फुटबलमा सम्मानित नाम स्वर्गीय शेरबहादुर दर्लामीको रेखदेखमा रेणुकाले फुटबलमा पाइला राखेकी थिइन् । घर छेउमै रहेको मैदानमा केटाहरुसँग खाली खुट्टा खेल्दै फुटबलमा लगाव कस्दा रेणुका ११ वर्षकी थिइन् । चन्द्रनिगाहपुर (हालको चन्द्रपुर नगरपालिका) स्थित श्री दूर्गा माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्दै गर्दा रेणुका पहिलो पटक स्कुलस्तरीय प्रतियोगितामा सहभागी भइन् । त्यसको एक वर्षपछि नै उनले राष्ट्रिय टिमको ढोका खोलिन् । उनले राष्ट्रिय टिमबाट ‘डेब्यू’ नै सन् २०१० को साफ च्याम्पियनसिपबाट गरेकी थिइन् ।
‘१० कक्षामा पढ्दा राष्ट्रिय टिममा परेँ। त्यसबेला म विभागमा पनि थिइन् । उमेरले १५ वर्ष पुग्दै थिएँ,’ रेणुका भन्छिन्, ‘साफ च्याम्पियनसिपको पहिलो संस्करणबाटै मैले नेपालको लागि खेल्ने मौका पाएकी थिएँ । राष्ट्रिय टिमबाट खेलेर फर्किएपछि एसएलसी दिएको म अहिले पनि सम्झन्छु ।’
चोटले लामो समय मैदानबाट बाहिरिनु अघिसम्म रेणुकाको पाखुरामा राष्ट्रिय टिमको आर्मब्यान्ड निक्कै सुहाएको थियो । सन् २०१६ मा अनु लामालाई राष्ट्रिय टिमको कप्तानका रुपमा रेणुकाले स्थानान्तरण गरेकी थिइन् ।
‘हाम्रो टिम सँधै राम्रो हो । तर, पनि फाइनलमा पुगेर सधै हारिरहेका छौँ । यसपटक उपाधि जित्ने बलियो अठोट छ । यसपटक टिम पनि सन्तुलित छ । सँधै उपविजेतामात्रै बन्नु परेको इतिहासलाई यसपटक बदलेरै छोड्छौं,’ रेनुका भन्छिन् रेणुका प्रतिबद्ध छिन् ।
नेपाली महिला फुटबलमा अनु लामाबाट प्रभावित रेणुकाले उनैलाई देखेर विभागीय टिमबाट खेल्ने सपना बुनेकी थिइन् । यही कारण उनले एपिएफलाई नै आफ्नो लक्ष्य बनाएकी थिइन् । त्यही लक्ष्य पछ्याउँदै उनले २०११ मा एपिएफबाट पहिलो पटक करारमा एक वर्ष खेलिन् । एक वर्षपछि एपिएफ छोडेर आर्मीबाट पनि उनले करारमा एक वर्ष खेलेकी थिइन । तर, त्यसपछि फेरि एपिएफ नै रेणुकाको स्थायी गन्तव्य बन्यो । आर्मीबाट फर्किएपछि पुरानो क्लबबाट फेरि तीन वर्ष उनले करार सम्भौताकै भरमा खेलिन् । त्यसपछि भने उनी सशस्त्र प्रहरी बलको जागिरे भइन् । अहिले उनी एपिएफमा जागिरे भएको नै ९ वर्ष पुगिसक्यो ।
साफ च्याम्पियनसिपको पहिलो संस्करण खेले पनि रेणुकाले २०१२ को संस्करण भने गुमाइन् । २०१६ मा सेमिफाइनलबाट बाहिरिँदा र २०१९ को फाइनलसम्म पुग्दा नेपालको नेतृत्व उनैको काँधमा थियो । अब, फुटबल करियरबाट संन्यास लिनुअघि रेणुकाको सपना छ, नेपाललाई महिला फुटबलको दक्षिण एसियाली च्याम्पियन बनाउने ।
‘हाम्रो टिम सँधै राम्रो हो । तर, पनि फाइनलमा पुगेर सधै हारिरहेका छौँ । यसपटक उपाधि जित्ने बलियो अठोट छ । यसपटक टिम पनि सन्तुलित छ । सँधै उपविजेतामात्रै बन्नु परेको इतिहासलाई यसपटक बदलेरै छोड्छौं,’ रेनुका भन्छिन् रेणुका प्रतिबद्ध छिन् ।