मंसिर ६, २०८१ बिहीबार | १४:४६:३६
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन योर्गन क्लोप

फुङ्ङ लिभरपुलमा वसन्त ल्याउने क्लोप

काठमाडौँ । फरक फरक क्षणलाई कैद गरेका तस्बिर  । अनि ती तस्बिरहरूलाई सँगाल्ने ठुल्ठूला कोलाज । लिभरपुल सहरको त्यो रंगीन आकाश, आकाशलाई रेकी गरिरहेका ड्रोन, तिनले पठाएका दृश्यांश । राता र सेता पाटा भएका मफ्लर, जो एकतमासले हल्लिइरहेका छन् । सायद त्यो दिन, कम्तीमा टेलिभिजन हेरिरहेकाहरूका लागि पनि भावानात्मक हुनेछ । एनफिल्डमै उपस्थित हुनेहरूका लागि त माहोल अझ आँसु थाम्नै नसकिने खालको होला ।

हो, त्यो दिन योर्गन क्लोपका लागि अन्तिम हुनेछ, लिभरपुलका प्रशिक्षकका रूपमा । गत शुक्रबार मात्र हो इङ्लिस क्लब लिभरपुलले आफ्ना जर्मन प्रशिक्षकले जारी सिजन सकिन साथ पद त्याग्न चाहेको जनाएको ।

जब उनी प्रशिक्षकका रूपमा अन्तिम पटक एनफिल्डको टचलाइनमा उभिनेछन्, तब धेरै दृश्य ‘स्लो मोसनमा’ कैद गरिनेछ । सायद त्यही बेला लिभरपुल समर्थकका मस्तिष्कमा ती तमाम दृश्यहरू बग्नेछन् । त्यो उपाधि र्याली । क्लोप र लिभरपुलका खेलाडी बसको छतमा छन् । छतमा लिभरपुलले जितेको उपाधि पनि राखिएको छ ।

जितपछि समर्थकसामु गएर क्लोपले देखाउने हाउभाउ, उत्तेजना, खुसी मनाउने तरिका, खेलाडीलाई अँगालो हाल्ने उनको बानी । यी सबै कुरा कसरी बिर्सन सकिन्छ र ?  

क्लोपसँग जोडिएका स्मृतिमा फगत उपाधि मात्र छैनन् । भलै, लिभरपुलका लागि ३० वर्षपछि जितेको त्यो लिग उपाधि असाध्यै महत्त्वपूर्ण हो । च्याम्पियन्स लिग सफलता पनि चानचुने थिएन । आखिरमा एउटा क्लबका लागि उपाधि मात्र पनि त सबैथोक होइन ।

समर्थकले प्रशिक्षकलाई सम्झिने उपाधि जितेकै भएर मात्र पनि त होइन । बरू प्रशिक्षकसँग जोडिएका ती तमाम स्मृति पनि बहुमूल्य छन् । जितपछि समर्थकसामु गएर क्लोपले देखाउने हाउभाउ, उत्तेजना, खुसी मनाउने तरिका, खेलाडीलाई अँगालो हाल्ने उनको बानी । यी सबै कुरा कसरी बिर्सन सकिन्छ र ?  

लिभरपुलले क्लोपलाई अक्टोबर, २०१५ मा प्रशिक्षक बनाएको थियो । प्रिमियर लिगमा उनका लागि लिभरपुलको प्रशिक्षकका रूपमा पहिलो खेल थियो टोटनहमविरूद्ध । बराबरीमा सकिएको त्यो खेलपछि लिभरपुल १० औं स्थानमा थियो । त्यसपछिका खेलहरूमा लिभरपुलले मिश्रित नतिजा निकालिरह्यो । मध्य डिसेम्बरमा वेस्ट ब्रुमसँग एनफिल्डमा हासिल गरेको त्यो बराबरीको नतिजाले लिभरपुललाई बल्ल नवौं स्थानमा पुर्याएको थियो ।

