कार्तिक २९, २०८१ बिहीबार | २२:२०:०३
टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा नेपाल आइपुग्यो राष्ट्रिय महिला यु-१९ क्रिकेट टोली जुनियर टेनिसः असभ र राजवीर सेमिफाइनलमा पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पाउने मछिन्द्रको सहज जित दिगविजयको ह्याट्रिकमा आर्मीले सातदोबाटोलाई हरायो यु-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध टिआइए कपः आयोजक टिआइए क्वार्टरफाइनलमा नेपाल आइपुग्यो राष्ट्रिय महिला यु-१९ क्रिकेट टोली जुनियर टेनिसः असभ र राजवीर सेमिफाइनलमा पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी राष्ट्रिय महिला यु-१९ क्रिकेट टोलीका खेलाडीले जनही २ लाख ५० हजार पाउने मछिन्द्रको सहज जित दिगविजयको ह्याट्रिकमा आर्मीले सातदोबाटोलाई हरायो यु-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

फुटबलमा ‘डार्क आर्ट्स’

काठमाडौं ।  फुटबलमा ‘डार्क आर्ट्स’, के हो त यो ? कालो जादु ? टुनामुना ? पछिल्लो समय फुटबलमा ‘डार्क आर्ट्स’ बारे चर्चा चुलिएको छ । यसको अर्थ ठ्याक्कै फुटबलमा कालो जादु भने होइन । न त टुनामुना नै । एक साता जति अगाडि इङ्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीचको खेल निकै रोमाञ्चक रह्यो ।पहिलो हाफको इन्ज्युरी समयमै १० खेलाडीमा सीमित आर्सनलले सिटीसँग २-२ को बराबरी खेल्यो । खेल मैदानभित्र जति रोमाञ्चक थियो, मैदान बाहिर पनि यसको उतिकै चर्चा रह्यो । कारण थियो, फुटबलमा बिरलै सुनिने शब्द ‘डार्क आर्ट्स’ बारे बहस । के हो त ‘डार्क आर्ट्स’ ? सरल भाषामा भन्नुपर्दा यो फुटबल पिचमा आफू अनुकूल फाइदा उठाउन टिमहरूले प्रयोग गर्ने एउटा विवादास्पद रणनीति हो ।

तथ्यांकअनुसार हेर्ने हो भने ओप्टाका अनुसार प्रिमियर लिगमा सबैभन्दा बढी समय खेर फाल्ने टिममा आर्सनल र एस्टन भिल्ला सँगसँगै पहिलो स्थानमा पर्छन् ।  

विपक्षीको लयमा बाधा पुर्याउन र मनोवैज्ञानिक फाइदा प्राप्त गर्न समय खेर फाल्ने, घाइते भएजस्तो गरेर पिचमा मेडिकल सहायता लिने र झिना मसिना फाउल गरेर वा बललाई पिच बाहिर प्रहार गरेर खेल सुस्त बनाउनु नै हो, खासमा ‘डार्क आर्ट्स’ । यसकै प्रयोग गरेर खेल बराबरी गरेको आरोप आर्सनलमाथि लागेको थियो ।

आर्सनल र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै । 

केही सिटी खेलाडीले आर्सनलमाथि सिधा सिधा यस्तो आरोप लगाए । आर्सनलका व्यवस्थापक मिकेल आर्टेटाले यसबारे उत्तर दिएका छन् । उनले यसबारे विगतबाट सिकेको समेत प्रतिक्रिया दिए । उनले भनेका थिए, ‘हामीले जुन खेल खेल्नुपर्ने थियो, त्यही खेल खेल्यौं । फुटबलमा यो सामान्य नै हो ।’ आर्सनल १० खेलाडीमा सीमित भएपछि आर्सनलले यसरी खेलेको थियो ।

तथ्यांकअनुसार हेर्ने हो भने ओप्टाका अनुसार प्रिमियर लिगमा सबैभन्दा बढी समय खेर फाल्ने टिममा आर्सनल र एस्टन भिल्ला सँगसँगै पहिलो स्थानमा पर्छन् । प्रिमियर लिगको नियमअनुसार टिमले गोल-किक र फ्रिकिकबाट खेल फेरि सुचारु गर्नका लागि कुनै पनि निर्धारित समय तोकिएको छैन ।यसको स्थानमा रेफ्रीले नै खेल पुनः सुरु गर्दा खेलाडीले कति बढी समय लिने भन्ने निर्णय गर्नुपर्छ । प्रिमियर लिगमा मात्र नभएर अन्य ठूला लिगमा पनि यस्तै स्थिति छ । आलोचक र विज्ञले ‘डार्क आर्ट्स’ रणनीति अनुचित रहेको र खेल मर्यादा कमजोर पार्ने तर्क गर्छन् । कुनै टिमले आफ्नो फाइदाका लागि यसलाई प्रयोग गर्छन् भने यसले खेलभावना मर्ने आरोप छ ।

तर निश्चित छ, फुटबलमा यो ‘डार्क आर्ट्स’ कहिल्यै हराउने छैन ।