फाल्गुन २८, २०८२ बिहीबार | ०१:१७:५१
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल
शनिबारको दिन भारतीय क्रिकेट

किङ कोहलीको ‘कमब्याक’

काठमाडौं । भारतीय क्रिकेटमा अचेल यो विषयमा मस्त छलफल हुन थालेको छ, सचिन तेन्दुलकर राम्रो खेलाडी कि विराट कोहली ? वा तेन्दुलकरसँग कोहलीको तुलना गरौं न, कस्तो हुन्छ ?

एउटा तथ्य निश्चित छ, विश्व क्रिकेटले आधुनिक समयमा जति पनि खेलाडी देखेको छ, त्यसमध्ये महान र उत्कृष्टमा दुवै पर्छन् । फरक के मात्र हो भने दुवैले फरक समयमा खेले । त्यही आधारमा यी दुई खेलाडीबीच तुलना गर्न मिल्दैन भन्ने पनि उत्तिकै छन् ।

यो के अर्थमा भन्दा तेन्दुलकरको पालामा एकदिवसीय र ट्वान्टी-२० क्रिकेटमा रन बनाउन जति गाह्रो थियो, कोहलीको पालामा त्यही काम गर्न केही सजिलो छ । यसको कारण त क्रिकेटको नियममा आएका परिवर्तन नै हुन् । विशेषतः फिल्डिङबारे नियममा । तेन्दुलकर राम्रो कि कोहली भन्ने चर्चामा भर्खर भारतका पूर्वकप्तान कपिल देव पनि होमिएका छन् । उनको भनाइ धेरै अर्थमा सटिक छ । उनका अनुसार जति पनि समय बित्दै जाने छ, उत्तिकै राम्रा खेलाडी अगाडि आउने छन् ।

त्यसको अर्थ केभन्दा तेन्दुलकर पनि सर्वकालीन महान खेलाडी हुन् भने कोहली पनि । तेन्दुलकरले खेल्न छाडिसके । कोहली अझै खेलिरहेका छन् । त्यस अर्थमा कोहलीसामु अझ राम्रो प्रदर्शन गर्ने र कम्तीमा खेल तथ्यांकमा तेन्दुलकरलाई उछिन्ने अवसर धेरै छ । फेरि प्रत्येक पुस्तालाई आफ्नै समयका खेलाडी मन पर्दोरहेछ । जसले सन् ९० देखि क्रिकेट हेर्न सुरु गरे, तिनका लागि तेन्दुलकर नै राम्रो । अबको नयाँ पुस्तालाई भने कोहली नै मन पर्दोरहेछ ।

यसको कारण पनि विशेष छ । जहाँ तेन्दुलकर शान्त र सौम्य खेलाडी हुन्, त्यसको ठीक उल्टो कोहली मैदानमा अत्यधिक आक्रामक देखिन्छन् । उनी कति धेरै आक्रामक छन् भने कहिलेकाहीं त्यसले विवाद र आलोचना दुवै निम्त्याउने गर्छ । अर्को अर्थमा भन्दा कोहली मैदानमै विपक्षी खेलाडीसामु पनि राम्रै ‘एटिच्युड’ देखाउने खेलाडी हुनु । यसक्रममा कोही विपक्षी ब्याटर आउट हुँदा पनि उनी निकै आक्रामक भएर खुसी मनाउने खालका छन् ।

अहिले यो सबैको चर्चा किनभन्दा भर्खरै भारतले श्रीलंका र न्युजिल्यान्डविरुद्ध दुई एकदिवसीय सिरिज खेलेको छ । दुवै सिरिजमा भारतको प्रदर्शन उम्दा रह्यो । श्रीलंका र न्युजिल्यान्ड दुवै प्रतिद्वन्द्वीमाथि भारत पूर्णतः हाबी भयो । यसको एउटा कारण भारतीय ब्याटरबाट प्रशस्त रन निस्कनु हो । भारतका लागि यसरी ब्याटबाट राम्रो खेल्नेमा कोहली पनि रहे । श्रीलंकाको सामना गर्नु अगाडि एक प्रकारले कोहली शतकको खडेरीबाट गुज्रिइरहेका थिए ।

तर त्यस सिरिजमा उनले के एक शतक बनाए, अहिले सबैले भन्न थालेका छन्, ‘किङ कोहली फेरि लयमा आए ।’ अर्थात उनले ‘कमब्याक’ गरेका छन् मीठो ढंगले । पछिल्लो तीन वर्ष उनका लागि गाह्रै रह्यो । यो तीन वर्षमा उनले कुनै पनि स्वरूपमा क्रिकेटमा शतक बनाउन सकेनन् । त्यसैले धेरैले उनको आलोचना गरे, धेरैले अब कोहली पुराना खेलाडी रहेनन् भनेर अथ्र्याए । तर एकपल्ट कोहलीले के शतक बनाए, सबै उनको प्रशंसा गर्नमै व्यस्त छन् ।