वेस्ट ब्रुमविरूद्धको खेल लिभरपुलका सजिलो भने थिएन । डिभोक ओरिगीले ९० औं मिनेटपछि गोल नगरेको भए लिभरपुल पराजित हुने थियो । बेल्जियमका स्ट्राइकरले गरेको त्यो गोल सायद एउटा संकेत थियो, अब लिभरपुल फरक बाटोमा अघि बढेको छ । आठ वर्षपछि त्यस खेलमा फर्कने हो भने यति भन्न सकिन्छ, संकेत सही थियो ।

वेस्ट ब्रुमविरुद्धको त्यो खेल यहाँ सम्झिनुपर्ने अर्को एक कारण पनि छ । रेलिगेसनबाट बच्न संघर्षरत वेस्ट ब्रुमसँग बराबरी खेलेपछि क्लोपले लिभरपुलका सबै खेलाडीलाई समर्थक सामुन्ने लगेको थिए । प्रशिक्षक र खेलाडीहरू सबैले एकअर्काको हात समातेर समर्थकलाई सम्बोधन गरेका थिए ।

डर्टमन्डलाई दुई पटक बुन्डेसलिगा जिताएका क्लोपले लिभरपुलको प्रस्ताव त्यत्तिकै स्वीकारेका थिएनन् । उनलाई थाहा थियो, लिभरपुल कुन स्तरको क्लब हो, यसको इतिहास कति समृद्ध छ भनेर । भलै, त्यसबेला लिभरपुलको वर्तमान कमजोर थियो ।

बराबरी गर्दा पनि यस्तो ? त्यसबेला धेरैले क्लोप र लिभरपुलको खिल्ली उडाए । यद्यपि समर्थकलाई यसरी सम्बोधन गर्नु, धन्यवाद दिनु जर्मन फुटबलमा चलिआएको चलन हो । क्लोप नेतृत्वमा रहेको बोरुसिया डटर्मन्ड होस् वा अरू टिम, सबैले यसरी समर्थकलाई धन्यवाद दिन्छन्, चाहे नतिजा हार नै किन नहोस् ।

जर्मन फुटलबको यो परम्पराको साक्षी बनेर क्लोप हुर्किएका हुन् । जसलाई उनले इङ्ल्यान्डमा पनि अभ्यास गर्न चाहे । जबकि इङ्ल्यान्डका अरू क्लबहरूलाई यो परम्परामा रूचि थिएन, छैन ।

यस्तै कारणले क्लोप फरक छन् । उनको व्यक्तित्व अरू प्रशिक्षकको भन्दा भिन्न छ । उनको व्यक्तित्वबारे लिभरपुल बेखबर थिएन, जब उनलाई प्रशिक्षक बन्ने प्रस्ताव राखिँदैथ्यो । उसो त डर्टमन्डलाई दुई पटक बुन्डेसलिगा जिताएका क्लोपले लिभरपुलको प्रस्ताव त्यत्तिकै स्वीकारेका थिएनन् । उनलाई थाहा थियो, लिभरपुल कुन स्तरको क्लब हो, यसको इतिहास कति समृद्ध छ भनेर । भलै, त्यसबेला लिभरपुलको वर्तमान कमजोर थियो ।

एक सिजनअघि मात्र प्रिमियर लिग उपाधिका लागि भिडेको लिभरपुल अंकतालिकाको मध्यभागमा रुमल्लिरहेको थियो । अब यो क्लबसँग लुइस स्वारेज थिएनन् । जसको बलमा लिभरपुल दोस्रो बनेको थियो । सर्वाधिक महत्त्वपूर्ण खेलाडीविना लिभरपुल भुत्ते बनेको थियो । यस्तो लाग्थ्यो, उपाधि जित्ने वा कम्तीमा नजिक पुग्ने बाटोबारे लिभरपुललाई अत्तोपत्तो थिएन ।

 लिभरपुल जत्तिको ठूलो क्लबमा मानक यही हो । यो मानकमा क्लोप अन्ततः खरो उत्रन सके । किनभने उनले लिभरपुललाई प्रिमियर लिगमात्र होइन च्याम्पियन्स लिग, क्लब विश्वकप, युरोपियन सुपर कप, एफए कप र लिग कप जिताए ।

