फाल्गुन ३, २०८२ आइतबार | ११:३६:१२
नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

पुराना प्रशिक्षक किन फर्काउछन् प्रिमियर लिगका क्लब ?

काठमाडौं । विश्व फुटबलमा एउटा पुरानो भनाइ छ, फर्किएर पुरानो ठाउँमा नजाऊ । यो भनाइ आफैंमा सुझाव पनि हो । तर पछिल्ला केही सातायता यो भनाइ वा सुझावलाई मानिएको छैन । नमान्नेहरू हुन्, रोय हड्सन र फ्रयांक लाम्पार्ड । हड्सन क्रिस्टल प्यालेस र लाम्पार्डले चेल्सीमा पुनरागमन गरेका छन् ।  

हड्सन त संन्यासबाट निस्किएर प्यालेस पुगका हुन् । लाम्पार्ड चाहिँ जागिरविहीन थिए । यी दुवैलाई जारी सिजनको अन्त्यसम्मका लागि जिम्मेवारी दिइएको हो ।

हड्सन बाल्यकालदेखि नै प्यालेसका समर्थक हुन् । उनी सेप्टेम्बर, २०१७ मा मात्र त्यहाँको प्रशिक्षक बन्न पाए । सन् २०२०/२१ सिजन सकिना साथ उनलाई बिदा दिइयो । केही समय आराम गर्ने बताएका उनी जनवरी, २०२२ मा वाटफोर्डसँग आबद्ध भए । क्लाउडियो रेनरीको प्रशिक्षणमा रहेको वाटफोर्ड इङ्लिस प्रिमियर लिगको १९औं स्थानमा थियो । आखिरमा वाटफोर्डलाई हड्सनले पनि बचाउन सकेनन् । त्यसपछि हड्सनले संन्यास घोषणा गरे ।

मे, २०१८ मा डर्बी काउन्टीको प्रशिक्षक बनेर प्रशिक्षण करियर सुरु गरेका लाम्पार्डले प्रिमियर लिगमा चाँडै मौका पाए । माउरिजियो सारीलाई बर्खास्त गरेको चेल्सीले आफ्ना पूर्वकप्तानलाई जुलाई, २०१९ मा क्लबमा फर्कायो ।

तर प्रशिक्षकका रुपमा लाम्पार्डको चेल्सी यात्रा सुदख रहेन।  उनी जनवरी, २०२१ मा बर्खास्तीमा परे । जनवरी, २०२२ मा एभर्टनले उनलाई प्रशिक्षक बनायो । उनले एभरटनलाई रेलिगेसनबाट बचाएको जस पाए । तर दोस्रो सिजनमै उनले एभरटन छाड्नु पर्यो ।

युरोपेली क्लब फुटबललाई तलाउ मान्ने हो भने, माछारुपी उत्कृष्ट प्रशिक्षकहरूको संख्या सानो छ । यसकारण उनीहरू एक ठाउँबाट अर्कोमा सर्नु सामान्य हो । त्यसो गर्दा उनीहरू पुरानै ठाउँमा पनि फर्कन सक्छन् । जसरी कार्लो एन्सेलोट्टी रियाल मड्रिड फर्किए वा जोजे माउरिन्हो दोस्रो पटक चेल्सीको प्रशिक्षक बने ।

यी प्रशिक्षकहरूलाई किन फर्काउन तयार हुन्छन् क्लबहरु ? वा प्रशिक्षकहरू फेरि किन त्यही ठाउँ जान चाहन्छन् ? जवाफ सजिलो छ, पुरानो अनुभव । ठ्याक्कै भन्दा सुखद अनुभव । हड्सनले प्यालेसलाई उसको इतिहासकै सर्वाधिक अंक दिलएका थिए । लाम्पार्डले खेलाडी हुँदा चेल्सीलाई  कति उपाधि जिताए, जगजाहेर नै छ ।

अब यहाँ प्रश्न उठ्छ, चेल्सीले लाम्पार्डलाई पुनः प्रशिक्षक बनाउन सक्छ भने टोटनहमले पनि माउरिसियो पोचेटिन्होलाई प्रशिक्षक बनाए भयो नि ? पोचेटिन्हो त अहिले खाली नै छन् । फेरि टोटनहममा उनको बिरासत पनि छ । कतिसम्म भने टोटनहमको नयाँ रंगशाला निर्माणमा उनका कयौं सल्लाह मानिएका थिए । कतिपय डिजाइन नै उनको आग्रहमा लागू गरिएको थियो । टोटनहमलाई प्रिमियर लिगमा बलियो शक्ति बनाउने पनि उनै पोचेटिन्हो हुन् । उनीबाहेक कुनै अर्का प्रशिक्षकले यो क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन सकेका छैनन् ।

