कार्तिक १४, २०८२ शुक्रबार | ०१:१०:२८
एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न
शनिबारको दिन जोर्डन हेन्डरसन

हेन्डरसनले किन छाडे महत्त्वाकांक्षी साउदी प्रो-लिग ?

काठमाडौं । सायद तत्कालका लागि साउदी प्रो लिग फुटबलको चर्चा टुंगिने छैन । क्रिस्टियानो रोनाल्डो आबद्ध भएयता चुलिएको यो लिगको चर्चा अहिले जोर्डन हेन्डरसनले छाडेपछि त्यसमै केन्द्रित छ ।

जतिसुकै ठूला स्टारले साउदी अरेबियाको महत्त्वाकांक्षी लिगको बाटो लिए पनि त्यहाँ खेल्नु ठिक कि बेठिक भन्ने चर्चा अहिलेसम्म उस्तै रूपमा कायम छ । हेन्डरसनका छोटिएको साउदी बसाइले यो चर्चालाई थप बल दिएको छ । कम्तीमा नैतिक रूपमा साउदी प्रो-लिगमा खेल्नु ठिक कि बेठिक त ?

रोनाल्डो र करिम बेन्जेमाको आगमनयता हेन्डरसन नै त्यस्तो ठूलो नाम थियो, जसले साउदी अरेबियामा खेल्नु ठीक माने । त्यस अगाडि उनी लिभरपुलका कप्तान थिए र उनको नेतृत्वमा इङ्लिस प्रिमियर लिग क्लबको प्रदर्शन राम्रै थियो । तर उनी ६ महिना पनि अल-इतिफाक टिकेनन् ।

अब उनी फेरि युरोप फर्केका छन् र डच क्लब आयाक्सका लागि अनुबन्ध गरिसकेका छन् । हेन्डरसनको साउदी भूमिमा ६ महिने बसाइ कहिल्यै सुखद रहेन ।

सबैभन्दा ठूलो त हेन्डरसनको त्यहाँ जानु नै विवाद र आलोचनाको विषय भएको थियो । खास कुरा के थियो भने हेन्डरसन एलजिबिटिक्यू प्लस समुदायको प्रखर समर्थक र सहयोगी हुन् । यो समूहको खुलेर समर्थन गर्ने ठूला स्टारमा उनको नाम आउँछ ।

लिभरपुलले हेन्डरसनलाई क्लब छाड्नु भनेको पनि थिएन । उनले नै नयाँ गन्तव्य रोजेका थिए । तर, जत्तिकै एलजिबिटिक्यू प्लस समुदायप्रति समर्थनका बावजुत उनले त्यस्तो देशमा खेल्न ठीक माने, जहाँ यसलाई अपराध मानिन्छ ।

उनीहरूप्रति चर्को अन्याय हुन्छ र उत्तिकै डरलाग्दो सजाय पनि दिइन्छ । त्यसैले हेन्डरसनको असाध्यै धेरै आलोचना भएको थियो । आरोप त कतिसम्म लाग्यो भने यी इङ्लिस खेलाडी पैसाका लागि अलिकति लोभी नै भए ।

अल-इतिफाकले प्रतिसाता पारिश्रमिकको रूपमा उनलाई दिएको मोटो रकममै उनी लोभिए भन्ने कुरा छ । तर साउदी गएयता न हेन्डरसनले राम्रो खेल्न सके न त अल-इतिफाककै समग्र प्रदर्शन राम्रो रह्यो । क्लबले यो सिजन राम्रो खेल्न सकेकै छैन ।

तर युरोपका ठुला क्लब छाडेर साउदी अरेबिया गएका हेन्डरसन जस्ताको सबैभन्दा ठूलो असन्तोष भने स्तरमा कमजोर लिग र त्यहाँ रहेको कमजोर फुटबल संस्कृति नै हो ।

एकाध खेललाई छाडेर लिगमा दर्शक संख्या अत्यधिक कम रहेको छ । अल-इतिफाककै दर्शक संख्या औसत ८ हजार पनि पुगेको छैन । भनिन्छ, साउदी अरेबिया अबको केही वर्षमा विश्वकप आयोजनाको संघारमा पुगे पनि त्यहाँ फुटबल संस्कृति बलियो जग बस्न सकेकै छैन ।

अहिले साउदी प्रो-लिग जे जस्तो छ, त्यो सबै साउदी अरेबियासँग रहेको अकुत सम्पत्तिकै कारण मात्र हो, अरू केही होइन । त्यति मात्र होइन, रोनाल्डोले जतिसुकै साउदी अरेबियाली फुटबलको बखान गरे पनि त्यहाँको बसाइ युरोपेली खेलाडीका लागि धेरै अर्थमा सुखद रहन सकेको छैन ।

आखिरमा साउदी अरेबिया विश्वकै सबैभन्दा रुढिवादी देश हो । केही समय अगाडिसम्म महिलाले सवारी साधन पनि चलाउन नपाउने साउदी अरेबियामा युरोपका खेलाडी भिज्नै सकेका छैनन् ।

अब कुरा त के आइरहेको छ भने हेन्डरसन मात्रै पनि होइन, अरू केही ठूला नामले पनि प्रो–लिग छाड्दै छन् । त्यसमा त बेन्जेमाकै नाम अगाडि आइरहेको छ ।

फेरि प्रो-लिगमा खेलेपछि खेलाडीको आफ्नो राष्ट्रिय टिमबाट खेल्ने सम्भावना पनि कमजोर हुने अनुमान बढेको छ, जसले खेलाडीलाई थप चिन्तित बनाएको छ । यी सबै कारणले साउदी प्रो-लिगका लागि पक्कै ठूलै धक्का लाग्ने देखिन्छ । यसले धेरै राम्रो संकेत पनि गर्दैन ।