हुन त त्यसबीचमा बाटो पहिल्याउने प्रयास लिभरपुलले नगरिरहेको भने थिएन । बाटो खन्न लिभरपुलले औजार तयार पारिरहेको थियो । औजार थिए, माइकल एडवाड्रस र इयान ग्राहम । यी दुई पर्दा पछाडि रहेर लिभरपुललाई बलियो बनाउने काममा लागेका थिए । तथ्यांक बटुल्न र तिनको विश्लेषण गरी खेलाडी पहिचान अनि अनुबन्ध गर्न खप्पिस यी दुईसँग तत्कालीन प्रशिक्षक ब्रेन्डन रोजर्स नजिक थिएनन् ।

एडवार्ड्स–ग्राहमसँग खेलाडी पहिचान र अनुबन्धका विषयमा रोजर्स सहमत नहुने भएपछि लिभरपुल लामो समय दिशाविहीन बनेको थियो । जसरी दिनहुँ क्लब सञ्चालन गर्ने पक्षहरू एक ठाउँमा उभिन सकेका थिएनन्, त्यसरी नै समर्थक पनि विभाजित थिए । कतिपयलाई लाग्थ्यो, तथ्यांकमा उभिएर खेलाडी अनुबन्ध गर्ने अभ्यास बेकार हो । तर आधुनिक फुटबलमा तथ्यांकको महत्त्व उच्च छ भनेर बुझ्ने समर्थकको संख्या पनि कमचाहिँ थिएन ।

रोजर्सको प्रशिक्षणमा लिभरपुल लगातार खराब खेलिरहेपछि लिभरपुल समर्थकले प्रशिक्षक परिवर्तनको माग उठाउन थालेका थिए । कतै राफेल बेनिटेज वा केनी डग्लसले पो लिभरपुलको उद्दार गर्न सक्छन् कि ? एक तप्का यसो भनिरहेको थियो ।

आधुनिक फुटबलमा प्रशिक्षक सधैं सुरक्षित हुँदैन । ऊ कति सफल छ, लेखाजोखा गर्न तरिका स्पष्ट छ उपाधि । लिभरपुल जत्तिको ठूलो क्लबमा मानक यही हो । यो मानकमा क्लोप अन्ततः खरो उत्रन सके । किनभने उनले लिभरपुललाई प्रिमियर लिगमात्र होइन च्याम्पियन्स लिग, क्लब विश्वकप, युरोपियन सुपर कप, एफए कप र लिग कप जिताए ।

हुनसक्छ, उनको नेतृत्वमा लिभरपुलले यो सिजन उपाधि संख्या थप्न सक्छ । हाल लिभरपुल प्रिमियर लिगको पहिलो स्थानमा छ । बाँकी दुई घरेलु प्रतियोगिता र युरोपा लिगको उपाधि दौडमा छ । जाँदा जाँदै क्लोपले केही जिताउन सकेनन् भने पनि उनीप्रतिको सम्मान घट्ने छैन । उनी आधुनिक लिभरपुल इतिहासको सर्वाधिक सफल प्रशिक्षकका रूपमा दर्ज भइसकेका छन् ।

इङ्ल्यान्डमा क्लोपले आफूलाई साबित गरेका अरू प्रमाण पनि छन् । ९७ अंकका साथ लिग उपविजेता बन्ने उनी पहिलो प्रशिक्षक हुन् । यत्तिको बढी अंक बटुल्दा लिग नजित्ने टिम लिभरपुल मात्र हो । प्रिमियर लिगमा कुनै समय क्लोपको टिमले उपलब्ध १०८ अंकमध्ये १०६ अंक हात पारेको थियो । सन् २०१८ देखि २०२२ को बीचमा क्लोपले लिभरपुललाई तीन पटक च्याम्पियन्स लिग फाइनल पनि पुर्याउन सके । यी तमाम तथ्यांकका आधारमा क्लोपलाई विश्व फुटबलकै उत्कृष्ट प्रशिक्षक पनि भनियो ।

