चैत्र १३, २०८२ शुक्रबार | ०७:५९:२८
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा
शनिबारको दिन फुटबल

ब्युँझिँदै छ इटालीको फुटबल

काठमाडौं। अहिले युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल चरण चलिरहेको छ । युरोपा र कन्फ्रेन्स लिगमा पनि यही स्थिति छ । यसबीच यी प्रतियोगिताले लिएको दिशा हेर्दा सार खिच्न सकिन्छ, केही हदसम्म इटालीको फुटबल ब्युँझिदैछ । इटालीका रूपमा राष्ट्रिय टिम लगातार विश्वकपमा छनोट हुन नसकेपछि त्यसको प्रभाव त पर्ने नै भयो ।

इटालीले पछिल्ला दुई विश्वकप नखेले पनि यसबीच युरोपेली उपाधि भने जितेको थियो । तर, यो सफलता पनि विश्वकप छनोटको असफलताले ओझेलमै परेको थियो । त्यसबीच इटालीको घरेलु लिग सिरी ए पनि कमजोर भएको छ । इटाली मात्र होइन, सिरी ए आफैं सन् ९० र त्यसपछिको दशकमा खुबै बलियो थियो । लोकप्रिय उत्तिकै थियो ।

इङल्यान्डको प्रिमियर लिग र स्पेनको ला लिगा त अगाडि थिए नै, सिरी ए जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानभन्दा पनि पछाडि परेको अवस्था थियो । तर सबैलाई थाहा छ, समयसँगै सबै परिवर्तन हुँदै जान्छ । अहिले च्याम्पियन्स लिगका अन्तिम आठमा पुगेका टिममध्ये तीन क्लब इटालीकै रहेको हुँदा सबैले यही महसुस गर्न थालेका हुन् । सायद इटालीको फुटबल ब्युँझिँदै छ ।

एसी मिलान र इन्टर मिलानसँगै नेपोली यसपल्टको क्वाटरफाइनल चरणमा छन् । त्यसमध्ये एउटा ड्र मा मिलान र नेपोली नै भिड्दै छन् । बाँकी पाँच टिममध्ये दुई इङल्यान्डका म्यानचेस्टर सिटी र चेल्सी छन् । स्पेनको एउटा छ रियाल मड्रिड । त्यसपछि पोर्चुगलको बेनफिका र जर्मनीको बायर्न म्युनिख ।

युरोपा लिगको क्वाटरफाइनलमा इटालीको चुनौती पेस गर्ने टिम हुन् रोमा र युभेन्ट्स ।

कन्फ्रेन्स लिगको अन्तिम आठमा पनि फिओरेन्टिनाले खेलिरहेको छ । यो त राम्रै उपस्थिति हो नि इटालियन क्लबका लागि । इटालीका कुनै पनि क्लबले च्याम्पियन्स लिग जितेको भनेको १३ वर्षअगाडि हो । जतिबेला इन्टरले बायर्नलाई हराएर यो उपाधि चुमेको थियो । के यसपल्ट कुनै इटालीको क्लबले च्याम्पियन्स लिग जित्ने सम्भावना छ त ? यसको उत्तर भने हामीसँग छैन ।

मात्र यति भन्न सक्छौं, विश्व फुटबलको एउटा पारम्परिक महाशक्ति इटाली वास्तवमै ब्युँझिने प्रयासमा छ । विश्व फुटबलका लागि यो राम्रो पनि त हो । इटालीले पस्कने एक विशेष खाले फुटबलको पारखी धेरै छन् । तर, मूल कुरा के छ भने च्याम्यियन्स लिगमा इटालीका टिमको राम्रो प्रदर्शनको प्रभाव राष्ट्रिय टिममा पनि पर्नुपर्छ ।