फाल्गुन ७, २०८२ बिहीबार | ११:०४:२०
विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

टोटनहमलाई सधैं गाह्रो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमको समर्थक नै हुनुपर्छ भन्ने छैन । यो क्लबप्रति धेरैको सहानुभूति रहने गर्छ । किन त ? किनभने यो क्लबले जत्तिकै राम्रो गर्न खोजे पनि हुने चाहिँ राम्रो कहिल्यै होइन ।

कुनै समय त्यस्तो आउने गर्छ, जतिबेला यसले साँच्चै राम्रो गर्ला जस्तो लाग्न सक्छ । तर, अन्त्यमा फेरि उही फितलो प्रदर्शन । इङ्लिस प्रिमियर लिगको यसपालि नयाँ सिजन सुरु हुँदा कति धेरै अपेक्षा थियो टोटनहमलाई लिएर । भनिएको थियो, यसले उपाधि जित्न बेर छैन ।

तर, लिगमा १० चरणका खेल बाँकी छँदा त्यो सम्भावना त रहेन नै । मात्र चौथो स्थान नै ठूलो भन्ने खालको स्थिति बनेको छ । अहिले तत्काल टोटनहम ४९ अंकसहित चौथो स्थानमै छ ।

त्यसो त प्रिमियर लिगमा चौथो स्थान पनि कहाँ कम्तीको हो र ? ठूलै क्लबहरु पनि यस स्थानका लागि संघर्ष गरिरहेका छन् । यही स्थानमा रहेर त हो कुनै पनि टिम युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने । तर टोटनहमलाई लिएर समस्या के भने ठूलो अपेक्षा एकपल्ट फेरि ढलेको छ ।

यसका प्रशिक्षक हुन् एन्टोनियो कोन्टे । यी इटालीका प्रशिक्षक अलि छुच्चा नै छन्, मुखमा जे आयो, त्यही प्याच्च बोल्छन् । अचेल टोटनहमको सबैभन्दा ठूलो आलोचक कोही छन् भने यिनै कोन्टे हुन् । भर्खरै उनले रिसै रिसमा भनेका छन्, ‘टोटनहमले प्रशिक्षक त परिवर्तन गर्न सक्छ, तर परिस्थिति कहिल्यै फेर्न सक्दैन ।’

अझ उनले आफ्नै खेलाडीलाई पनि सक्दो गाली गरे । साउथह्याम्पटनविरुद्धको खेल ३-३ को बराबरीमा टुंगिएपछि उनले आफ्ना खेलाडीलाई गाली वर्षाएका थिए ।

उनले आफ्नै खेलाडीलाई स्वार्थीको आरोप लगाए अनि एउटा ठूलै प्रश्न गरे, ‘टोटनहमको कथा यस्तो छ, २० वर्ष भयो, टोटनहमका मालिक एउटै छन्, तर तिनी किन केही पनि जित्न सक्दैनन् ?’

साँच्चै टोटनहमलाई सधैं गाह्रै गाह्रो छ । अंकतालिकाको पुछारमा रहेको साउथह्याम्पटनविरुद्धको खेलले टोटनहम कस्तो छ भनेर त्यसलाई छर्लङ्ग पार्छ । खेल सकिन १५ मिनेट अगाडिसम्म टोटनहम ३-१ ले अगाडि थियो । सबैलाई लागिरहेको थियो, अब जित उसकै हो । तर खेलको अन्त्यतिर दुई गोल खायो र खेल बराबरीमा टुंगियो ।

टोटनहमको बानी नै यस्तो, सुरुमा केही गरे जस्तो गर्ने अनि अन्त्यमा धराशायी हुने । पछिल्लो २० वर्षको कथा पनि यस्तै यस्तै हो । कोन्टेले अझ यतिसम्म भनेका छन्, ‘जति पनि व्यवस्थापक टोटनहममा आउने गर्छ, त्यसलाई लिएर एउटै समस्या छ, तिनीहरू विचरा पात्र हुने गर्छन् । टोटनहमले जसरी खेल्ने गर्छ, त्यसलाई लिएर प्रशिक्षकमात्र होइन, समर्थकलाई पनि रिसाउने पूरा हक बनाइदिन्छ ।’

अब प्रशिक्षकले नै यत्ति बोलेपछि सामान्य फुटबल समर्थकलाई पनि यो क्लबप्रति सहानुभूति लाग्नु स्वभाविक हो । अब स्थिति कस्तो बनेको छ भने ढिलोचाँडो यी कोन्टे पनि बर्खास्त हुन सक्छन् । भएनन् भने पनि उनी आफैंले क्लब छाड्न सक्छन् । यति धेरै आलोचना गरेपछि क्लबमा बसिरहनु पनि त ठीक हुन्न । केही आलोचकले त भनिसकेका छन्, कोन्टेलाई त एकैक्षण पनि टोटनहममा बसिरहनु ठीक होइन ।

अब के हुनेछ त ? त्यो सबै हेर्न मज्जा आउने छ ।