लामो समय स्मृतिमा बाँचेको लिभरपुललाई क्लोपले जगाए । फुङ्ङ भएको लिभरपुलमा वसन्त ल्याए । सिटीका कारण एकखाले हुन लागेको प्रिमियर लिगलाई रोमाञ्चक बनाए ।

अहिलेको फुटबलमा सबैभन्दा सम्मान त्यही प्रशिक्षकको हुन्छ, जसले सबैभन्दा बढी उपाधि जितेको छ । यसको अर्थ हो, क्लोपले लिभरपुलमा थप उपाधि जित्नुपथ्र्यो । सायद क्लोप आफैं पनि यस्तो सोच्छन् कि ? सोच्नु गलत होइन ।

किनभने लिभरपुल पछिल्लो ५ वर्षमा दुई पटक लिग उपविजेता बन्यो, त्यो पनि मात्र १–१ अंकले । पेप ग्वार्डिओला प्रिमियर लिगमा नभइदिएको भए, म्यानचेस्टर सिटी त्यति विघ्न बलियो नभएको भए, क्लोपको घाँटीमा थप लिग पदक हुन्थ्यो । च्याम्पियन बन्न नसके पनि सन् २०१८–१९ र २०२१–२२ मा लिभरपुलले जुन लय देखाएको थियो, त्यो असाधारण थियो । तर यसो भनिरहँदा यो पनि सत्य हो, साँघुरो अन्तरमा लिग उपाधि गुमाउनुको पीडाले क्लोप र उनको टिमलाई धेरै समय खेदिरहनेछ ।

फुटबलमा अर्को सत्य पनि छ, प्रशिक्षकलाई केवल उनीहरूले जितेको उपाधिको भरमा मात्र मूल्यांकन गरिनु हुँदैन । आखिरमा उनीहरूले क्लब र लिगमा कस्तो छाप छाडेर गए, त्यो पनि हेरिनुपर्छ । लामो समय स्मृतिमा बाँचेको लिभरपुललाई क्लोपले जगाए । फुङ्ङ भएको लिभरपुलमा वसन्त ल्याए । सिटीका कारण एकखाले हुन लागेको प्रिमियर लिगलाई रोमाञ्चक बनाए ।

क्लोपको व्यक्तित्वबारे विभिन्न कोणबाट चर्चा गर्न सकिन्छ । चर्चा उनको एउटा विशेष बानीमाथि पनि हुनुपर्छ । यो बानी हो, सफलताको श्रेय अरूलाई पनि दिने र आफूलाई मात्र केन्द्रमा नराख्ने । पछिल्लो एक दशकमा लिभरपुलले धेरैजसो खेलाडी तथ्यांक विश्लेषण गरेर अनुबन्ध गरेको छ ।

क्लोपले आफूलाई कहिल्यै यो अभ्यास वा विधाको जानकारका रूपमा प्रस्तुत गरेनन् । लिभरपुलको ‘डेटा डिर्पाटमेन्ट’ लाई आफ्नो काम गर्न दिए । त्यहाँ दिनरात खटिनेहरूलाई ढाडस भने दिइरहे । उनीहरूले गरेको निर्क्याेल र पहिचान गरेका नयाँ खेलाडीलाई विश्वास गरे । खेलाडी पहिचान र अनुबन्धनमा रोजर्सले जस्तो अनावश्यक हस्तक्षेप गरेनन् । एडवार्ड्स र ग्राहमको विरुद्धमा उभिएनन्, बरू उनीहरूसँग सधैं सहकार्य गर्न चाहे । यसको प्रमाण धेरै पटक देखियो, विशेषगरी सन् २०१७ मा । त्यसबेला क्लोपलाई जर्मन प्लेमेकर युलियान ब्रान्ड्ट मन परेको थियो । तर एडवार्ड्सले क्लोपलाई मोहम्मद सलाह अनुबन्ध गर्न लागिएको जानकारी दिए । त्यसपछि के भयो, सबै जगजाहेर नै छ ।

