भाद्र २३, २०८१ आइतबार | ०६:५३:२७
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन पुवुदु

दासानायकेको बहिर्गमन र नयाँ आउनेका चुनौती

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आठ महिना नबित्दै राजीनामा दिएपछि उनको स्थान कसले लिने हो भन्ने चासो सर्वत्र छ । दोस्रोपल्ट नेपालको जिम्मेवारी सम्हालेका दासानायकेको बहिर्गमन सुखद रहेन । उनको बहिर्गमनसँगै कयौं असफलता र बोझले यसपालि उनलाई पछ्यायो ।

एक समय नेपाली क्रिकेटकै सबैभन्दा सफल प्रशिक्षक दासानायकेको दोस्रो कार्यकाल किन यस्तो भयो भन्ने प्रश्न धेरै उठ्न सक्छ । तर, त्यसको केही कारणमध्ये उनले पनि खुलासा गरिसकेका छन् । त्यो थियो, नेपाली टोलीभित्रको ‘गुटबन्दी’ । केही हदसम्म यसले नेपाली टोलीको नतिजामा असर परिरहेको देख्न सकिन्छ । स्वयं प्रशिक्षक दासानायके पनि आफ्नो करियरबारे चिन्तित भए अनि राजीनामा दिने निर्णयमा पुगे । तथापि उनले आफ्नो राजीनामा कारण भने पारिवारिक समस्या उल्लेख गरेका छन् ।

दासानायकेभन्दा अगाडि डेभ वाटमोर एक वर्षका लागि २०७७ साल पुसमा नियुक्ति लिएका थिए । तर, उनले पनि पारिवारिक कारण देखाउँदै एक वर्ष नबित्दै राजीनामा पेस गरे । यद्यपि वाटमोरले भारतीय रणजी ट्रफीको टोली बरोडा क्रिकेट टिमका लागि नेपाल छाडेको तथ्य खुल्यो । दासानायकेले पनि राजीनामा दिएको केही घण्टामै उनी क्यानडाको राष्ट्रिय टोलीसँग अनुबन्धित भएको समाचारहरू बाहिर आए ।

जेहोस्, नेपाललाई स्वर्णिम सफलता दिलाएका प्रशिक्षक दासानायके दोस्रो कार्यकालमा असफलताको भारी बोकेर बहिर्गमन हुन बाध्य भए । उनको पहिलो कार्यकालमा नेपालले डिभिजन ४ देखि एकदिवसीय विश्वकप छनोटसम्म र ट्वान्टी–२० विश्वकपमा सहभागिता जस्तो महत्वपूर्ण सफलता मिलेको थियो । पहिलो कार्यकाल स्वर्णिम रहेकाले नै तत्कालीन अवस्थामा उनले नेपाली टोली छाड्ने मनसाय व्यक्त गर्दा उनको राजीनामा रोक्नुपर्ने चौतर्फी आवाज उठ्थे । तर, यस पटक दृश्य फरक रह्यो । उल्टै केही समर्थकले त उनले राजीनामा दिनुपर्ने विचार नै राखे ।

उनी गत वर्ष मंसिर २५ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनी दुई वर्षका लागि अनुबन्धित भएका हुन् । तर, विवादको शृंखलापछि असफलताबीच नै उनले नेपाली टोलीलाई बीच बाटोमै छाडिदिए । त्यो पनि कठिन परिस्थितिमा ।

उनकै भाषामा भन्ने हो भने नेपाली टोलीको इनिङ्स बीच बाटोमा नै अलपत्र परेको छ । राजीनामा दिनेक्रममा आफू बीच बाटोमा नै टोली छाड्ने व्यक्ति नभएको उल्लेख गर्दै उनले यसपालि परिस्थिति केही फरक रहेकाले बीचमै टोली छाड्न बाध्य भएको जिकिर गरेका थिए ।

