कतार विश्वकप २०२२

विश्वकपका ५० रोचक तथ्य

१–१९३० मा भएको पहिलो विश्वकपका सबै खेल उरुग्वेको एकै शहर मोन्टेभिडिओमा भएको थियो ।

२–डच स्टार योहान क्रायफले १९७४ को विश्वकपमा बल ड्रिब्लिङ गर्दै धेरैलाई झुक्काए । उनको यो शैली ‘क्राएफ टर्न’ भनेर पनि परिचित छ । क्राएफले धेरै झुक्काएका स्वीडेनका खेलाडी जान ओलसनको जर्सी नम्बर २ थियो ।

३–ब्राजिलका पेले १९५८, १९६२ र १९७० मा गरी ३ पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् ।

४– विश्वकपमा दुई पटक ह्याट्रिक गर्ने खेलाडीको संख्या हो यो । हंगेरीका सान्डोर कोकसिसले १९५४ मा, फ्रान्सका जस्ट फोन्टेनले १९५८ मा, जर्मनी गर्ड मुलरले १९७० मा एकै विश्वकपमा दुई ह्याट्रिक गरेका थिए भने अर्जेन्टिनाका ग्याब्रियल बाटिस्टुटाले १९९४ र १९९८ को विश्वकपमा गरी दुई ह्याट्रिक गरेका थिए ।

५–रुसका ओलेग सालेन्को एकै खेलमा ५ गोल गर्ने एक्लो खेलाडी हुन् । उनले १९९४ को विश्वकपमा क्यामरुनविरुद्धको खेलमा रुसलाई ६–१ को विजय दिलाउदा ५ गोल गरेका थिए ।

६–आफ्नो नेत्तृत्वमा इटालीलाई १९८२ को विश्वकप दिलाउदा पाउलो रोसीले ६ गोल गरेका थिए ।

७–इङ्ल्यान्डमा १९६६ को प्रतियोगिता दौरान विश्वकप ट्रफी ७ दिन हराउन पुगेको थियो । साउथ लन्डनमा आफ्ना मालिकसँग हिडिरहेको पिकल्स नाम गरेको एक कुकुरले चोरिएको विश्वकप ट्रफी पत्रिकाले बेरिएको अवस्थामा झाडीमा फेला पारेको थियो ।

८–स्कटल्यान्ड ८ पटक विश्वकपमा छनोट भएको छ, तर सबै टोली पहिलो चरणबाटै विदा भएको छ ।

९–मेक्सिको १९३० तथा १९५० देखि १९५८ को विश्वकप सम्म लगातार ९ खेल हारेको थियो ।

१०–जर्मनीमा भएको २००६ को विश्वकपमा फ्रान्सका जिनेदिन जिदानले इटालीका रक्षकलाई मार्को माटेराजीलाई टाउकोले ढाल्दा अतिरिक्त समयको खेल सकिन १० मिनेट बाँकी रहेको थियो ।

११–टर्कीका हाकान सुकरले २००२ को विश्वकपमा दक्षिण कोरियाविरुद्ध ११ सेकेन्डमै गोल गरेका थिए, जुन विश्वकपको अहिले सम्मकै सबै भन्दा छिटो गोल हो ।

१२–अस्ट्रिया र स्वीट्जरल्यान्डले १९५४ को विश्वकपमा एकै खेलमा १२ गोलको कीर्तिमान बनाए । अस्ट्रिया खेलमा ७–५ ले विजयी भएको थियो ।

१३–उरुग्वेमा १९३० मा भएको पहिलो विश्वकपमा १३ टोलीले सहभागिता जनाएका थिए ।

१४–सदाबहार स्ट्राइकरमा गनिएका जर्मनीका गर्ड मुलरले विश्वकपमा कुल १४ गोल गरे ।

१५–ब्राजिलका रोनाल्डोले १९९८, २००२ र २००६ को विश्वकपमा गरी सबै भन्दा बढी १५ गोल गरेका छन् ।

१६–रुसका रेफ्री भालेन्टिन इभानोभले २००६ को विश्वकपको दोस्रो चरणको खेलमा अहिले सम्मकै एकै खेलमा सबै भन्दा बढी १६ पहेलो कार्ड देखाएका थिए । विश्वकपको सर्वाधिक गोल कीर्तिमान मिरोस्लाभ क्लोजले १६ गोल गरेर कायम गरेका छन् ।

१७–पेलेले स्वीडेनमा भएको १९५८ को विश्वकपमा सबै भन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको उमेर हो यो ।