क्लोपको समर्थक जगाउने, सन्देश दिने शैलीले अन्ततः काम गर्याे । ८ वर्षको यो अन्तरालमा समर्थक र टिमबीच अभूतपूर्व एकता देखियो । र, यो एकता त्यसै फुत्त आएको होइन । यसका लागि ‘क्लोप इन्जिनियरिङ’ महत्त्वपूर्ण रह्यो । 

क्लोप आफ्ना सहकर्मीलाई विश्वास गर्छन्, उनीहरूको प्रतिभाको उपयोग गर्छन् । यसका उदाहरण हुन्, जर्मन न्युट्रिसियनिस्ट मोम नेम्मर । नेम्मरलाई क्लोपले बायर्न म्युनिखबाट खोसेका थिए । लिभरपुलमा कुन खेलाडीले के खान्छन् भन्ने निर्णय गर्ने नेम्मरले नै हो । जब उनी आइन् । आफ्नो शैलीमा काम गर्न थालिन् । क्लबभित्र मजाक मजाकमा के भन्न थालियो भने लिभरपुलले कुनै दिन ‘रेसिपी बुक’ प्रकाशन गर्नेछ । सन् २०२१ मा मजाक वास्तविकतामा परिणत भयो ।

वेस्ट ब्रुमसँगको त्यो बराबरीपछि क्लोपले जे गरे, त्यसको सन्देश थियो, समर्थक नै हुन् सबैभन्दा महत्त्वपूर्ण । उनले स्पष्ट पारे, एनफिल्डमा विपक्षीलाई खेल्न गाह्रो बनाउने काम समर्थक पनि हो । ताकि वेस्ट ब्रुम जस्तो टिमले एनफिल्डमा एक अंक खोस्ने क्लोपले नै गर्न नसकुन् । सायद त्यसबेला समर्थकलाई जगाउन आवश्यक थियो । लामो समय फिक्का फुटबल हेर्न बाध्य भएका लिभरपुल समर्थकमा उत्साह मरेको थियो ।

क्लोपको समर्थक जगाउने, सन्देश दिने शैलीले अन्ततः काम गर्याे । ८ वर्षको यो अन्तरालमा समर्थक र टिमबीच अभूतपूर्व एकता देखियो । र, यो एकता त्यसै फुत्त आएको होइन । यसका लागि ‘क्लोप इन्जिनियरिङ’ महत्त्वपूर्ण रह्यो । वेस्ट ब्रुमसँगको खेलपछि गरिएको त्यो अनौठो चालढाल ‘क्लोप इन्जिनियरिङ’ को पहिलो खुड्किलो थियो ।

आखिरमा उत्कृष्ट प्रशिक्षकले गर्ने यही हो, टिम र समर्थकबीचको एकता मजबुत बनाउने । एउटा टिममा हरेक खेलाडी बराबर हुन् । कोही खेलाडी टिमभन्दा माथि हुँदैनन् । खेलाडी र प्रशिक्षक आउँछन्, जान्छन् तर क्लब रहिरन्छ । क्लबको संस्थागत चरित्र बदलिँदैन । तर समय समयमा केही यस्ता व्यक्ति आइपुग्छन्, जसले संस्थागत पूर्वाधारमै परिवर्तन ल्याइदिन सक्छन् । क्लबको परिचयमा फेरबदल गरिदिन सक्छन् ।

लिभरपुलमा भएको यही हो, परिवर्तन । परिवर्तनकारी अरू कोही नभएर क्लोप हुन् । फेरि यो क्लबको इतिहास पल्टाउने हो भने थाहा हुन्छ, क्लोप पहिलो व्यक्ति होइनन्, जसले हलचल ल्याए । यो यस्तो ठाउँ हो, जहाँ पहिले पनि पूजनीय प्रशिक्षकहरूको आगमन भएको हो । लिभरपुल क्लबका रूपमा होस् वा सहरका रूपमा, यहाँ सधैं नायकको खोजी हुने गरेको छ । यस्तो नायक जसको पछाडि हिँड्दा समाजले गर्व गर्न सकोस् । क्लोप ठ्याक्कै त्यही नायक बनिदिए ।