उनको त्यो भनाइमा नेपाली क्रिकेट अहिले कठिन अवस्थामा रहेको स्पष्ट छ । नतिजा दिन प्रतिदिन खस्किनु र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाललाई हम्मेहम्मे हुनुप्रति उनले संकेत गरेका हुन् ।

के नयाँ आउने प्रशिक्षकले यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्लान् त ? त्यो भन्दा अगाडि क्यानले प्रशिक्षक नियुक्ति प्रक्रिया थालेको छ, छैन ? प्रश्न धेरै छन् ।

दासानायकेभन्दा अगाडि डेभ वाटमोर एक वर्षका लागि २०७७ साल पुसमा नियुक्ति लिएका थिए । तर, उनले पनि पारिवारिक कारण देखाउँदै एक वर्ष नबित्दै राजीनामा पेस गरे । यद्यपि वाटमोरले भारतीय रणजी ट्रफीको टोली बरोडा क्रिकेट टिमका लागि नेपाल छाडेको तथ्य खुल्यो । दासानायकेले पनि राजीनामा दिएको केही घण्टामै उनी क्यानडाको राष्ट्रिय टोलीसँग अनुबन्धित भएको समाचारहरू बाहिर आए ।

पछिल्ला घटनाहरू हेर्ने हो भने के अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाइरहेका त छैनन् भन्ने प्रश्न उठेको छ । अब आउने नयाँ प्रशिक्षकले त्यस्तै बेथिति दोहोर्‍याउँछन् कि भन्ने सोच्नुपर्ने बेला भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव प्रशान्तविक्रम मल्लले यस्तो स्थितिमा उनीहरू (विदेशी प्रशिक्षक)लाई रोक्न क्यानसँग कुनै हतियार नभएको प्रस्ट्याए ।

‘हामी राम्रो प्रशिक्षक ल्याउने तयारीमा छौं । खेलाडी र प्रशिक्षक दुवै करियर राम्रो रहेका व्यक्ति नियुक्त गर्ने लक्ष्य हो,’ सचिव मल्लले भने, ‘उहाँ (नयाँ नियुक्त प्रशिक्षक)ले ब्याटिङ कन्सल्टेन्ट माग्नुभयो भने पनि हामी त्यो व्यवस्था गर्छौं । किनकि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो लक्ष्य छ ।’

‘यो प्रशिक्षकहरूको नैतिकता भर पर्ने कुरा हो । यसलाई हामीले रोक्न सक्दैनौं । पुबुदुकै विषयमा पनि हामीले एक वर्ष राख्न चाहेका थियौं । उहाँकै आग्रहमा समय बढाएका हौं । तर, उहाँले पनि बीचमा नै छोड्नुभयो । तथापि उहाँले पारिवारिक कारण भन्नुभएको छ,’ सचिव मल्लले भने, ‘त्यसैले त्यस्तो परिस्थितिमा केही भन्ने अवस्था नै हुन्न ।’  सचिव मल्ल नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाइसकेको र त्यसका लागि आइसिसीसँग स्वीकृति पनि माग गरिसकेको बताउँछन् ।

आगामी अगस्टमा केन्यासँग हुने शृंखलाको तयारी नै हुने गरी प्रशिक्षक नियुक्त गरिने उनको भनाइ छ । ‘हामीसँग धेरै प्रशिक्षक सम्पर्कमा हुनुहुन्छ । हाम्रो योजनाअनुरूप प्रतिज्ञा गर्ने र पारिश्रमिक भार बेहोर्न सक्ने प्रशिक्षक ल्याउने तयारीमा छौं । प्रशिक्षकको आवेदन आह्वान गर्दा एक महिनाको समयसीमा गुज्रार्नुपर्छ । हामी जतिसक्दो चाँडो प्रशिक्षक नियुक्त गर्न चाहन्छौं,’ मल्लले भने, ‘त्यसैले यो प्रक्रियाविना गर्न आइसिसीको स्वीकृति मागिसकेका छौं ।’ क्यानले अगस्ट २० मा केन्या क्रिकेट बोर्डलाई शृंखला खेल्नका लागि प्रस्ताव गरेको छ ।

