चैत्र १६, २०८२ सोमबार | ११:२६:०६
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक
शनिबारको दिन इतिहासको पानाबाट

समूहमा दुई खेल र दुवै हार

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको इतिहासमै नेपालको सबैभन्दा छोटो यात्रा रह्यो सन् २०१५ को संस्करण । दुई खेल अनि दुवै हार । त्यसपछि घर फिर्ता। प्रतियोगिता फेरि एकपल्ट भारतमा भएको थियो । त्यसपल्ट आयोजना गर्ने सहर थियो केरलाको त्रिवेन्दपुरम । डिसेम्बर २३ देखि जनवरी ३ सम्म साफ आयोजना भएको थियो ।

जम्मा सात टिमको सहभागिता थियो । जहाँ पाकिस्तानको अनुपस्थिति रह्यो । यस्तोमा नेपालको समूह ‘ए’ मा जम्मा तीन टिममात्र थिए । नेपालसँगै भारत र श्रीलंका । नेपालका प्रशिक्षक थिए प्याट्रिक ओजेम्स । उनको नेतृत्वमा नेपाल लगभग नयाँ र युवा खेलाडी लिएर मैदानमा उत्रिएको थियो । राम्रो नतिजाको अपेक्षा थिएन तर पहिलोपल्ट लिग चरणका दुवै खेलमा नेपाल पराजित हुने विश्वास पनि थिएन ।

कम्तीमा नेपाल सेमिफाइनल पुग्नै पर्ने थियो । तर, प्रतियोगिताको कथामा लेखिएकै थिएन । नेपालको पहिलो खेल थियो श्रीलंकाविरुद्ध । त्यही बेला श्रीलंकाली फुटबल एकपछि अर्को विवाद र तनावबाट गुज्रिइरहेको थियो । त्यसैले अपेक्षा थियो, यसमा नेपाल विजयी रहनेछ । तर, खेल श्रीलंकाले १-० ले जित्यो ।

खेल बराबरीतर्फ अग्रसर रहेको बेला दोस्रो हाफको इन्ज्युरी समयमा श्रीलंकाले नेपाललाई स्तब्ध पार्दै एक गोल गरेको थियो । गोल गर्ने खेलाडी थिए, मोहमद रिफनास । खेलपछि नेपाली खेलाडीको निराशा हेरिनसक्नु थियो । समूहको अर्को खेलमा भारतले श्रीलंकालाई सजिलै २-० ले हरायो । यस्तोमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम भने थियो ।

यसका लागि कम्तीमा भारतलाई हराउनु थियो । भारतसँगको खेलमा नेपाली खेलाडी सुरुदेखि आक्रामक भएर उत्रिएको थियो र तेस्रो मिनेटमै गोल निकाल्न पनि सफल रह्यो । विमल घर्तीमगरले यो गोल गरेका हुन् । एक समय लागेको थियो नेपाल सेमिफाइनल पुग्दै छ । अन्त्यमा नेपाल त्यो खेलमा पनि ४-१ ले पराजित भयो र पूरा प्रतियोगिताको कथा नेपालका लागि त्यहीं टुंगियो ।

प्रशिक्षक ओजेम्सले दुवै खेलमा पराजित भएपछि भनेका थिए, ‘यो प्रदर्शन कुनै पनि हालतमा स्वीकार्य छैन । म आफ्ना खेलाडीको प्रदर्शनमा खुसी छु । खुसीमात्र होइन गर्व नै गर्छु ।’ प्रतियोगिताकै लागि भनेर उनले वास्तवमै नयाँ र युवा खेलाडीलाई मौका दिएका थिए । उनको विश्वास थियो, ‘यो टिमले कुनै समय राम्रो गर्नेछ ।’