फुटबल

युरोपका फुटबल लिग: चर्चित खेलाडी खाडीमा, उस्तै छ उत्साह

काठमाडौं । विश्व फुटबलमा युरोपका शीर्ष पाँच लिग सुरु भइसकेका छन् । सर्वाधिक चर्चित इङ्लिस प्रिमियर लिग (इपिएल), स्पेनिस ला लिगा, फ्रेन्च लिग वान, बुन्डेसलिगा र इटालियन सिरी ‘ए’ मा दुई चरणका खेल सकिसकेको स्थिति छ ।

 चर्चित खेलाडी लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमार, साडियो माने, जोर्डन हेन्डरसनजस्ता खेलाडीले युरोप छाड्दा युरोपको खेल फिक्का मानेका छन् ।

एसियाली मुलुक साउदी अरेबियाले युरोपमा खेलिरहेका ५० बढी खेलाडी प्रो लिगमा लगे पनि युरोपको चर्चा र रौनक उस्तै छ । यद्यपि केहीले भने चर्चित खेलाडी लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेयमार, साडियो माने, जोर्डन हेन्डरसनजस्ता खेलाडीले युरोप छाड्दा युरोपको खेल फिक्का मानेका छन् । रोनाल्डोले एसिया तताइरहेका छन् भने मेसीले अमेरिकामा धमाका मच्चाइरहेका छन् ।

पछिल्लो सिजनझै यसपालि पनि अधिकांश लिगमा साबिक विजेता टोली नै हाबी देखिएका छन् । इङ्ल्यान्डको म्यानचेस्टर सिटीले  सानदार सुरुआत गरेको छ । अघिल्लो सिजन ‘ट्रेबल’ विजेता सिटीको यसपालि पनि सोही लयमा रहने योजना छ ।

लिगमा तीन चरण खेल सकिँदा सिटीले सात प्रतिशत जित निकालेको छ । ३ खेलमा ६ गोल गर्दा एकमात्रै गोल बेहोरेको हो । सिटीले यसपालि रियाद महारेजलाई साउदी प्रो-लिगमा पठाए पनि एर्लिङ हाल्यान्ड, विश्व विजेता जुलियन अल्भारेज, फिल फोडेन, ज्याक ग्रेलिस, बर्नान्डो सिल्भाले सानदार प्रदर्शन गरेका छन् ।

लिभरपुल र टोटनहमको लय समेत उस्तै छ । वेस्ट हमले केही राम्रो संकेत गरेको छ । म्यानचेस्टर युनाइटेड, चेल्सी र एभरटन जस्ता क्लबले स्वाभाविक लय भेट्टाउन सकेका छैनन् ।

केल्भिन फिलिप्स र कप्तान केभिन डि ब्रुयना घाइते भएपछि माटियो कोभासिच र जेरेमी डोम भित्र्याउँदै लय कायम राख्ने सोचमा पेप ग्वार्डिओला छन् । गत सिजन उपविजेता भएको आर्सनलले सुरुआती तीन खेलमा दुई जितमात्रै निकालेको छ ।

लिभरपुल र टोटनहमको लय समेत उस्तै छ । वेस्ट हमले केही राम्रो संकेत गरेको छ । म्यानचेस्टर युनाइटेड, चेल्सी र एभरटन जस्ता क्लबले स्वाभाविक लय भेट्टाउन सकेका छैनन् ।

स्पेनिस ला लिगमा रियाल मड्रिडले प्रभावशाली प्रदर्शन गरेको छ । नयाँ अनुबन्ध इङ्ल्यान्ड स्ट्राइकर जुड बेलिङ्घम चल्दा रियालले शतप्रतिशत जित निकालेको हो । रियालले  तीन खेलमा ६ गोल गरेको छ भने एक गोल बेहोरेको छ ।

बेलिङ्घम भित्रिँदा पूर्वकप्तान करिम बेन्जेमाले टोली छाडेर साउदीको बाटो रोजे । युवा खेलाडी भिनिसियस जुनियर र गोलकिपर थिवाउट कोर्टियस घाइते हुँदा प्रशिक्षक कार्लाे एन्सेलोट्टीलाई टाउको दुखाइको विषय बन्न सक्छ । 

बेलिङ्घम भित्रिँदा पूर्वकप्तान करिम बेन्जेमाले टोली छाडेर साउदीको बाटो रोजे । युवा खेलाडी भिनिसियस जुनियर र गोलकिपर थिवाउट कोर्टियस घाइते हुँदा प्रशिक्षक कार्लाे एन्सेलोट्टीलाई टाउको दुखाइको विषय बन्न सक्छ । नयाँ गोलकिपर केपा अरिजाबालागाले पनि समर्थकको मन जितेका छन् ।

साबिक विजेता बार्सिलोनाको प्रदर्शन भने औसत छ । तीन खेलमा दुई जित र एक बराबर बार्सिलोना चौथो स्थानमा छ । एट्लेटिको मड्रिड र जिरोना समान सात अंक भए पनि दोस्रो र तेस्रो स्थानमा छन् ।

इङ्ल्यान्ड कप्तान ह्यारी केनको अनुबन्धसँगै बुन्डेसलिगाको साबिक विजेता बायर्न म्युनिखको अग्रपंक्ति बलियो भएको मानिन्छ । टोलीले दुई खेलमा आठ गोल गरिसकेको छ । गोलअन्तरमा अगाडि रहँदा युनियन बर्लिन शीर्ष स्थानमा रह्यो ।

सेनेगल स्टार साडियो माने साउदी प्रो-लिगमा पुगेपछि बायर्नले केनलाई अनुबन्ध गरेको हो । बोरुसिया डर्टमन्टले भने दुईमध्ये एक खेलमा मात्रै जित निकालेको छ । आरबी लाइप्जिग पनि आठौं स्थानमा छ ।

अर्जेन्टिनी कप्तान लियोनल मेसीले पिएसजी छाडेको अवस्था छ । क्लब छाड्ने हल्लाका बीच फ्रान्स स्टार केलियन एमबाप्पे तेस्रो खेलमा मात्रै उपलब्ध भएका हुन् । नेयमारले पनि साउदीको बाटो रोजेका छन् ।

फ्रेन्च लिग भने रोचक बनेको छ । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले तीन खेलमा एकमात्र जित निकालेको छ ।  पाँच अंकसहित टोली आठौं स्थानमा छ ।

अर्जेन्टिनी कप्तान लियोनल मेसीले पिएसजी छाडेको अवस्था छ । क्लब छाड्ने हल्लाका बीच फ्रान्स स्टार केलियन एमबाप्पे तेस्रो खेलमा मात्रै उपलब्ध भएका हुन् । नेयमारले पनि साउदीको बाटो रोजेका छन् । फ्रेन्च लिगमा कुनै पनि टोलीको शतप्रतिशत जित छैन ।  सात अंकसहित मोनाको र मार्से क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

इटालियन सिरी ‘ए’ को चर्चा गर्ने हो भने साबिक विजेता नापोलीसँगै सहरी प्रतिद्वन्द्वी मिलानको भिडन्त उत्कर्षमा पुग्ने देखिन्छ । दुई खेलबाट समान ६ अंक जोड्दा एसी मिलान, नापोली र इन्टर मिलान शीर्ष तीनभित्र छन् । तीनै क्लबलाई कागजी रूपमा कमजोर मानिएको भेरोनाले चुनौती दिइरहेको छ । अपराजित यात्रा कायम राखे पनि युभेन्ट्सले दुईमध्ये एक खेलमात्रै जितेको छ ।