त्यसअघि भारत, श्रीलंका र पाकिस्तानमध्ये एक देशका प्रशिक्षकलाई भित्र्याउने क्यानको योजना छ । आफ्नो देशबाट डेढ सयभन्दा बढी खेल खेलिसकेका र अनुभवी प्रशिक्षक नेपालमा ल्याउने क्यानको तयारी छ । ‘हामी राम्रो प्रशिक्षक ल्याउने तयारीमा छौं । खेलाडी र प्रशिक्षक दुवै करियर राम्रो रहेका व्यक्ति नियुक्त गर्ने लक्ष्य हो,’ सचिव मल्लले भने, ‘उहाँ (नयाँ नियुक्त प्रशिक्षक)ले ब्याटिङ कन्सल्टेन्ट माग्नुभयो भने पनि हामी त्यो व्यवस्था गर्छौं । किनकि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो लक्ष्य छ ।’

नेपालले लगातार ठूलो प्रतियोगिताहरूको छनोट प्रतिस्पर्धामा राम्रो प्रदर्शन दिन सकिरहेको छैन । पछिल्लो समय नेपालले लगातार खराब प्रदर्शन दोहोर्‍याइरहेको छ । यतिबेला सन् २०१८ को मार्चमा पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुम्ने हो कि भन्ने चिन्ता बढेको छ । नेपाली ब्याटिङ समस्या झन् ठूलो चुनौती बनिरहेको छ । दासानायके नेपाली क्रिकेटमा फर्किंदाको अवस्था र अहिले पुनः यात्रा टुंग्याउँदा उस्तै छ । उनको भनाइप्रति पूर्ण विश्वास गर्ने हो नेपाली टोलीमा गुटबन्दी केही कम भएको छ ।

नेपाली क्रिकेटसँग दासानायकेले सहकार्य पुनः अगाडि बढाइरहँदा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित सिनियर राष्ट्रिय टोलीबीच ठूलो द्वन्द्व चलिरहेको थियो ।

त्यही विवादबीच पनि उनले टोलीमा फर्किने चुनौती लिएका थिए । किनकि विद्रोही खेलाडी र क्यानबीच संवादको वातावरण नै नबन्ने अवस्था हुनुले नेपाली क्रिकेट कस्तो अवस्थामा थियो भन्ने छर्लंग थियो । तथापि दासानायकेले संवादको वातावरण सिर्जना गराए । लामो संघर्षपछि खेलाडी टोलीमा फर्किए । उता क्यानले पनि खेलाडीप्रति गरेको कारबाही फुकुवा गरिदियो ।

दोस्रो कार्यकालमा टोलीभित्र एकता ल्याउन नै उनलाई सकस पर्‍योभन्दा फरक पर्दैन । वास्तवमा उनले यसमै बढी ध्यान दिएकै हुन् । उनको ध्यान नेपाली क्रिकेटको सुधारभन्दा विवाद मिलाउनमा नै सीमित भयो । त्यसको असर टोलीको प्रदर्शनमा पर्न गयो । उनी पहिलो पटक सन् २०११ अक्टोबरमा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका थिए ।

तर, कारवाहीस्वरूप कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेवारी भने क्यानले फिर्ता गरेन । त्यो कारबाहीपछि ज्ञानेन्द्र टोली फर्कन अझै संघर्षरत छन् । दासानायकेले खेलाडी र क्यानबीचको विवाद समाधान गरे पनि द्वन्द्वको असर भने नेपाली टोलीको नतिजा प्रस्ट देखियो, जुन अझै पनि छ । यसको पुष्टि दासानायके आफैँले गरिसकेका छन् । गत साउन ४ मा राजीनामा दिने क्रममा उनले पत्रकार सम्मेलनमा नेपाली टोलीभित्र गुट रहेको खुलासा गरेका थिए ।