१८–इङ्ल्यान्डका जोफ हस्र्ट विश्वकपको फाइनलमा ह्याट्रिक हान्ने एक्ला खेलाडी हुन् । उनले १९६६ मा जर्मनीविरुद्धको फाइनलमा १८ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

१९–विश्वकप इतिहासको पहिलो गोल फ्रान्सका लुसिइन लाउरेन्टले गरेका थिए । उनले १९३० मा मेक्सिकोविरुद्ध १९ औं मिनेटमा गोल गरेका थिए ।

२०–विश्वकपको २० औं संस्करण २०१४ मा ब्राजिलमा भएको थियो ।

२१–पहिलो विश्वकपमा सहभागि भएका चार युरोपियन टोली रोमानिया, बेल्जियम, फ्रान्स र युगोस्लाभियाले उरुग्वेको यात्रा गर्न १९३० को जुन २१ मा एकै पानीजहाज चढेका थिए ।

२२–उत्तर कोरियाले १९६६ को विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध २२ मिनेटमा ३–० को अग्रता लिएको थियो, तर पोर्चुगलले खेल ५–३ ले जित्यो ।

२३–उरुग्वेका एल्सिडेज घिजिआले १९५० को विश्वकप फाइनलमा ब्राजिलविरुद्ध रिओको माराकाना रंगशालामा विजयी गोल गर्दा २३ वर्षका थिए । एक वर्षपछि घिजिआले भनाई निकै प्रसिद्ध भयो । उनले भनेका थिए, ‘फ्रान्क सिनाट्रा, पप जोन पल द्धितिय र मैले गरी केवल ३ मानिसले मात्र एक इसारामा माराकानामा २ लाख मानिसलाई चुप बनाउन सक्छ ।’

२४–मिडफिल्डर इस्टेबान काम्बियासोले २००६ को विश्वकपमा सर्बिया एन्ड मोन्टेनेग्रोविरुद्ध गोल गर्नु अगाडी अर्जेन्टिनाले २४ पास खेल्दै विपक्षीलाई बल छुन पनि दिएको थिएन् ।

२५–जर्मनीका लोथर म्याथ्युजले विश्वकपमा सर्बाधिक २५ खेल खेलेका छन् ।

२६–मे २६ १९२८ मा फिफाले एमस्ट्राडाम बैठकले ओलम्पिकसँग छुटिएर स्वतन्त्र रुपमा विश्वकप आयोजना गर्ने योजना सार्बजनिक गर्‍यो । त्यसको दुई वर्षपछि पहिलो विश्वकपको आयोजना भयो ।

२७–एकै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने हंगेरी हो । १९५४ को विश्वकपमा टोलीले २७ गोल गरेको थियो ।

२८–हंगेरीलाई १९५४ को विश्वकप सुरु हुनु अगाडी प्रवल दाबेदार मानिएको थियो । प्रतियोगिता सुरु हुनु अगाडी खेलिएको २८ अन्तर्राष्ट्रिय खेलमा (२४ विजयी र ४ बराबरी) हंगेरी अपराजित रहेको थियो । तर विश्वकप फाइनलमा भने टोली जर्मनीसँग पराजित भयो ।

२९–पहिलो विश्वकप उरुग्वेलाई आयोजना गर्न दिने निर्णय फिफाले १९२९ मा गरेको थियो ।

३०–दक्षिण अफ्रिकामा २८ देशका ३० रेफ्रीले विश्वकप खेल खेलाउने छन् ।

३१–अस्ट्रेलियाले २००१ मा अमेरिकन सामोअलाई ३१–० ले पराजित गरेको थियो । विश्वकप छनोटमा यो सबै भन्दा ठुलो अन्तरको जित हार हो ।

३२–फ्रान्स १९९८ देखि विश्वकपमा २४ बाट ३२ सहभागि राष्ट बनाइएको थियो ।

३३– आयरल्यान्डले फिफालाई २०१० को विश्वकपमा आफुलाई थप्दै ३३ राष्ट्रलाई सहभागी गराउन अनुरोध गरेको थियो । प्लेअफमा थिएरी हेनरीले हातले गोल गरेर फ्रान्सलाई छनोट गराएको विरोधमा आफुले विश्वकपमा स्थान पाउनु पर्ने अनुरोधलाई फिफाले अस्वीकृत गरिदिएको थियो ।

