पुस १५, २०८२ बुधबार | ०५:३९:२०
एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने
शनिबारको दिन सन्दीप लामिछाने

सन्दीपको ‘कु’ चर्चा, ओझेलमा केन्या भ्रमण

काठमाडौं । ट्वान्टी-२० र एकदिवसीय (लिस्ट ए) खेलको शृंखला खेल्न केन्याको निम्तो स्वीकार्दै शृंखलाका लागि पहिलो पटक अफ्रिका महादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टिमले दुवै शृंखलामा घरेलु टिमलाई मात ख्वाइदियो ।

नेपालले ५ खेलको ट्वान्टी-२० शृंखला ३-२ ले जित्दा एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ नै गर्यो । यो नतिजा पुबुदु दासानायकेको अप्रत्याशित राजीनामा पछि नेपाली क्रिकेट टिमको बागडोर सम्हाल्न आएका भारतीय प्रशिक्षक मनोज प्रभाकरका लागि सोचे जस्तै सुरुआत थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को वरीयतामा आफूभन्दा तलकै प्रतिद्वन्द्वीविरुद्ध भए पनि प्राप्त गरेको जित, सधैं टाउको दुखाइ बन्ने गरेको ब्याटिङमा सुधारिएको प्रदर्शन र भविष्यसम्मका लागि आशा गर्न सकिने गरी नयाँ ब्याटरहरूको आगमन र परिपक्व पूर्वकप्तान ज्ञानेन्द्र मल्लको सफल पुनरागमन नेपाली क्रिकेट समर्थकले खुसी मान्नुपर्ने विषय पक्कै हुन् ।

केन्या भ्रमणमा देखिएको प्रदर्शनले वरीयतामा आफूभन्दा धेरै तलको विपक्षीसँग खेल्न गएको भन्दै गरिएको आलोचनालाई केही हदसमम छोपेकै थियो ।

तर, लगातार विवादहरूको शृंखला झेल्दै आएको नेपाली क्रिकेट अहिले अर्को एउटा लज्जाजनक घटनाक्रममा जाकिएको छ । जसले समग्रमा नेपाली क्रिकेटको साख, क्रिकेटकर्मीमाथिको सम्मान र यो खेलको भविष्यमै प्रश्न उठाउने काम गरेको छ ।

नेपाली क्रिकेटबाट उदाएर अन्तर्राष्ट्रिय स्तरमा प्रभाव जमाउन सफल कप्तान सन्दीप लामिछाने बलात्कार अभियोगमा परेपछि अहिले समग्र मैदानभित्रको क्रिकेट चर्चामा छैन । बरू सन्दीपकै ‘कु’ चर्चाले सबथोक छायाँमा पारेको छ ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेल्नका लागि सन्दीप केन्याविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नखेली उतैबाट क्यारेबियन भूमितिर लागेका थिए । ट्वान्टी-२० शृंखलामा उनको प्रदर्शन सधैंझै लोभलाग्दो थियो । विश्व प्रसिद्ध स्टारहरूको उपस्थिति रहने सिपिएलमा उनको उपस्थिति पनि नेपालभित्र ठूलो चर्चाको विषय बन्थ्यो । विगतमा अन्य विदेशी लिगमा उनका प्रत्येक उपस्थितिलाई नेपाली समर्थकले ठूलो गौरवको विषयमा लिने गरेका थिए ।

तर, यसपालि परिस्थिति फरक रह्यो । केन्याविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत ५ खेलमा लिएका १२ विकेटको जस लिनै पाएनन् । सिपिएलको उपस्थितिले पनि कुनै चर्चा पाएन । चर्चा होस पनि कसरी ? उनी त अहिले बलात्कारीका रूपमा ‘कु’ चर्चामा छन् । देशभित्र बलात्कारको अभियोगमा अनुसन्धानको घेरामा तानिएपछि तलाबाजले उनलाई टिममै समावेश गरेन ।