‘म पहिलो पटक जिम्मेवारीमा आउँदा नेपाली टोलीमा ७५ प्रतिशत गुट थियो । मैले विस्तारै यो गुट भत्काउने काम गर्नुपर्‍यो । तर अहिले टोलीमा गुटको अन्त्य भएको छ, जुन सुखद पक्ष हो,’ त्यतिबेला दासानायकेले भनेका थिए ।

दोस्रो कार्यकालमा टोलीभित्र एकता ल्याउन नै उनलाई सकस पर्‍योभन्दा फरक पर्दैन । वास्तवमा उनले यसमै बढी ध्यान दिएकै हुन् । उनको ध्यान नेपाली क्रिकेटको सुधारभन्दा विवाद मिलाउनमा नै सीमित भयो । त्यसको असर टोलीको प्रदर्शनमा पर्न गयो । उनी पहिलो पटक सन् २०११ अक्टोबरमा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका थिए ।

क्यानडालाई त्यही वर्ष एकदिवसीय विश्वकप खेलाएको ताजा अनुभवसहित उनी नेपाल भित्रिएका थिए । उनी आउनुअघि नेपाल विश्व क्रिकेट लिगको संरचनामा अड्किरहेको थियो । तर, उनको आगमनपछि नतिजाको हिसाबमा नेपाली क्रिकेटले ठूलै उडान लियो । उनी आउँदा नेपाल डिभिजन–४ मा थियो । तर, उनले डिभिजन–४ र डिभिजन–३ जित्दै एकदिवसीय विश्वकप छनोटसम्म पुर्‍याए । त्यसअघि नेपाल एसिसी ट्वान्टी–२० को सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन ।

उनकै प्रशिक्षणमा नेपाल सन् २०१३ को संस्करणमा फाइनल पुग्यो । त्यसैबाट ट्वान्टी–२० विश्वकप छनोट हुँदै विश्व ट्वान्टी–२० को सफलता दासानायकेको पहिलो कार्यकालमा सफल भयो । तर, दोस्रो कार्यकाल भने सम्झनलायक रहेन । त्यो मात्र होइन नयाँ आउने प्रशिक्षकका लागि पनि पहाडसरहका जिम्मेवारी छन् । अझ भनौं चुनौती अनगिन्ती छन् ।

किनकि लगातार खराब नतिजा आयो भने नेपाल आइसिसी विश्वकप लिग–२ बाट रेलिगेसनमा पर्नेछ । आइसिसी विश्वकप लिग–२ को शीर्ष पाँचभित्र नअटाएमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुम्ने छ । अहिले नेपाल लिग–२ अंकतालिकाको छैटौं स्थानमा छ । ३६ खेलमध्ये नेपालले २० खेल खेलेको छ । यदि नेपालले एकदिवसीय मान्यता जोगाउने हो भने छिट्टै ब्याटिङ समस्या हट्नुपर्छ र बाँकी खेलमा सुखद नतिजा ल्याउनुको विकल्प हुने छैन । नेपालले सन् २०१८ मा चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले महामारीका कारण खेल नहुँदा एक वर्ष थपिदियो ।

तर, अब नेपालको प्रदर्शनले नै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्छ । त्यसका लागि क्यानले जतिसक्दो चाँडो प्रशिक्षक नियुक्त गरेर नेपाली टोलीको तयारी राम्रो गर्नुपर्छ । अहिले नेपाली टोलीमा पुरानो पुस्ताका खेलाडी छैनन् । अधिकांश युवा खेलाडी छन् । एकदिवसीय फर्म्याटमा युवा खेलाडीले धैर्यपूर्ण भएर खेल्न सकिराखेका छैनन् । नयाँ प्रशिक्षकले युवा टोलीलाई नै लिएर अगाडि बढ्छन् या अनुभवी खेलाडी टोलीमा फर्काउँछन् भन्ने चासो पनि छ । जसरी होस् तत्कालका लागि नेपाली टोलीको प्रदर्शनमा सुधार गरी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने विकल्प नयाँ प्रशिक्षकसँग हुने छैन ।