३४–ब्युनस आयर्समा जन्मिएका लुइस मोन्टी दुई फरक देशबाट विश्वकप फाइनल खेल्ने एकमात्र खेलाडी हुन् । १९३४ मा इटालीलाई जिताउनु ४ वर्ष अगाडीको फाइनल उनले अर्जेन्टिनाबाट खेलेका थिए ।

३५–अर्जेन्टिनालाई १९३० को विश्वकप फाइनलमा पराजित गरेपछि विजेता उरुग्वेलाई ३५ सेन्टिमिटर उचाई भएको विश्वकप ट्रफी प्रदान गरिएको थियो ।

३६– पोल्यान्डका महान जबिगनिइव बोनिइक विश्वकपमा ह्याट्रिक गर्ने ३६ औं खेलाडी हुन् । उनले सो सफलता १९८२ को विश्वकपमा बेल्जियमविरुद्ध पाएका थिए । आफ्नो समयका उत्कृष्ट खेलाडी मानिएका बोनिइक इटालीविरुद्धको सेमिफाइनलमा भने निलम्बित थिए, जुन इटालीले २–० ले जितेको थियो ।

३७– गुइलेर्मो स्टाबिलले १९३० को फाइनलमा अर्जेन्टिनालाई उरुग्वेविरुद्ध २–१ को अग्रता दिलाउदा ३७ औं मिनेटमा गोल गरेका थिए ।

३८–अमेरिकाले १९५० को विश्वकपमा इङ्ल्यान्डलाई १–० ले पराजित गर्दा जोइ गाइटजेन्सले ३८ औं मिनेटमा गोल गरेका थिए । यो विश्वकपको सबै भन्दा अप्रत्यासित नतिजा मानिन्छ ।

३९–विश्वकपमा ह्याट्रिक गर्ने ग्यारी लिनेकर इङ्ल्यान्डका दुई खेलाडी मध्येका एक हुन् । उनले १९८६ को विश्वकपमा गरेको ह्याट्रिक विश्वकपको ३९ औं हो ।

४०– इटालीका गोलरक्षक डिनो जोफले १९८२ को विश्वकप जित्दा ४० वर्षका थिए । उनी विश्वकप जित्ने सबै भन्दा बुढा खेलाडी हुन् ।

४१– उत्तरी आयरल्यान्डका नोर्मान ह्विटरसाइडले १९८२ मा सबै भन्दा कान्छो खेलाडीका रुपमा विश्वकप खेल्दा १७ वर्ष ४१ दिनका थिए ।

४२– क्यामरुनका रोजर मिल्लाले १९९४ को विश्वकपमा अमेरिकाविरुद्ध ४२ वर्षमा गोल गरेर सबै भन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका थिए ।

४३–विश्वकपको प्रतिखेल दर्शक उपस्थिति औषत ४३ हजार रहेको छ ।

४४– इटालीले दुई विश्वकप जित्दाको फरक हो । १९३८ मा दोस्रो विश्वकप जितेको इटालीले तेस्रोका लागि १९८२ सम्म कुर्नु परेको थियो ।

४५–इटालीका महान गुइसेपे मेएजाले आफ्नो अन्तर्राष्ट्रिय खेल जिवनमा ५० गोल गरे । त्यसमा ४५ औं गोल १९३८ को विश्वकपको सेमिफाइनलमा ब्राजिलविरुद्ध थियो ।

४६– दोस्रो विश्व युद्धका कारण १९४६ को विश्वकप हुन सकेन् ।

४७– जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकपको ४७ औं ह्याट्रिक २००२ मा साउदी अरेबियाविरुद्ध गरेका थिए । तीनै गोल क्लोजले हेडमा गरेका थिए ।

४८–विश्वकपमा अहिले सम्म ४८ ह्याट्रिक भएका छन् ।

४९– स्पेनले विश्वकपमा कुल ४९ खेल खेलेको छ । विश्वकप जित्न नसक्ने राष्ट्रको सुचिमा स्पेनले सबै भन्दा बढी खेल खेलेको छ ।

५०– १९५० को विश्वकपमा फाइनल खेल भएको थिएन् । चार टोली बीच राउन्ड रोबिनबाट विजेता छानिएको थियो । ब्राजिल, उरुग्वे, स्पेन र स्वीडेन पहिलो चरणको विजेता बन्दै राउन्ड रोबिनमा छानिएका थिए । राउन्ड रोबिनको अन्तिम खेलमा उरुग्वेले आयोजक ब्राजिललाई २–१ ले पराजित गर्‍यो ।