केन्याका लागि भदौ ६ गते उड्नुभन्दाअघिल्लो रात सन्दीपले उमेर नपुगेकी एक नाबालिग किशोरीमाथि पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । पीडित किशोरीकै उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । उनलाई तत्काल नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्न पुलिसले आह्वान गरिसकेको छ ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिइसकेको छ भने नेपाल क्रिकेट संघ (क्यान)ले पनि राष्ट्रिय टोली र कप्तानबाट निलम्बन गरिसकेको छ । सम्बन्धित निकायको अनुसन्धानले सत्यतथ्य पत्ता लगाउने नै छ । कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको छ । पूरा समाजको नजरमा अघिल्लो दिनसम्म राष्ट्रिय नायकका रूपमा माया पाएका सन्दीप अहिले चरित्रहीन, छाडा र गैरजिम्मेवार पात्रका रूपमा रूपान्तरण भएका छन् । कानुनअनुसार उनी दोषी ठहरिए त्यही अनुसारको कार्वाहीको भागिदार बन्ने नै छन् ।

सन्दीप स्वयंले भने आफू पूर्ण रूपमा निर्दोष रहेको दाबी गर्दै क्यानसँग कानुनी प्रक्रियामा सहयोग मागेका छन् । क्यानले उनको कानुनी लडाईंमा सहयोग गर्ने वचन पनि दिएको छ । शुक्रबार बिहानमात्र सन्दीपले सामाजिक सञ्जालमार्फत कानुनी लडाईंका लागि नेपाल आउन लागेको उल्लेख गरेका छन् । तर, उनले कहिले आउने भन्ने खुलाएका छैनन् ।

‘म निर्दोष छु । नेपालको सम्मानित कानुनमाथि मेरो पूर्ण विश्वास छ । मैले सिपिएलबाट चाँडै बिदा लिएर केही दिनभित्रै देश फर्किने निर्णय लिएको छु । म यी सबैखाले आधारहीन आरोपहरूको सामना गर्न तयार छु । सही अनुसन्धान हुने र निर्दोषले न्याय पाउनेमा म आशावादी छु,’ सन्दीपले लेखेका छन् ।

सन्दीपको ‘कु’चर्चाले क्रिकेटमात्र नभई सम्पूर्ण नेपाली समाजलाई तताएका बेला नेपालको केन्या भ्रमण छायाँमा पर्नु स्वाभाविक हो । तथापि यसले मैदानभित्रको क्रिकेटलाई प्रभावित गर्नुहुन्न । यो घटनाले नेपाली क्रिकेटमा ‘एउटा राम्रो खेलाडीको अनुपस्थिति’भन्दा धेरै दुष्प्रभाव पार्नुहुन्न । त्यसैले पनि केन्या भ्रमणको चर्चा आवश्यक छ ।

शृंखलाका लागि भदौ ६ गते केन्या पुगेको नेपाली टिम भदौ २२ मा दुवै शृंखलाको उपाधिसहित त्रिभुवन विमानस्थन उत्रियो ।

शृंखलाको नतिजा

पाँच खेलको ट्वान्टी-२० शृंखला नेपालले ३-२ ले जितेको थियो ।

शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमलाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा भने १७ रनले नतिजा विपक्षीलाई सुम्पिएको थियो ।

तेस्रो खेलमा ३१ रनको जित निकालेको नेपाल चौथो खेलमा फेरि घरेलु टिमसँग ७ रनले पराजित भएको थियो । तर, अन्तिम खेलमा ४ विकेटको जित निकालेसँगै नेपालले शृंखला जितेको हो ।

पाँच खेलको शृंखलापछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि उतैबाट जमैका गएपछि एकदिवसीय शृंखलामा नेपाली टिमको जिम्मा रोहितकुमार पौडेलले पाएका थिए ।

ट्वान्टी-२० शृंखलाको तुलनामा एकदिवसीय शृंखलामा नेपाली ब्याटिङ केही सुध्रिएको देखियो । नेपालले तीनै खेलमा दुई सय रनको आँकडा पार गरेको थियो ।

