कार्तिक ११, २०८१ आइतबार | १२:१२:५७
सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि
शनिबारको दिन नेपाली फुटबल

अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापा

काठमाडौं । नेपाली फुटबलले एक अर्को योद्धा गुमाएको छ । योद्धा मात्र कहाँ हो  र एउटा इतिहासको अध्याय नै सकिएको छ । भीम थापा अधिकांश पुरानो पुस्ताका खेलाडीका पनि प्रशिक्षक थिए । तिनै खेलाडीहरू उनलाई सम्मानले भीम गुरु भन्थे ।

तर अधिकांशले भने माया र आदर दुवैले भीम दाइ भन्थे । यिनै भीम थापाको शुक्रबार निधन भएको छ । उनी वास्तवमै ‘ट्र्यु जेन्टलम्यान’ थिए । बोल्दा पनि असाध्यै नरम हुन्थे । उनको निधन पनि यस्तै भयो । शान्त, कमैले थाहा पाउने गरेर ।

उमेर बढेसँगै उनी आफूलाई शारीरिक रूपका कमजोर महसुस गरिरहेका थिए । त्यसैले पछिल्लो समय खासै बाहिर हिँड्डुल गर्न छाडेका थिए । शुक्रबार बिहानै उनलाई हृदयघात भएको थियो ।

कुलेश्वर हाइटको घरमा बस्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार अस्पताल लाँदै गर्दा उनको बाटोमै निधन भइसकेको थियो । उनले लगभग आफ्नो पूरा जीवन नेपाली फुटबलकै लागि बिताए । त्यसमा उनलाई गर्व र सन्तुष्टि दुवै थियो ।

उनलाई एउटा कुरामा भने दुखेसो थियो । किन हो भने नेपाली फुटबलले सक्दो प्रगति गर्न सकेन । भीम थापा नेपाली फुटबलका त्यस्ता व्यक्तित्वका रूपमा चित्रण गर्न सकिन्छ, जसलाई खेल्नमात्र होइन, पढ्न पढाउनमा पनि सोख थियो ।

अस्सीको दशकमा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दाको क्षणमा उनी प्रशिक्षक भइसकेका थिए । उनलाई अंग्रेजीमा असाध्यै राम्रो दखल थियो । त्यसैले त्यो समय अरू विदेशी प्रशिक्षकले नेपाली टिम सम्हाल्दा उनी कुनै न कुनै रूपमा त्यससँगै जोडिएर रहन्थे ।

अझ भन्दा हुन्छ, उनी नेपाली फुटबलमा रहेका बिरलै प्राज्ञिक व्यक्तित्वमध्ये एक थिए । फुटबल खेल्ने, हेर्ने र लेख्ने पनि साहित्य हुन्छ भने त्यसमा उनलाई भरपूर जानकारी थियो । उनको सिद्धान्त नै थियो, फुटबल खेल्नेले पढ्नु पनि पर्छ ।

सन् अस्सीको दशकमा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दाको क्षणमा उनी प्रशिक्षक भइसकेका थिए । उनलाई अंग्रेजीमा असाध्यै राम्रो दखल थियो । त्यसैले त्यो समय अरू विदेशी प्रशिक्षकले नेपाली टिम सम्हाल्दा उनी कुनै न कुनै रूपमा त्यससँगै जोडिएर रहन्थे ।

ओैपचारिक रूपमा भन्दा उनी नेपाली टिम सम्हाल्ने छैटौं प्रशिक्षक रहे । उनको नेतृत्वमा नेपालले सन् १९८८ को एसिया कप छनोट खेलेको थियो । उनी अरू केही थप अवसरमा पनि नेपाली टिमको प्रशिक्षक रहे ।

घरेलु फुटबलमा उनले एनआरटी, ठमेल ११ र महावीर क्लबका लागि खेले । उनले सबैभन्दा बढी एनआरटीकै लागि खेलेका छन् । त्यसैले उनी अन्त्यसम्म पनि त्यसै क्लबसँग आबद्ध रहे । सन् १९७१ मा नेपालले जापानमा भएको यू(१९ एसियाली च्याम्पियनसिप खेलेको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चले वर्ष ०६९ मा उनलाई नेपाली फुटबलमा पुर्‍याएको अतुलनीय योगदानका लागि ‘एनएसजेएफ लाइफटाइम एभिचमेन्ट अवार्ड’ पनि प्रदान गरेको थियो ।

यो नै नेपालले खेलेको पहिलो आधिकारिक प्रतियोगिता थियो । त्यही टिमका एक प्रमुख सदस्य थिए, भीम थापा । उनी फरवार्डको भूमिका खेल्थे । उनलाई अन्तर्राष्ट्रिय फुटबल खेल्ने पहिलो पुस्ताका आधिकारिक खेलाडीभन्दा हुन्छ ।नेपाल खेलकुद पत्रकार मञ्चले वर्ष ०६९ मा उनलाई नेपाली फुटबलमा पुर्‍याएको अतुलनीय योगदानका लागि ‘एनएसजेएफ लाइफटाइम एभिचमेन्ट अवार्ड’ पनि प्रदान गरेको थियो ।

त्यति बेला पनि आफ्नो स्वभावअनुसार न धेरै खुसी भए, न त धेरै बोले । तर गम्भीर भएर भने, ‘मलाई प्रशन्नता लागेको छ । मसँग यसको लागि धन्यवाद दिनेबाहेक अर्को केही विकल्प छैन ।’

अब उनै भीम थापा भौतिक रूपमा हामीबीच रहेनन्, उनको सम्झना र फुटबलप्रति योगदान भने रहिरहने छ । खेलाडी डटकम परिवार उनीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

शनिबारका अन्य स्टोरीःफुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमनएनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’यस्तो छ अक्सनअघिको आइपिएल टोली