आधुनिक फुटबलमा फर्किएर पुरानो ठाउँमा नजाऊ भन्ने भनाइको ठूलो अर्थ छैन । लाम्पार्डका गुरु माउरिन्होले यो भनाइ मानेको भए चेल्सी सन् २०१४/१५ मा प्रिमियर लिग च्याम्पियन बन्ने थिएन । उसो त चेल्सीमा दोहोर्याएर प्रशिक्षक बन्ने सूचीमा माउरिन्हो र लाम्पार्ड मात्र छैनन् । नेदरल्यान्ड्सका गुस हिडिंक पनि छन् । उनी सन् २००९ मा लगभग चार महिनाका लागि प्रशिक्षक बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा स्टाम्फोर्ड ब्रिज फर्किए । यसपटक उनको बसाइ केही महिना लामो थियो । प्रिमियर लिगमा पुरानो प्रशिक्षक दोहोर्याएर नियुक्त गर्ने अर्को क्लब न्युक्यासल युनाइटेड हो ।

इङ्लिस फुटबलमा पुरानो प्रशिक्षकलाई क्लबमा फर्काउने निर्णय गलत साबित भएको उदाहरण पनि छ । त्यस्तो उदाहरण हुन्, केभिन किगन । पहिलो कार्यकालमा न्युक्यासललाई प्रिमियर लिगको उपाधि दाबेदार बनाएका उनको दोस्रो कार्यकाल सुखद् रहन सकेन । यसको मुख्य कारण थियो, क्लब व्यवस्थापनसँगको लामो विवाद ।

लाम्पार्डको दोस्रो बसाइ कस्तो रहला ? अहिल्यै अनुमान गर्न ग्राहो छ । तर उनी केमा चाहिँ सचेत हुन जरुरी छ भने, दोस्रो बसाइले उनले खेलाडीका रुपमा कायम गरेको बिरासत ध्वस्त नपारोस् ।

चेल्सीको स्वर्णिम कालखण्ड निर्माण गर्न माउरिन्होको भूमिका अहम् छ । माउरिन्होले चेल्सीलाई सन् २००४ देखि २००६ को बीचमा लगातार दुई पटक च्याम्पियन बनाउँदा लाम्पार्ड त्यस टिमका मुख्य खेलाडी थिए । माउरिन्हो फर्किएर आएपछि उनका लागि लाम्पार्डले एक सिजन मात्र खेल्न पाए ।

सन् २००७ मा माउरिन्होले छाडेपछि चेल्सीमा विभिन्न प्रशिक्षक आए, गए । त्यसबीचमा चेल्सीमा परिवर्तन नभएका केही थोरै कुरामध्ये, एक थियो लाम्पार्डको भूमिका ।

पुरानो क्लबमा फर्किएर सफलता दिलाएको उदाहरण पनि नभएका होइनन् । नातामा लाम्पार्डको सानोबुवा पर्ने ह्यारी रेडन्यापले पोर्ट्समाउथलाई दोस्रो कार्यकालमा एफए कप जिताएका थिए । उनको प्रशिक्षणमा पोर्ट्समाउथले युइएफए कप पनि खेल्यो ।

स्टिभ कोप्पेल प्यालेस फर्किने अर्का प्रशिक्षक हुन् । उनले प्यालेसलाई दोस्रो श्रेणीबाट प्रिमियर लिगमा पुर्याएका थिए । अर्का उदाहरण हुन्, होवार्ड केन्डल । उनले दोस्रो बसाइमा एभर्टनलाई रेलिगेसनबाट बचाएका थिए ।

लाम्पार्ड र हड्सन आ-आफ्ना पुराना क्लबमा फर्कदा उठेको प्रश्न हो, सुरुमा उनीहरुलाई किन हटाइयोे ? जबकि यी दुवै ती क्लबमा स्थापित व्यक्तित्व थिए ।

पछिल्लो समय प्रिमियर लिगका क्लबहरुले छोटो अवधिका लागि प्रशिक्षक नियुक्ति गर्ने चलनबारे चिन्ता व्यक्त हुन थालेको छ । यसबारे प्रिमियर लिग प्रशिक्षकहरूको संगठन (एलएमए) ले भनेको छ, ‘अचेल प्रिमियर लिगका क्लबहरू दीर्घकालीन होइन अल्पकालीन योजनमा चलिरहेका छन् । यसो हुँदा प्रशिक्षकहरूले पर्याप्त समय पाइरहेका छैनन् ।’

प्रिमियर लिगमा यसपालि १२ प्रशिक्षक बर्खास्तगीमा परिसकेका छन् । सन् २०१७/१८ मा १५ प्रशिक्षकलाई जिम्मेवारीमुक्त गरिएको थियो । जुन अहिलेसम्मकै सर्वाधिक बर्खास्ती संख्या हो । यो कीर्तिमान यही सिजन तोडिने सम्भावना प्रबल छ । सिजन निर्णायक मोडतिर लाग्दै गर्दा कयौं प्रशिक्षक दबाबमा छन् । उनीहरु बर्खास्तगीमा पर्दा, क्लबहरुसँग भएका सीमित उपयामध्येको एक हो, पुराना प्रशिक्षकलाई फकाउने अनि फर्काउने ।