काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आजकल गोलको घनघोर वर्षा हुन थालेको छ । त्यसैले विश्व फुटबलको सबैभन्दा लोकप्रिय लिगलाई अझ धेरै मन पराइने निश्चित छ ।
यो साताको बीचका एक अर्को चरणको खेल भयो । त्यसमा पनि गोलमाथि गोल हेर्न पाइयो । यसमध्ये साताको खेलअघि यस सिजन प्रिमियर लिगमा गोलऔसत रह्यो, ३.१६ । त्यसको अर्थ हो, प्रत्येक खेलमा तीनभन्दा बढी गोल हुनु । त्यसैले त हो प्रिमियर लिग हेर्दा मज्जा आउँछ ।
प्रिमियर लिगको अबको चार वर्षको टेलिभिजन प्रशारण अधिकार ८ अर्ब ४० करोड डलरमा बिक्री भएको छ । यो भयो पूरा विश्वकपमा प्रत्यक्ष प्रशारणका लागि ।
भनिरहनुपर्दैन, युृरोपमा जति पनि लिग छन्, त्यसमा सबैभन्दा बढी प्रिमियर लिगमै चर्चा हुन्छ । यो प्रिमियर लिग आफैं सन् १९९२ बाट सुरु भएको हो । त्यसअघि पुरानो ‘ए’ डिभिजन लिग हुन्थ्यो । त्यसको पनि सन् १९६० यताका खेलका आँकडा जोड्ने हो भने यसपल्ट सबैभन्दा बढी गोल भइरहेको छ । अब पछिल्लो चरणकै खेलको कुरा गरौं । बिहीबारका दुई खेलसमेत यो मध्यसाता ३० गोल भएका छन् । अबको जमानामा सुस्त र रक्षात्मक खेल हेर्ने धैर्य नै कसलाई छ र ?
त्यसकै कारणले त हो, प्रिमियर लिगको अबको चार वर्षको टेलिभिजन प्रशारण अधिकार ८ अर्ब ४० करोड डलरमा बिक्री भएको छ । यो भयो पूरा विश्वकपमा प्रत्यक्ष प्रशारणका लागि ।
स्पेन, इटाली र जर्मनीको लिग एकै ठाउँमा राख्दा पनि यत्तिको रकममा बिक्री हुँदैन । अझ रमाइलो के भने जत्तिकै महँगोमा बेचिए पनि किन्नेको कमी छैन । भनेपछि यसले सिद्ध गर्छ साँच्चै विश्वको नम्बर एक लिग हो इङ्लिस प्रिमियर लिग ।
यस पछाडिका के हुन् त कारण ? केही फुटबल पण्डितहरूले यसको कारण विश्लेषण गर्ने प्रयास गरेका छन् । यसको पहिलो कारण हो पर्याप्त इन्ज्युरी समय ।
अचेल प्रिमियर लिगमा जति प्रशिक्षक छन्, सबका सब आक्रामक खेल खेलाउने खालका छन् । पहिले जस्तो एक गोल गर्याे अनि चुपचाप कडा रक्षापंक्तिमा जोड दिएर खेल्ने अचेल हुन्नन ।
कतार विश्वकपमा जस्तै अचेल प्रिमियर लिगमा १०–१० मिनेट इन्ज्युरी समय देखाउन गरेको छ । भनेपछि बढी समयमा गोल हुने मौका पनि त बढी नै हुन्छ । टोटनहमले सेफिल्ड युनाइटेडलाई २–१ ले हराउँदा दुवै गोल इन्ज्युरी समयको आठौं र दसौं मिनेटमा सम्भव भएको थियो ।
अचेल प्रिमियर लिगमा जति प्रशिक्षक छन्, सबका सब आक्रामक खेल खेलाउने खालका छन् । पहिले जस्तो एक गोल गर्याे अनि चुपचाप कडा रक्षापंक्तिमा जोड दिएर खेल्ने अचेल हुन्नन ।
आफू अगाडि रहेको स्थिति होस् वा पछाडि । व्यवस्थापकको रणनीति एउटै छ आक्रमण र फेरि आक्रमण । एक समय प्रिमियर लिगमा जोसे मोउरिन्हो र एन्टोनियो कोन्टे जस्ता प्रशिक्षक पनि थिए, तिनलाई रक्षात्मक खेल नै मनपथ्र्यो ।
यी दुवै प्रशिक्षकले एक समय टोटनहम सम्हालेका थिए । अहिले त्यही क्लबमा एन्ज पोस्टेकोग्लु जस्ता प्रशिक्षक छन् । टिम ९ खेलाडीमा सीमित हुँदा पनि उनको खेल्ने सूत्र एउटै छ, रक्षात्मक नखेल्ने । खेल्ने त आक्रामक नै ।
अब त हुँदा–हुँदा डिफेन्डर र गोलरक्षक पनि आक्रामक प्रवृत्तिका हुन थालेका छन् । गोलरक्षक पनि आजभोलि आफ्नो पेनाल्टी एरियामै मात्र सीमित नभएर केही अगाडि बढेर खेल्न चलन सुरु भएको छ ।
यसरी आक्रामक खेल भएकै कारण रातो कार्डको वर्षा पनि उत्तिकै भइरहेको छ । यस मध्यसाताका खेलअघि नै ३१ रातो कार्ड देखाउने काम भइसक्यो । यो भन्दा एक बढी रातो कार्ड पोहोरको पूरा सिजन देखाइएको थियो ।
अब त हुँदा–हुँदा डिफेन्डर र गोलरक्षक पनि आक्रामक प्रवृत्तिका हुन थालेका छन् । गोलरक्षक पनि आजभोलि आफ्नो पेनाल्टी एरियामै मात्र सीमित नभएर केही अगाडि बढेर खेल्न चलन सुरु भएको छ ।
रक्षापंक्तिका खेलाडी झन के कम, तिनीहरूलाई त अगाडि बढेर खेल्ने स्वतन्त्रता छ नै । यस्तोमा यो सबैको सार के भन्दा प्रिमियर लिग वास्तवमै निकै आक्रामक भएको छ । यसै कारण हेर्नेलाई अझ भरपूर आनन्द र मज्जा आउन थालेको छ ।