नेपालले पहिलो एकदिवसीय खेलमा केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १७ रनको जित निकालेको नेपालले तेस्रो खेलमा घरेलु टिमलाई ६ विकेटले पराजित गर्दै शृंखला क्लिन स्विप गर्यो । तेस्रो खेलमा केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले १७ बल बाँकी छँदा चार विकेट गुमाएर भेट्टाएको थियो ।

आसिफको लय, अर्जुनको उदय

आसिफले ५ ट्वान्टी-२० खेलमध्ये दुई खेलमामात्र मौका पाएका आसिफले २५ रनमात्र जोडे । यता, आसिफ शेखकै स्थानमा बाँकी तीन खेलमा मौका पाएका अर्जुन साउदले कुल ७० रन बनाए ।

ट्वान्टी-२० शृंखला पछि प्रशिक्षक मनोज प्रभाकरले यी दुईलाई ओपनिङ जोडीको मैदान उतारे । प्रशिक्षकको यो निर्णयलाई दुवै खेलाडीले न्याय पनि गरे । पहिलो एकदिवसीय खेलमा यी दुईले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरे । दोस्रो खेलमा प्रशिक्षक प्रभाकरले आसिफको ठाउँमा देव खनाललाई मौका दिए । तेस्रो खेलमा पुनः अर्जुन र आसिफ नै ओपनिङमा आए । जसमा यी दुईले पहिलो विकेटका लागि एक सय ४१ रनको शतकीय साझेदारी गरेका थिए ।

पहिलो एकदिवसीय खेलमा आसिफले ५६ रन बनाउँदा अर्जुनले ५८ रन जोडेका थिए । दोस्रो खेलमा आसिफले टिममा मौका पाएनन् भने यो खेलमा अर्जुनले ५ रनमात्र जोडे । तेस्रो खेलमा आसिफले एक सय १० रनको शतकीय इनिङ्स खेल्दा अर्जुनले ६१ रनको अर्धशतक रन जोडेका थिए । आसिफ एकदिवसीय शृंखलामा शतक बनाउने एकमात्र ब्याटर बने ।

तीन खेलमा आसिफले एक सय ६६ रन जोड्दा अर्जुनले एक सय २४ रन जोडे ।

ज्ञानेन्द्रको पुनरागमन

पाँच महिना यता राष्ट्रिय टिमबाट बाहिर रहेका ज्ञानेन्द्र मल्ल केन्यासँगको शृंखलामा समेटिएका थिए । उनले पछिल्लो पटक राष्ट्रिय टिमबाट मार्चमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध खेलेका थिए ।

उनले ट्वान्टी-२० शृंखलामा एक सय ३१ रन बनाए ।

ज्ञानेन्द्रले ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा १९, दोस्रो खेलमा एक, तेस्रो खेलमा ४६, चौथो खेलमा ६ र पाँचौं खेलमा ५९ रन बनाए । ज्ञानेन्द्र ट्वान्टी-२० शृंखलामा अर्धशतक प्रहार गर्ने एकमात्र नेपाली ब्याटर समेत बने ।

यस्तै, एकदिवसीय शृंखलामा ज्ञानेन्द्रले कुल ८१ रन बनाए । उनले पहिलो एकदिवसीय खेलमा ३३, दोस्रोमा २५ र तेस्रोमा २३ रन जोडेका थिए ।

बलिङमा सन्दीपको रवाफ !

केन्यासँगको ट्वान्टी-२० शृंखलामात्र खेलेका सन्दीपले ५ खेलमा १२ विकेट लिएका थिए ।

पहिलोमा दुई, दोस्रोमा तीन, चौथोमा पाँच र पाँचौंमा दुई विकेट लिएका थिए ।

सोमपाल कामीले पहिलो ट्वान्टी-२० खेलमा तीन र तेस्रो खेलमा एक विकेट लिँदा पहिलो एकदिवसीयमा दुई, दोस्रोमा तीन र तेस्रोमा पनि तीनै विकेट लिएका थिए ।