फाल्गुन १६, २०८२ शनिबार | १७:५१:३५
काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन
शनिबारको दिन

साफका सम्झनलायक गोलहरू

नेपाली फुटबलमा सबैभन्दा निर्दोष र निष्कलंक प्रतिक्रिया कसैबाट आउँछ भने त्यो देवनारायण चौधरीबाट हो । खुबै सोझा छन् यिनी । जतिले उनलाई नजिकबाट चिन्छन् । उनीहरू भन्ने गर्छन्, यी सोझामात्र होइनन्, चलाख पनि छन् ।

जेहोस्, कुनै खुसीको कुरा सुन्नुपर्छ, देवनारायणको मुखमात्र होइन, अनुहार सिंगै हाँस्ने गर्छ । यस्तै एउटा प्रसंग सुन्दा उनी साह्रै खुसी भएका थिए । यो हो साफ च्याम्पिनसिप फुटबलको इतिहासमा पहिलो गोल अरू कसैको होइन, उनकै नाममा छ ।

सन् १९९३ मा पहिलो संस्करणको सार्क गोल्डकप हुँदा नेपालको पहिलो खेल पाकिस्तानविरुद्ध थियो । यसमै देवनारायणले गोल निकालेका थिए । ‘ओहो, हो र ?’ यो तथ्यलाई लिएर उनको पहिलो प्रतिक्रिया थियो ।

अहिलेसम्म जति पनि साफ च्याम्पियनसिप भएको छ, नेपालले सबैमा सहभागिता जनाएको छ । नेपालले अहिलेसम्म ३८ खेल खेलेको छ । यसमा सार्क गोल्डकपका दुई संस्करण पनि पर्छ । अचेल यसलाई साफ च्याम्पियनसिपमै गाभेर गणना गरिन्छ ।

अनि यी ३८ खेलमा नेपालको तर्फबाट ठ्याक्कै ४४ गोल भएको छ । त्यसमध्ये केही खास गोल सम्झनलायक छन् । त्यसमध्ये पहिलो गोल त तिनै देवनारायणको भयो ।

नेपालका लागि साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने तीन खेलाडी छन्, जुमानु राई, अनिल गुरुङ र विमल घर्तीमगर । तीनैले समान ४ गोल गरेका छन् । संयोगले यसमध्ये कोही खेलाडी अब हुने साफ च्याम्पियनसिप खेल्ने टिममा छैनन् । मनको कुरा न हो, सायद कम्तीमा त्यस टिममा विमल पनि भएको भए हुन्थ्यो कि ?

जुमानु र अनिलका लागि भारतविरुद्ध काठमाडौंको दशरथ रंगशालामा सम्भव भएका दुई गोल विशेष छन् । सन् २०१३ मा नेपालले फेरि एकपल्ट साफ च्याम्पियनसिप आयोजना गरेको थियो । नेपालले सुरुमा बंगलादेशलाई हरायो । पछि पाकिस्तानसँग बराबरी खेल्यो । यस्तोमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना तयार भइसकेको थिएन । अन्तिम तथा तेस्रो खेल भारतविरुद्ध थियो । नेपालका लागि कम्तीमा बराबरी आवश्यक थियो ।

तर नेपाल २-१ को मीठो जित निकाल्न सफल रह्यो । अनिलले पहिलो गोल गरे भने जुमानुले दोस्रो । अनिल त्यो गोललाई आफ्नो खेलजीवनकै सबैभन्दा महत्वपूर्ण र सम्झनलायक मान्छन् । जुमानु भने त्यो गोल सम्झँदा अझै रोमाञ्चित हुन्छन् । आखिरमा यिनै दुई गोलले नेपाललाई भारतमाथि ऐतिहासिक भन्न मिल्ने जित दिलाएको थियो ।

पाकिस्तानविरुद्ध १-१ को बराबरी भएको खेलको अन्त्यतिर गोल गरेका थिए विमलले । नत्र, नेपाल हारको संघारमा थियो । सेमिफाइनल पुग्ने समीकरण कठिन हुने निश्चित थियो । 

साफमा नेपालका लागि समान तीन गोल गर्ने चार खेलाडी छन् । तीन गोल गर्नेमा हरि खड्का, नरेश जोशी, नीराजन रायमाझी र भरत खवास हुन् । त्यसमध्ये नरेशको तीन गोल ह्याट्रिकको रूपमा मिलेको थियो । जुन सन् १९९९ मा श्रीलंकाविरुद्ध भएको थियो । नेपाली राष्ट्रिय टोलीका लागि यो दोस्रो ह्याट्रिकमात्र थियो । यसअघि गणेश थापाले मात्र एकै खेलमा तीन गोलको उपलब्धि छोएका थिए । नरेशको त्यो उपलब्धिबारे अहिलेसम्म खासै धेरै चर्चा भने हुन सकेको छैन ।

त्यो प्रतियोगिताको केही समयमै उनी जापान लागे । अहिलेका मूलधारका खेलपत्रकारसँग उनको दोहोरो कुराकानी पनि हुन पाएको छैन । नीराजनले सन् २००८ मा पाकिस्तानविरुद्ध गरेको गोल पनि आफैंमा ऐतिहासिक छ । नेपाली राष्ट्रिय टिमका लागि पुनरागमन रच्दै उनले आफ्नो गोलसंख्या १३ पुर्याए । उनले हरिको बराबरीमा पुर्याएका छन् । 

नेपालका लागि ५ खेलाडीले समान २ तथा १० खेलाडीले १-१ गोल गरेका छन् । यसमा भने सबैभन्दा प्रसिद्ध गोल सागर थापाकै नाममा छ । उनले आफ्नो खेलजीवनमा नेपालका लागि एकै गोलमात्र गरे, जुन खुबै चर्चित रह्यो ।

सन् २०११ मा उनले बंगलादेशविरुद्ध प्राप्त जितमा यो गोल गरेका हुन् । सागरले मैदानको मध्यभागबाट गरेको फ्रिकिक प्रहार आकर्षक ढंगमा गोलमा परिणत भएको थियो । त्यसलाई वर्षको उत्कृष्ट गोल चयन गर्नुपर्छ भनेर पनि आवाज उठेको थियो । दुःख के भन्दा तिनै सागर खेलमिलेमतोको आरोपमा आजीवन प्रतिबन्धमा परे । साफ च्याम्पियनसिपमा नेपालको सबैभन्दा उत्कृष्ट गोल गर्ने खेलाडी त अब हराएजस्तै भइसके ।